बिहिबार, चैत्र १५, २०८०

दोसांध प्राथमिक बिद्यालय नारिकोटको ३५औं वार्षिक उत्सव सम्पन्न

झिमरुपोस्ट संवाददाता ,नारायण जिसि प्युठान ,गौमुखी

दाेसाँध प्राथमिक विद्यालय गाैमुखी गाउँपालिका वडा नं ७ हरिया खाेला नारिकाेटकाे ३५औ वार्षिकाेत्सव तथा शिक्षक अभिभावक दिवस आज सम्पन्न भएको छ।गाैमुखी गाउँपालिका ७नं वडाका वडा अध्यक्ष काेमल पुरी काे प्रमुख आथित्यतामा भएको कार्यक्रममा अध्यक्षता शुकमाया वि.क.ले ,स्वागत भाषण शिक्षिका जवुना जि.सी.ले र संचालन पित्रीभक्त रिजाले गर्नु भएको थियाे।विद्यालयका प्र.अ.जुद्व बहादुर जि.सी.ले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पुरीले विद्यालय गाैमुखी गाउँपालिकामै नमुना रहेकाे बताउनु भयाे ।विद्यालयकाे थप बिकासकाे लागि सकेसम्म आफू लागि पर्ने वताउनु भयाे।
कार्यक्रममा तारा पुरी,पदम खड्का,श्री राम पाेखरेल थमलाल गुरुङ्ग,लाल बहादुर पुरी ,माेहन कुमार विश्ववकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।
कार्यक्रममा शैशिक सत्र२०७८मा वार्षिक परीक्षामा उत्कृष्ट स्थान हाँसिल गर्ने छात्रा छात्रलाई पुरस्कार वितरण गरिएको थियाे।भने उत्कृष्ट शिक्षककाे रुपमा शिक्षक नारायण बहादुर जि.सी.लाई पुरस्कृत गरिएकाे थियाे।अक्षयकोष दाताहरूले विभिन्न खाले दलित ,जनजाति ,जेहेन्दार ,गरीव,विपन्न ,अपांङ्ग र उत्कृष्ट हुने छात्रा,छात्रलाई अक्षयकोषबाट प्राप्त हुने व्याज वितरण गर्नु भएको थियाे।
यस विद्यालयमा छाेटाे समयमा खगुलाल गुरुङ्ग अक्षयकोष ,जगत पुरी अक्षयकोष ,रवि देउकला अक्षयकोष ,चेतमानहरि अक्षयकोष ,एन एस अक्षयकोष लिलु कुन्ता झगिकला अक्षयकोष ,गुरु पुतला अक्षयकोष दर्जन भन्दा वढी अक्षयकोष स्थापना भएका छन।

यस पटक अक्षयकोषदाताहरु तितला पुरी र चन्द्रा कुमारी पुरी सम्मान हुनु भएकाे छ।
कार्यक्रमकाे वीचवीचमा राेचक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal