बिहिबार, बैशाख १३, २०८१

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ८८ औँ प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ८८ औँ वर्षमा प्रवेश गर्नुभएको छ । विस १९९२ सालमा जन्मनुभएका सिंह २००७ सालदेखि नै राजनीतिमा सक्रिय हुनुभएको थियो ।

उहाँ २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएदेखि निरन्तर कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा रहनुभएको छ । महामन्त्री सिंह नेपालको कम्युनिष्ट आन्दोलनका समकालिन नेताहरुमध्ये सबैभन्दा अग्रज नेता हुनुहन्छ ।

उहाँ कम्युनिष्ट आन्दोलनमा विचार निर्माता र त्यागी नेताका रुपमा चिनिनुहुन्छ । सधैँ चर्चामा रहिरहने सिंहले लाभको पदको आशा भने कहिल्यै गर्नुभएको छैन ।

नेता सिंह ८८ वर्षको उमेरमासमेत युवाहरु जस्तै राजनीति र साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । नेपालको प्रगतिवादी साहित्यमा समेत सिंहको अग्रणी भूमिका रहँदै आएको छ ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका समेत अग्रज नेता सिंहलाई ८८ औँ वर्ष प्रवेशको अवसरमा सामाजिक सञ्जालमार्फत हजारैं शुभचिन्तकहरुले शुस्वास्थ्य र दीर्घजीवनको कामना गरेका छन् । युगदर्शन बाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?