शनिबार, साउन १२, २०८१

अखिल नेपाल शिक्षक संघ प्युठान नगरपालिकाको अधिवेशन र सरुमारानिको भेला सम्पन्न

प्युठान

 

अखिल नेपाल शिक्षक संघ प्युठान  नगर समितिको आयोजनामा संचालित नगर अधिवेशन शोभबहादुर थापाको अध्यक्षता,केन्द्रीय उपाध्यक्ष बिन्दु बिष्टको प्रमुख आतिथ्यता र यशोदा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा जिल्ला समिति काेषाध्यक्ष महेन्द्र बहादुर केसी गर्नुभएको थियो । ,महासंघ जिल्ला सहसचिव ध्रुव गिरी,अखिल नेपाल शिक्षक  संघ जिल्ला सदस्य बिष्णु पौडेल र लुइस्यान्जी के सीले शुभकामना मन्तव्य राख्नुभएको थियोे , कार्यक्रमको सन्चालन सचिब शालिकराम के सीले गर्नुभएको थियोे ।  सम्पन्न नगर अधिवेशनले शोभबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय नगर समिति समेत गठन गरेको छ ।
त्यसैगरी
अखिल नेपाल शिक्षक सङ्ग सरुमारानीको गाउँ भेला सम्पन्न भएको छ।
भेलाले गणेश पौडेल काे अध्यक्षतामा १३जनाकाे समिति गठन समेत गरेको छ।जसकाे उपाध्यक्षमा मदन खनाल ,सचिब बामदेब पौडेल ,काेषाध्यक्ष भाेजराज ज्ञवालि रहनुभएको छ ।भेलामा जिल्ला उपाध्यक्ष कल्याण खड्का र प्रदेश सदस्य भुपाल थापा को उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal