शुक्रबार, जेष्ठ १९, २०८०

हृदय नभएको अधिकार: लघुकथा

रवि पौडेल

दस घण्टा काे बाटो सफर गर्नु थियाे ।घर देखि करिव १ घण्टा हिंडेपछि बस सेवा पाईन्थ्याे ।भर्खरै अान्दोलन काे वल मा गणतन्त्र अाएकाे थियाे ।गणतन्त्रको काेपिला पक्रदै थियाे ।समानता र अधिकार भन्दा पनि अारक्षण का कुरा पनि अाउथे ।कतै काेटा ,कतै प्रतिशत का कुरा पनि अाउथे ।

महिला हकअधिकार कर्मिहरु ले गणतन्त्र मा ३३% अधिकार प्राप्त गरेका थिए ।सरकारले लागू गर्न सबै दलहरू लाई अनुरोध गरेकाे थियाे ।दल हरुले त्यसरि अधिकार दिन्छन वा दिदैनन त्यो अागामि चुनाव ले तय गर्ला !

सेतै दाह्री फुलेका एक बृद्धअबश्था का बुवा गाउँ मै थिए ।ब्यापार गर्न सहर गएका छाेराहरु उतै घर बसाए पछि ।दशै काे मुखमा ती बृद्धा बा ले अाफ्ना छाेराछाेरि र नाति नातिना सम्झे सबै सहर मै बस्थे ।गाउमा बृद्धा बुवा एक्लै हुनुहन्थ्याे । साना नातिनातिना देख्ने ठुलाे धाेकाे थियाे ।गाउँ बाट कसैले फाेन गराईदिए ।छाेराले शहर मै अाउनु भनेपछि ती बृद्धा बाबू ले शहर जाने निधाे गरे ।

दशै मा सबै का छाेराछाेरि गाउँ मा अाउछन तर मेरा छाेराछाेरि ले मलाई सहर बाेलाउछन ।भर्खरै मिडियाले काठमाडौं बाट मात्रै १७ लाख मानिस हरु गाउँ फर्केको समाचार पनि ती बाबु लाई कसैले सुनाएका थिए ।तर के गर्ने !

पाइलै पिच्छे थकाइ लागेर बिसाै पटक बिसाउदै थच्च बस्दै र लामाे सुस्केरा हाल्दै ती बाबू बस स्टप सम्म पुगे ।उमेर ले नेटाे काटेका ती बृद्ध लाई दशै काे टीका लगाउन छाेराले सहर बाेलाएकाे थियाे ।

नातिनातिना देख्ने धाेकाले ती हजुर ब्वा शहर जादै थिए ।बसले धुलाे उडाउदै अायाे हर्न बजायाे र ब्वा कहाँ जाने भनेर साेध्याे ।दशै काे वेला बस खचाखच भरिएको थियाे ।महिला हरुकाे लागि अलग सिट थिए ।बृद्धअबश्था ब्वाहरु र अरु कसैला सिट काे ब्यबस्था थिएन ।यसै पनि सिटहरु पहिले नै सबै बुक भैसकेका थिए ।

बस पुरै भरिएको थियाे तर पनि खलासि लाई कमाउनु थियाे ।एक हात समातेर खलासि ले ती बा लाई बस भित्र छिरायाे ।लगत्तै कन्टेक्टर ले पैसा माग्याे कहाँ जाने बृद्ध बा ले गन्तव्य स्थान बताए ।भाडा माग्याे भाडा दिए ।तर सिटको ब्यबस्था भएन ।सिट मिलाइदिन ती बाले लाख बिन्ति गरे ।न त ३३% अधिकार पाएका महिला हरुले ती बृद्ध लाई सिट छाेडिदिए ।न त अहिले का नवयुवाले नै ! बुकिङ भए का सिट खलासि र कन्टेक्टर ले पनि बसेकाे लाई जबर्जस्ती उठाउन सकेनन ।किन कि सबै लामाे दुरिका यात्रु थिए ।

हाम्रो समाज पनि अचम्म काे छ पाएकाे अधिकार किन छाेड्ने ।महिला हरुकाे सिट पुरुष लाई कपन दिने ! युवा ले बुकिङ गरेकाे सिट ती बुडाहरु लाई किन दिने ! सबै अा अाफ्नाे धुन मा थिए बस मा गित घन्केकाे थियाे ।खाना खाने ठाउँ अायाे धेरै जसाे खाना खान झरे ।काेहि ले सिट मै घरबाट ल्याएकाे खाए काेहि त्यहि निदाईरहेका थिए ।
माैसम पनि चिसो थियाे ।सबै खान झरेपछि एउटा सिट मा गएर ती बृद्ध बसेका थिए ।त्यो सिट महिला काे थियाे ।तर ती महिला ले उ त्यहाँ गएर बस्नुस बाजे भनेर अर्को सिट देखाईन ।उनी त्यतै बसे ।तर एउटा बीस पच्चीस बर्ष काे युवक अायाे त्यो युवले पनि याे मेरो सिट हाे ब्वा भन्यो ।धुरधुर काप्दै ती बृद्धा भुईमा बसे।

त्यसाे त भुईमा सबै ले पेलापेल गरेका थिए कसैको खुट्टा ले लाग्थ्याे उनकाे सरिरमा । निकै अप्ठ्यारो भएको थियाे ।बस मा कसैले पनि उनलाई सिटमा बस्न दिएकाे थिएन ।सबै ले अाफ्नाे अधिकार काे कुरा मात्रै गर्थे ।अाफ्नाे भन्ने काेहि नभए पछि नचिनेका ले सिट दिउन पनि कसरी ?

बिहान करिव पाँच बजे शहर पुगे छाेराले बस स्टप मा लिन अाउछु भनेको थियाे ।बस राेकियाे गन्तव्य स्थान अाईपुगेकाे थियाे ।कन्टक्टर ले बुवा झर्नुस भन्यो ।बल्ल बल्ल तल झरे ती बृद्धा ! तर छाेराे अाईपुगेकाे थिएन ।पेटिमा करिव अाधाघण्टा कुरे पछि छाेरा अायाे ।ब्वा काे अबस्था कमजाेर भैसकेको थियाे ।बसमा पटकपटक बान्ता पनि गरेका थिए ।खाना पानी समेत खाएका थिएनन । बाबाको जिउ धरधर कापिरहेकाे थियाे ।यस्तो स्थिति देखेर छाेराे पछुतायाे ।
घरमा लगेर गयाे सबै ले देखे तर कुराकानी भएनन ।बृद्धा ले खाना पनि खाएनन ।सबै चिन्तित भए ।

नातिनातिना सुमसुमाए ,अाखाँ घुमाए ।छाेराले अाराम गर्न भनेपछि बुबा सुत्नु भयाे ।करिव बिहान ६:०० वजे तिर सुतेका बृद्धा दस बजे सम्म सुतिरहेका थिए।दशै काे अब दुई दिन बाँकी थियाे घर मा सर सामान ,खानेकुरा ,नयाँ लुगा मासु सबै थुपारिएकाे थियाे ।हाैसला पुर्ण बाताबरण थियाे ।

अब त बा लाई उठाउनु पर्याे ।छाेराे अाेछ्यान मा गयाे र ब्वा ब्वा भनेर बाेलायाे ।सुस्त घचघचायाे तर निमाेनियाले ग्रस्त भए का बृद्धा बस काे चिसाे ले भेटेकाे थियाे ।खानु न खुट्नु सँग रात चिसाे बस मा कटाएका थिए ।यतिखेर धेरै ढिला भैसकेको थियाे ।ती बृद्धा अस्ताई सकेका थिए ।ठुलो खल्लबल्ब भयाे खुसि ,आंसु मा परिणत भयाे ।माहाेल खलबलियाे ,दशै दशा बन्याे ।

यहाँ कसकाे गल्ती ,एक्लै छाेड्ने छाेरा बुहारि काे गल्ति भयाे कि ? दशै मा शहर बाेलाउनु गलत भयाे कि ? बसमा सिट कसैले नदिनु गलत भयाे कि ? सबै ले अा अाफ्नाे अधिकार जमाउदा यस्तो स्थिति अायाे !! कसलाई के भन्ने ? तर यतिमात्रै भन्न सकिन्छ हृदय नभएको अधिकार काे कुनै काम छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?