शुक्रबार, माघ १७, २०८२

प्रधानाध्यापकको चरित्र हत्यागर्न खोजियो: शिक्षक महासंघ प्युठान

 

चैत्र २३, प्युठान
मल्लरानी गाउँपालिका वडा न. ३ जनकल्याण आधारभुत बिधालयका प्रधानाध्यापक गिता पौडेललाई सामाजिक संजाल मार्फत पुर्वाग्रह राखी चरित्र हत्या गरेको नेपाल शिक्षक महासंघ मल्लरानी गाउँसमितिले आरोप लगाएको छ।
बुधबार एक विग्यप्ती प्रकाशित गर्दै महासंघले महिला प्रअको स्वाभिमान, प्रतिस्ठा र मर्यादामा आच पुर्याएको भन्दै आपत्ती समेत प्रकट गरेको छ।
एउटा गाउँपालिका स्तरका पार्टीका नेता तथा पत्रकार बाट सामाजिक संजालमा पुष्टि नहुने किसिमका आरोपहरु लगाउनु दु:खद भएको भन्दै बिधालयका कुशलता र सक्षमता भएका शिक्षक प्रति कपोलकल्पित झुठो आरोपहरु निराधार भएको उल्लेख गरिएको छ।
बिधालयमा कार्यालय सहयोगीको नियुक्तिको बिषय प्रअको मात्र बिषय नभएको र त्यसमा बिधालय ब्यबस्थापन समितिको पनि महत्त्वपूर्ण जिम्मेवारी हुने महासंघका पालिका अध्यक्ष नुमराज पौडेलद्वारा हस्ताक्षरित बिग्यप्तीमा उल्लेख छ।

बिधालयमा समस्या भएमा गाउँसमाज र बिधालय मा समाधान गर्न सकिने भन्दै ब्यक्तिको पोशाक सहितको फोटो राखेर अपामान गरिएको प्रती गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
एस प्रकारका झुटा आरोप हरुले समस्याको समाधान नदिने भन्दै सामाजिक खलबल हुने कार्य नगरी जिम्मेवार बन्न आग्रह गरिएको छ।
शिक्षाकर्मिको चरित्र माथी भर्म सिर्जना गर्ने ब्यक्तिलाई कानुनी कारबाहीको समेत माग गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal