शनिबार, साउन १२, २०८१

मेलम्चीको पानी आजदेखि काठमाडौँका उपभोक्ताको घरघरमा वितरण गरिँदै

गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौ उपत्यका खानेपानी लिमिटेडले पाइपलाइनबाट परिक्षणका रुपमा उपभोक्ताका घरघरमा वितरण गर्ने छ । तर उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न भने करिब एक हप्ता लाग्ने छ ।-

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal