रुपन्देही बुटवल, साउन २६ गते । रुपन्देहीको सैनामैना नगरपालिका सैनामैना मेमोरियल स्कुलले ’ब्याग लेस फ्राइडे’ कार्यक्रम अन्तर्गत रहेर ’हरेक शुक्रबार, सीपमूलक शुक्रबार’ कार्यक्रमको श्रीङ्खला आरम्भ गरेको छ ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई तहगत रुपमा बिभाजन गरेर सन्चालन गरिएको उक्त कार्यक्रममा यस शुक्रबार कक्षा ८ देखि १० सम्मका छात्रहरुलाई आधारभूत वायरिन्ग सम्बन्धि ब्यावहारिक तालिमको सुरुवात गरेको छ भने छात्राहरुलाई दुना तथा तपरी खुट्ने तालिम प्रदान गरेको छ।

विद्यालयकै शिक्षिक तथा कर्मचारीहरुका साथै व्यावसायिक प्राबिधिकहरुले सहजिकरण गरेको उक्त्त शिप परिक्षण कार्यशालामा विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएको विद्यालयका सह–प्राचार्य डि बि खत्रीले जानकारी गराएका छन् । यसैगरि कक्षा १ देखि ७ सम्मका विद्यार्थीले चित्र कोर्ने तथा रङ भर्ने प्रतियोगितामा सहभागिता जनाएको तथा पूर्व प्राविका विद्यार्थीले पिक्चर पेण्टिन्ग कार्यमा सहभागि भएको विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रकाश चौधरीले बताए ।

विद्यार्थीहरुलाई हरेक शुक्रबार आधारभूत सिपसन्ग सम्बन्धि कार्यहरुमा सहभागि गराउदै दैनिक जिवनमा आवस्यक पर्ने प्रविधिगत विषयको नियमित कार्यशालामा सहभागि गराउदै लैजाने उद्देस्य विद्यालयको रहेको प्राचार्य जे बि क्षेत्रीले बताउनुभयो।