बिहिबार, चैत्र १५, २०८०

अखिल छैठौं अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारिलाइ बुझायो ज्ञापन पत्र

अखिल (छैठौँ) अर्घाखाँचीले शैक्षिक लगायतका क्षेत्रमा देखिएका समस्या समाधानको माग राख्दै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीलाई छ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अखिल (छैठौं) का केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाली , अर्घाखाँची जिल्ला उपाध्यक्ष प्रकाश चुदाली सहितको प्रतिनिधि मण्डलले सो ज्ञापन बुझाएको हो ।
ज्ञापनपत्र बुझेपछि अर्घाखाँची प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले ज्ञापनपत्रमा रहेका मागलाई सम्बन्धि निकायसँग छलफल गरि सम्बाेधन गर्ने बताए।
ज्ञापनपत्रको पूर्ण पाठ यस्तो छ–
अखिल (छैठौं) देशको शिक्षा, स्वास्थ्य, मौलिक अधिकार प्राप्ति, प्रजातान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा अग्र भागमा क्रियाशील रहँदै आएको विद्यार्थी संगठन हो । दर्जनौं शहीदहरुको बलिदान र दशौं हजार योद्धाहरुको योगदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्नु अहिलेको आवश्यकता हो । संघर्षहरुबाट प्राप्त उपलब्धिहरुमाथि विभिन्न समयमा गठन भएका सरकारहरुबाट खेलवाड भइरहेको छ । देशमा देखिएका समस्याहरुको उठान गरी ती समस्या समाधानको लागि यो ज्ञापनपत्र पेश गरिएको छ ।
१. माध्यमिक विद्यालयसम्म निशुल्क गरिएको अवस्थामा जिल्लाका सरकारी विद्यालयहरुले विभिन्न शीर्षकमा शुल्क असुल गरिरहेका छन्। गैरकानूनी ढंगले अशुल गरिएको शुल्क फिर्ता गर्न र शुल्क लिने विद्यालयहरुलाई कारवाही गर्न माग गर्दछौं । विद्यालयहरुमा पूर्वाधारको अवस्थाबारे प्रष्ट रिपोर्ट तयार गरी पूर्वाधार र ल्याबहरुको व्यवस्था गरियोस् । विद्यालयमा अपुग दरबन्दीको व्यवस्था गरियोस्।
२. निजी विद्यालयहरुले बढी शुल्क लिने र योग्यता नपुगेका शिक्षक राख्ने गरेको पाइएको छ। निजी विद्यालयहरुमाथि अनुगमन गरी योग्यता नपुगेका शिक्षक हटाई योग्यता पुगेका शिक्षकहरु राख्ने व्यवस्था गरियोस् । मापदण्ड र पूर्वाधार नपुगेका निजी विद्यालयहरु बन्द गरियोस्।
३. जिल्लाका अस्पतालहरुमा विद्यार्थीहरुलाई निशुल्क उपचारको व्यवस्था गरियोस् । हरेक विद्यालयमा मासिक रुपमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरियोस् । महिला विद्यार्थीहरुलाई गुणस्तरीय स्यानिटरी प्याड वितरण गरियोस्।
४. जिल्लाभित्र र बाहिर चल्ने सवारी साधनहरुमा विद्यार्थीले प्राप्त गर्ने ४५ प्रतिशत सहुलित दिने गरिएको छैन। सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट तत्काल लागु गरियोस्। लागु नगर्ने सवारीसाधनहरुलाई कडा कारवाही गरियोस्।
५. सवारी दुर्घटना बढिरहेका छन् । सवारी दुर्घटना कम गर्नको लागि यातायात व्यवसायी, चालक र ट्राफिक प्रहरीबीच नियमित अन्तरक्रिया, सवारीको चेकजाँच गर्ने र पुराना सवारी साधनहरुलाई सञ्चालन गर्न रोक लगाइयोस्।
६. बलात्कार, आत्महत्या र महिला हिंसाका विरुद्धमा जिल्लाका सबै विद्यालयहरुमा सचेतना कार्यक्रमहरु गर्न माग गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal