शुक्रबार, माघ १७, २०८२

अखिल नेपाल शिक्षक संघको गौमुखी गाउँपालिका अधिवेशन सम्पन्न

प्रकाश न्यौपाने प्युठान                              अखिल नेपाल शिक्षक संघको गौमुखी गाउँपालिका अधिवेशन सम्पन्न भयको छ।
चैत्र १४ गते सम्पन्न दोस्रो अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य तथा अखिल नेपाल शिक्षक संघ केन्द्रित समितिका महासचिव चक्रपाणि पौडेलले देसमा समय सापेक्ष शैक्षिक सुधार हुन नसकेको बताउनु भयो। उहाँले शैक्षिक छेत्रमा राज्यले यसवर्ष ११ प्रतिशत मात्र बजेट विनियोजन गर्नु चिन्ताजनक रहेको बताउँदै शिक्षामा न्यूनतम २० प्रतिशत भन्दा बढी बजेट छुट्टाउनु पर्ने धारणा राख्नु भयो।
अधिवेशनले उपेन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा १५ सदस्यिय गाउँपालिका समिती गठन गरेको छ। संघको उपाध्यक्षमा बसन्ता जि सि, कोषाध्यक्षमा बलवहादुर बि क, सचिवमा दुर्गा वहादुर थापा सहसचिवमा कवि के सी रहनु भएको छ। अधिवेशनले पाँच सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ।
अधिवेशनलाई सुभकामना दिनेहरुमा ने क पा (मसाल) प्युठान जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, नेपाल सिक्षक महासंघ प्युठान जिल्लाका पुर्व अध्यक्ष सिद्धिमान जि सी,
अखिल नेपाल शिक्षक संघका प्युठान जिल्ला अध्यक्ष अर्जुन के सी,शिक्षक महासंघका झिम्रुक गाउँपालिका अध्यक्ष कर्ण वहादुर जि सी र अखिल नेपाल महिला संघकी केन्द्रीय पार्षद तारा जि सी रहनु भएको थियो। कार्यक्रमको सञ्चालन समितिका सचिव शिक्षक दुर्गा वहादुर थापाले गर्नु भयको थियो भने गाउँपालिका दोश्रो अधिवेशनको अध्यक्षता उपेन्द्र प्रसाद न्यौपानेले गर्नु भएको थियो। अधिवेसनमा शिक्षक शिक्षिकाहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal