बिहिबार, चैत्र १५, २०८०

महेन्द्र माध्यमिक विद्यालयले आज ६५ औँ वार्षिकोत्सव सम्पन्न

झिमरुकपोस्ट संवाददाता ,प्युठान ,महेन्द्र माध्यमिक विद्यालयले आज ६५ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको वार्षिक उत्सव समारोहमा सहायक प्रधानाध्यापक विष्णु पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल स्काउट प्यूठानका आयुक्त तथा विद्यालयका शिक्षक वसन्तलाल शाक्यको नेतृत्व को शिक्षक टोलीले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । प्रधानाध्यापक पिताम्वर पौडेलले विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत् गर्नुभएको उक्त कार्यक्रममा पूर्व शिक्षक शुवासचन्द्र लवट, प्यूठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्का,नेपाल रेडक्रस सोसाइटि प्यूठान शाखाका मन्त्री दामोदर शर्मा, पूर्व वि.व्य.स. अध्यक्ष मनिबहादुर गुरङ, शिवराज श्रेष्ठ, पूर्व प्राचार्य अष्टकुमार शाक्यलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । वार्षिक उत्सवको अवसरमा हेप्कीडो का खेलाडीहरुबाट साहसीक टिप्सहरु, विद्यार्थीबाट रोचक नृत्य प्रस्तुत गरिएको थियो । करिव २८ प्रकारका अक्षयकोष तथा नगद छात्रवृत्ति वितरण गर्नुका साथै विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापका उत्कृट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । शिक्षक, विद्यार्थी , अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको संयुक्त पञ्चेवाजा सहितको विद्यालयबाट सुरु भएको ¥यालीले विभिन्न स्थानीय संस्कृति झल्किने गरी खलंगा बजार परिक्रमा गरेको थियो । यही वार्षिक उत्सवको अवसरमा यस वर्षका उत्कृष्ट शिक्षकको रुपमा केशबबहादुर के.सी. र रेणुका श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको थियो , कार्यक्रममा उत्कृष्ट विद्यार्थीको रुपमा कक्षा १० मा अध्ययनरत छात्र मिलन सुनार र सोनिया नेपालीलाई प्रशंसापत्र प्रदान गर्नुका सार्थ पूर्व वि.व्य.स अध्यक्ष मनिबहादुर गुरुङलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन शिक्षक ध्रुब गिरीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal