आइतवार, भदौ ८, २०८२

एउटा बोराको भारीमा पूरा जिन्दगी

  • बिन बहादुर रेग्मी, प्युठानी

हाम्रो एक जना पत्रकार साथि बालेनको नयाँ काठमाडौ अवलोकन गर्ने भनेर झोलामा पेन र कपि बोकेर जानु भयो। किनकि बालेन भनेका नेपाल भरिकै चर्चित मेयर हुन त्यो पनि नेपालकै मुटु राजधानीको महानगर पालिकाको चुनावमा अत्यधिक बहुमतले निर्वाचित मेयर हुन।

 

अझ अर्को थप कौतुहलता जागेर आउने कुरा के थियो भने उनि नेपालको लोकतान्त्रिक बहुदलीय प्रणालीमा कुनै दल समुह पार्टीका थिएनन। ठूला ठूला आन्दोलन र विचार बाट जन्मिएका पुराना पुराना ठूला हात्ती पार्टीलाई पछारेर विजय भएका थिए। त्यो कारणले पनि हाम्रो पत्रकार साथीलाई झोला बोकेर जान बाध्य गराएको हुनुपर्छ। पहिला सानो एउटा कुरा यहाँहरुलाई के स्पष्ट गराउ भने ति पत्रकार न्युज र भ्युज काे लागि गएका थिएनन। बालेनकाे फोटो खिच्नु उनको यात्राको उद्धेश्य थिएन। उनको यात्राको मनसाय यतिमात्र थियो कि नयाँ काठमाडौं बनाउने बहानामा गरीब निमुखा जनतालाई वैकल्पिक व्यवस्था गरिएको छ कि छैन हेर्नु थियो बुझ्नु थियो।

काठमाडौंकाे यात्रा उनको लागि उदेश्य नौलो भए पनि यात्रा पहिलो थिएन। उनि पहिला पनि काठमाडौं धेरै पटक गएका थिए। उनको कलमले काठमाडौंको यात्राको सन्दर्भमा रोचक र नौला रिपोर्टिङ सहितको धारा प्रवाह लेख धेरै लेखेको थियो।

 

एक पटक संघीयता बिरोधी काठमाडौं केन्द्रित आन्दोलनमा सत्तापक्षले गरेको दमन र अवरोधको भण्डाफोर गर्दै कलम चलाउने क्रममा काठमाडौंका धेरै जसो होटले ले बासी भात खान दिएर झाडा पखालाले आन्दोलनकारी घाइते भएको पनि लेखेको थियो। त्यही कलम यसपाली वालेनको काठमाडौंको नक्शा शब्दमा सम्पादन गर्न जाँदै थियो। त्यसको लागि माथि डाँडाबाट सम्भव थिएन। तल ओरालो झरेर काठमाडौ छिर्नै पर्थ्यो। जब उनि काठमाडौ छिरें , पहिलाको भन्दा अलि फरक देखें। बाटो चिल्लो अलि फराकिलो जस्तो पनि लाग्यो। एक दुइटा सेल्फी फोटो पनि खिचे। सरसफाई पनि पहिला भन्दा धेरै राम्रो लाग्यो। तर जुन कुराको अवलोकन गर्न भनेर गएका थिए त्यो भेटेनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट विदेश उडने को भीड दोब्बर थियो। शल ओडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फी लिनेहरूको रुन्चे हासोले बालेनलाई खिजाई रहेको थियो। पासपोर्टको लागि बिहान चार बजे लाइनमा उभिनेहरुको आखामा देखिने अनिदोले बालेनलाइ सराप दिएको स्पष्ट देखिन्थ्यो। यत्रतत्र मोलभाउ गर्दै छिटो पासपोर्ट बनाइदिने भन्दै घुस माग्दै हिड्ने ति दलालहरु बालेनकै मान्छे जस्ता देखिन्थे।

 

नत्र बाटोको छेउमा हरियो मकै पोलेर बेच्न गुजारा चलाउन वसेका दुखी गरीबलाई खोजी खोजी चाहार्ने बालेनका सेनाले दिनमै खुल्लेआम घुस माग्दै हिड्ने दलाललाई भगाउन किन सक्दैन? होटलमा बासी भात बेच्ने लाई कारबाही गर्न किन सक्दैन? यस्ता प्रश्न खेलाउदै अगाडि बढिरहेका थिए। उनि एउटा कुरा मा ढुक्क थिए कि काठमाडौँमा अब कोही गरीब छैनन। यता उता टाढा टाढा सम्म फलफूलको ठेला सम्म देखिन छोडी सकेको थियो। उनलाई लाग्यो ति ठेला वाला सबै धनि भइसकेछन्। एक मनले सोच्छन् पासपोर्टको लाइनमा दिनमै खुल्लेआम घुस माग्दै हिड्ने दलाललाई भगाउन नसक्ने यही बालेन् हो के को ति सडक पेटीमा फलफूल तरकारी बेच्ने दुखी लाई धनि बनाउस कतै चाहारे होला। निश्चय पनि तिनीहरू कुनै कुनामा बसेर रोई रहेका होलान, मैले भेट्नु पर्छ र उनीहरूको पिडा मैंले कापीमा उतार्नै पर्छ। त्यो भन्दा बढि एउटा श्रमजीवी पत्रकारको कलमले के पो गर्न सक्छ र?

पत्रकारको आँखा सडक पेटीमा बोराको कुम्लो बोकेर उभिएकी एउटी दिदीमा पर्यो। मानौं ति दिदी कतै भाग्ने तरखरमा हुनुहुन्छ। उहाँ सँग जोडिएर केही भलाकुसारी गर्ने मन लागेछ। दिदि बोरामा के छ? प्रश्न बाँकी नै थियो दिदीले जिन्दगी छ भनेर खरो पिरो अमिलो नुनिलो पीडाको जवाफ दिनुहुन्छ त्यसपछि सुरु हुन्छ वालेनको काठमाडौको हकीकत। दिदीको घर पहाडमा रहेछ, छोरो पैंसा कमाउन भनेर ऋण गरेर विदेश गएको उतै मरेछ। जग्गा जमीन बेचेर त्यो ऋण तिरे पछि थोरै बचेको पैसाले काठमाडौ पसेछन् र सडक पेटीमा सानो पसल थापेर गुजारा चलाउन थाल्नु भएछ। भाडाको कोठामा बस्नु पर्ने श्रीमान बिरामी स्थिति दयनिय रहेछ। वालेनको नयाँ काठमाडौं नीतिको शिकार हुनु भएको रहेछ। बालिनको पुलिस आएको देखें पछि सबै सामान बोरामा भरेर पिठ्यूँमा बोकेर यता उता हिँडेको जस्तो गर्नु हुँदोरहेछ। फेरि उनीहरू गए भन्ने जस्तो लाग्यो भने पिठ्यूँमा बोकेको बोरा लाई सडक पेटीमा फिजाउने बेच्ने गर्नु हुँदो रहेछ। साँच्चिकै पिठ्यूँमा बोकेको बोराको कुम्लो दिदीको जिन्दगी रहेछ। यो सबै देखेर पत्रकारका आँखा रसाए भावुक हुँदै उनले सोचें, वालेन भन्ने मान्छे युटुबर र उनका अन्धभक्तले भनेको जस्तो देख्नमा असाध्य राम्रा छन, दाढी जुँगा चट्ट मिलाएर चश्मा लगाएर हिरो छन जिउडाल पनि मिलेको छ।

 

तर तर तर उनी दुखी गरीब जनताको लागि ठीक छैनन। उनि दुखी गरीबलाई मायाँ गर्ने मान्छे नै होइनन, यो दिदीको जिन्दगी जस्तो कतिका होलान, विकास गर्ने मान्छे के ति रोइरहेका पीडित जनताको लागि वैकल्पिक जीविकोपार्जन व्यवस्था गर्नु पर्छ कि पर्दैन? यसको जवाफ निश्चित रूपमा बालेन सँग छैन किनकि उनीसँग सर्वहारा वर्गीय चिन्तन छैन, बर्गचेत छैन।
पत्रकारको आँखा के जे देख्यो उनको कलमले त्यही लेख्यो।

नोट:- (लेखक, मूल प्रवाह अखिल भारत नेपाली एकता केन्द्रीय परिषद सदस्य हुनुहुन्छ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?