शुक्रबार, मंसिर १५, २०८०

बृहत रक्तदान कार्यक्रम मार्फत विश्व रक्तदाता दिवश माण्डवीमा

झिमरुक संवाददाता
जेष्ठ ३१
विश्व रक्तदाता दिवशको अवसर पारी नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानले आज माण्डवीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्त सञ्चार केन्द्र रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समुह प्यूठानको आयोजनामा दिवशको अवसर पारी बृहत रक्तदान कार्यक्रम माण्डवी गाउँपालिका जस्पुर प्यूठानमा सम्पन्न गरिएको हो ।
बुधबार सुरु भएको बृहत रक्तदान कार्यक्रममा माण्डवी गाँउपालिकाका अध्यक्ष नवराज अधिकारी ( रोषन ),कार्यपालिका सदस्य जितामित्र सुनार, पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकास पाण्डे सहित ४३ जनाले रक्तदान गरेको नेपाल स्वयंमसेवी रक्तदाता समाज प्यूठानका कोषाध्यक्ष मनु लामाले जानकारी दिएका छन् । रक्तदान स्थलमै रक्तदाताहरु लाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

रक्तदान जिवन दान भएकोले यस पालिकाको इतिहाँसमै पहिलो पटक कृहत रक्तदान कार्यक्रमको लागी सहजीकरण गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी ( रोषन ) ले बताए । पालिका तहमा रक्तदान कार्यक्रमलाई महत्वका साथ प्राथमिकतामा पारी सहयोग र सहजीकरण गरिएको प्रदेशमै पहिलो पालिका भएको नेपाल रेडक्रस सोसाइटी रुपन्देही द्वारा सन्चालित रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिक केशर गाहले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?