शनिबार, साउन १२, २०८१

ओठतालु फाटेकाहरुका लागि निशुल्क छनोट शिवर प्युठानमा सम्पन्न

झिमरुक पोस्ट संवाददाता ,प्युठान खलंगा

बि एन्ड बि अस्पताल काठमाडौंको आयोजना तथा र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको समन्वयमा ओठ तथा तालु फाटेकाहरुको लागि निशुल्क छनोट शिबिर प्युठानमा सम्पन्न भएको छ।
प्युठानको गौमुखी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, माण्डबि गाउँपालिका र जिल्ला अस्पताल बिजुवार प्युठानमा छनोट शिबिर संचालन गरिएको सेवा संघ प्युठानका सचीव राजेन्द्र रावत छेत्रीले जानकारी दिनु भएको छ।

जिल्लाका विभिन्न स्थानमा भएको छनोट शिबिरबाट १४ जना नया तथा पुराना बिरामी हरुको परामर्श तथा समस्या पहिचान भएको अपाङ्गता अधिकारकर्मी तथा जिल्ला सम्पर्क ब्यक्ति जुमान सिंह के सीले बताउनु भएको छ।
छनोट भएका ८ जनालाई सल्यक्रियाको लागितत्काल काठमाडौ पठाइने केसीले बताउनु भएको छ।
ओठतथा तालु फाटेका स्वस्थ्य तथा उपचारमा सहज पहुँच नपुगेका ब्यक्तिको निशुल्क उपचार सहितको सेवा संचालन गरिएको बि एन्ड बि अस्पतालका प्रतिनिधि माधब बानियाले जानकारी दिनु भएको छ।
जिल्लामा पटकपटक छनोट शिविरको आयोजना गरीएको र आगामी दिनमा पनि निरन्तर सेवा प्रदान गरिने र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष हुनाराम खड्काले जानकारी दिनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal