शुक्रबार, जेष्ठ १९, २०८०

राष्ट्रिय आधारभूत बिद्यालय झिमरुक ५ ओखरकोटको ४८ औं बार्षिकोत्सव सम्पन्न

नारायण जिसि प्युठान झिमरुक

श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय झिमरुक ५ ओखरकोट हिरापोखरीको ४८ औ बार्षिकोत्सव तथा अभिावक दिवस भव्य रुपमा सम्पन्न भएको छ ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विशेष अतिथिहरु झिमरुक गाउँपालिका शिक्षा शाखा प्रमुख मोहन बि.सी., झिमरुक गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दधिराम पोख्रेल, निवर्तमान वडाध्यक्ष टिका बहादुर जि.सी., पूर्व प्रधानाध्यापक नरेश बहादुर जि.सी. संस्थापक स्वर्गीय जगत बहादुर घर्तिक्षेत्रीकी धर्मपत्नी खुमा कुमारी जि.सी.हुनुहन्थ्याे ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, झिमरुक गाउँपालिका वडाध्यक्षहरु,राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु ,पूर्व विद्यालय व्यवस्थान समितिका अध्यक्षहरु, पूर्व प्र.अ.हरु , पूर्व शिक्षक अभिभावक संघका अध्यक्षहरु , छिमेकी बिद्यालयका प्र.अ .तथा प्रतिनिधिहरु टोल सुधार समितिका अध्यक्षहरु, शिक्षा प्रेमी, समाजसेबी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
दिप प्रज्ज्वलन गरेर शिशुलाई अक्षर शुभारम्भ गराउँदै उद्घाटन गर्दै प्रमुख अतिथि महताराले विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण पूर्बाधार निर्माण लगायतका काम स्थानीय सरकारको तर्फबाट कमि हुन नदिने प्रतिबद्धता जाहेर गर्नु भयो ।
शुभकामना मन्तव्य दिनु हुनेमा शिक्षा अधिकृत मोहन बि.सी, वडाध्यक्ष दधिराम पाख्रेल, पूर्व प्र.अ. नरेश बहादुर जि.सी. निर्वतमान वडाध्यक्ष टिका बहादुर जि.सी., राजमोका सुवास जि.सी, नेकपा एमालेका इन्द्रमणी पोख्रेल, नेकपा माओबादी केन्द्रका झक बहादुर जि.सी., लगायत हुनुहुन्थ्यो ।

प्र.अ.यशाेधा खड्काले प्रतिवेदन पेश गर्नु भयो भने आर्थिक तथा अक्षयकोष व्यबस्थापन समितिका संयोजक प्रदिप जि.सी.ले एक महिना अवधिभर बिद्यालयमा देश तथा बिदेशबाट आर्थिक सहयोग गर्ने दाताहरुको विवरण पेश गर्दै कक्षा९र१० संचालन हुन लागेकाे वताउनु भयाे।
कार्यक्रममा बिद्यालय संस्थापक, जग्गादाता, अक्षयकोष दाता, आर्थिक सहयोग दाता, पूर्ब बि.व्य.स.अध्यक्षहरु, पूर्ब प्रधानाध्यापकहरु, बिद्यालय निर्माणमा महत्वपूर्ण योगदान दिने व्यक्तिवहरुहरुलाइ सम्मान गरियो । जुनियर रेडक्रसद्धारा आयोजित अन्तर निमाबि बक्तृत्वकला प्रतियोगीतामा उत्कृष्ट स्थान हाँशिलगर्नेहरुलाई पुरस्कार वितरण पनि गरिएकाे थियाे।
झिमरुक ५मच्छी निवासी बसन्त बहादुर जि.सीले आफुनो वुवा स्व. नर बहादुर क्षेत्रीको नाममा नर बहादुर क्षेत्री जेहेन्दार छात्रबृत्ति अक्षयकोषको लागि प्रदान गर्नु भएको रु ५१०००। को व्याजबाट १० जना बिद्यार्थीहरुलाई प्रति व्यक्ति झोला, कापी, ड्रेस बितरण गरिएकाे थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर बि.क.को सभापतित्वमा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य गणेश जि.सी. र संचालन राम बहादुर जि.सी. ले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?