सोमवार, साउन २३, २०७९

बित्तिय शिक्षा कार्यक्रम बिद्यालयमा

केशर सुनार , प्यूठान । नेपाल बैङक लिमिटेड विजुवार शाखा प्यूठानले शुक्रबार मुक्ति मा बि रातामाटामा बित्तिय साक्षरता कार्यक्रय सम्पन्न गरेको छ । शाखाका प्रबन्धक निरज भट्राइको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा बित्तिय ज्ञानको बृद्धि कसरी बढाउन सकिन्न भन्ने उद्देश्यले विद्यार्थीहरुको बिचमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको प्रबन्ध निर्देशक भट्राइको भनाइ रहेको छ ।
मुक्ति मा बि रातामाटामा अध्यनरत कक्षा १२ का ब्यबस्थापन समुहका बिद्यार्थीको सहभागीतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा बिद्यालयका प्रअ योगेन्द्र बहादुर जिसी को उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहजिकरण गर्दै शाहयक शाखा प्रबन्धक अन्तराम राजबंशिले अझै पनि बित्तिय शिक्षाको अभाव तथा नेपालमा बैक खाताको अभाबको कारणले सबै स्थानिय तहमा बैक स्थापना गर्न नसकेको बताएका छन । देशभर नै यस प्रकारको कार्यक्रमको आयोजना गरि बित्तिय शिक्षा सम्बन्धि ज्ञान को बृद्धि गर्ने उनको भनाई छ ।
नेपाल बैङक लिमिटेडका देशभर २१३ शाखा , १४७ एटिएम सेवा ,४९ काउण्टर र २० लाख भन्दा बढी ग्राहक रहेको प्रबन्ध निर्देशक भटराइले बताएका छन ।
कार्यक्रममा शाखा प्रबन्धक भटराई , सहायक शाखा प्रबन्धक राजबंशि मुक्ति माबि का प्रअ जिसी , कर्जा विभागकी कर्मचारी सिता शर्मा लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal