शनिबार, साउन १२, २०८१

चिनले नेपाललाई ८ लाख कोभिड खोप हस्तान्तरण गर्यो

facebook sharing button
twitter sharing button
messenger sharing button
काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोप भेरोसेल नेपाललाई हस्तान्तरण गरेको छ ।

त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आयोजित एक कार्यक्रममा आठ लाख डोज सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको थियो ।

चीनले नेपाललाई सो खोप उपहार स्वरुप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?