सोमवार, माघ २३, २०७९

नि:शुल्क स्वास्थ शिविरमा ९२७ जनाले सेवा लिए


दीपेन्द्र सुनार प्युठान पौष १०
प्युठानको झिमरुक गाउँपालिकाले संचालन गरेको नि:शुल्क स्वास्थ शिविरमा ९२७ जना बिरामीले सेवा लिएका छ्न।
झिमरुक गाउँपालिकाले संचालन गरेको शिविरमा हिजो सनिवार र आज आइतबार गरी ९२७ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ।
स्वास्थ निर्देशनालय बुटवल रुपन्देहीको आयोजना र झिमरुक गाउँपालिकाको व्यावस्थापकिय सहयोगमा संचालन गरेको शिविर दुई दिन मच्छीको गौमुखी क्याम्पसमा संचालन गरिएको थियो।
स्वास्थ शिविरमा झिमरुक गाउँपालिका , गौमुखी र छिमेकी जिल्ला गुल्मीको मदाने गाउँपालिकाका बिरामीहरुले समेत निशुल्क चेकजाँच गरेको झिमरुक गाउँपालिकाका स्वास्थ साखा प्रमुख बिकाश के. सी. ले जानकारी दिएका छ्न।
के.सी.ले गाउँ-ठाउँमा दीर्घ रोगी जसले विशेषज्ञ सेवा लिन बाट बन्चित छ्न। त्यस्ता बिरामीहरुलाई मध्यनजर गर्दै नि:शुल्क शिविर संचालन गरेको बताए।
गाउँ -गाउँमा आफ्नो दीर्घ रोगलाई विविध कारणले गर्दा लुकाएर बसेकाहरुका लागि यो शिविर संचालन गरेका हौ। आगामी दिनहरुमा पनि यस्ता शिविर संचालन गर्नेछौ उनले भने।
शिविरमा , नाक , कान, घाँटी सम्बन्धी सेवा, स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, छाला रोग सम्बन्धी विशेषज्ञ सेवा, जनरल रोग ( फिजिसियन ) सेवा सम्बन्धी विशेषज्ञ सेवा साथै अन्य विविध रोग सम्बन्धी विशेषज्ञ सेवा दिएको के.सी.को भनाइ रहेको छ ।
नि:शुल्क स्वास्थ शिविर पाएपछी बिरामीहरु पनि खुशी देखिन्थे। बिरामीहरु उत्साहका साथ शिविरमा आइरहेका थिए।
गाउँपालिकाले नि:शुल्क स्वास्थ शिविर संचालन गरेपछी बुटवल , काठमाडौ जानुपर्ने बाध्यता हटेको बिरामीहरुको भनाइ रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?