शनिबार, साउन १२, २०८१

महान अक्टोवर समाजवादी क्रान्ती जिन्दावाद॥

फ्रान्सको राज्य क्रान्ति पछि रूसमा सन् १९१७ मा महान अक्टोवर समाजवादी क्रान्ति सम्पन्न भयो।फ्रान्सको क्रान्ति पॅुजीपति शोषक वर्गको हितको लागी थियो भने महान लेनिनको नेतृत्वमा भएको समाजवादी क्रान्ति शोषित,ऊत्पिडित,सर्वहारा मजदूर वर्गको हित र मूक्तिको लागी थियो।दुई वटा महादेशमा फैल्िएको भिमकाय देश रूसमा भएको यो क्रान्तिले संसारका पॅुजिपति वर्गको तख्ता एक पटक हल्लाई दियो र पॅुजिवादको विकल्पमा समाजवाद पेस गर्नु भयो।मार्क्स र एन्जेल्सले प्रतिवादन गरेको कम्युनिष्ट दर्शनलाई व्यवहारमा लागु गर्नु भयो।रूसको पार्टी भन्दा पूर्वी युरोपका पार्टीहरूको संगठनात्मक स्थिति मजवूत भएर पनि ऊनीहरूले प्रथम विश्वयुद्धवाट फाएदा ऊठाएर क्रान्ति गर्न सफल हुन सकेनन् भने महान लेनिनले विश्व युद्धको विरोध गर्दै त्यसलाई क्रान्तिको पक्षमा ऊपयोग गर्ने निर्णय गर्नु भयो र २१ वर्षको छोटो अवधीमै रूसमा महान अक्टोवर समाजवादी क्रान्ति सम्पन्न गर्न सफल हुनु भयो।
लेनिन सन १८७०मा रूसको सिम्वाक्स नगरमा आमा मारीया अलेक्सान्ड्रोनाको कोखबाट तेस्रो वच्चाको रूपमा जन्मनु भयो र वहॅाका पिताको नाम निकोलायोवीच ऊल्यानोभ थियो।५४ वर्षको छोटो ऊमेरमा वहॅाको मृत्यु भयो।वहॅा सन १९१६ मा रूसमा प्रकट हुनु भयो।२०१८ मा एक महीला जासुस फ्यानी कापलानको गोलीवाट गम्भीर घाईते भै घाईते अवस्था मै सन १९२४ मा वहॅाको निधन भयो र यस संसारवाट अस्ताऊनु भयो।क्रान्ति सम्पन्न गरे पछि लेनिनले रूसको क्रान्तिलाई थप मज्वूत वनाऊन पाऊनु भएन।त्यसको संपूर्ण अविभारा जोसेफ स्तालिनलाई सुम्प्नु भयो।लेनिन जीवनभर कहिल्यै विसाऊनु भएन,कह्ल्यै रोकिनु भएन।लेनिनले ५ वर्षको ऊमेरवाट पढाई शुरू गर्नु भयो।वहॅा अति जेहेन्दार विद्यार्थि हुनुहुन्थ्यो।सधैं क्लास टप्दै जानुभयो।यति सम्म कि कलेजको ४ वर्षे कोर्ष डेड वर्ष मै सक्नु भयो।वहॅा कानुन पढेर वकील पनि बन्नु भयो।जार सरकारले दाजु अलेक्जेण्डरलाई हत्याको आरोपमा फॅासीको सजॅाय दिए पछि त्यसको बदला स्वरूप जारको सत्ता पल्टाऊने सपथ गर्नु भयो र आफ्नो संपूर्ण जीवन क्रन्तिमा होम्नु भयो।पार्टी स्थापनाको शुरूवात बाटै दुई लाईनको संघर्ष झेल्दै अगाडि बढ्नु भयो।मेन्सेविकहरू जहिले पनि लेनिनका क्रान्तिकारी विचार र योजनाहरूलाई भॅाजो हाल्ल्दथे तर लेनिन त्यसका विरूद्ध संघर्ष गर्दै ,फरक विचारलाई पनि सम्मान गर्दै साथ मै लिएर क्रान्तिलाई दृढतापूर्वक अगाडि बढाऊनु भयो।सन २००० मा ईस्क्रा पत्रीका पहिलो अंक प्रकासन गर्नु भयो र चुनौति दिनु भयो”एऊटा झिल्कोले डढेलो लाग्न सक्छ”।वहॅा पत्रीका प्रकासन मात्र गर्नु भएन,अनेकौं पुस्तकहरू पनि प्रकासन गर्नु भयो ।वहॅाका विचारहरूले जारशाही र सेसोधनवादीहरूको मुटु हल्लाई दियो।जार सरकारले वहॅालाई धरपकड गर्यो,हत्या गर्ने योजना बनायो।जारको माखे सांलोवाट ऊम्केर वहॅा विदेशिनु भयो। बिदेशमै रहेर पनि वहॅा कहिल्यै आराम गर्नु भएन,देशको लागी,क्रान्तिको लागी अनवरत रूपमा डटिरहनु भयो।ईस्का पत्रीकामा लेनिनका विचारहरूले मजदूर वर्गमा ससक्त प्रभाव पार्दै गयो र गासवास र सुरक्षाको माग गर्दै जारशाहीको विरूद्ध लाखौलाख मजदूरहरूको प्रदर्शनहरू हुन थाले।त्यसको जवाफ मा जारशाहीले तातो गोली बर्षायो,हजारौले सहादत गरे।फलत मजदूर आन्दोलन झन ससक्त बन्दै जॅादा ससस्त्र रूप लिदै गयो।ऊता सानो देश जापान संगको युद्धमा रूसको हार हुनु,देशमा चरम आर्थिक संकट हुनु आर्कोतिर वोल्सेविक पार्टीका नीतिहरू किसान मजदूरका पक्षमा हुनुले मजदूर आन्दोलन दिन प्रतिदिन ससक्त हुदै जॅादा स्वयं जारका सीपाहीहरूले पनि विद्रोह गर्न थाले।आखिर फेव्रुवरी १९१७ मा वाध्य भएर जारले पॅुजीपति बर्गको कमाण्डमा सेरेन्सकीको नेतृत्वमा अस्थायी क्रन्तिकारी सरकार वनायो।यो सरकार प्रति पनि मजदूरहरूको विस्वास भएन र भने सर्प र नाग ऊस्तै ऊस्तै हो।यही खुकुलो मौका छोपेर लेनिन पेट्रोगार्ड आईपुगे र त्यहॅा हजारौ मजदूर,विद्रोही सेना तथा जहाजीहरूले लेनिनलाई स्वागत गरे।त्यहॅा लेनिनले निकै जोशपूर्ण भाषण गरे र ,समाजवादी क्रान्ति जिन्दावाद,भन्दै आफ्नो भाषण समाप्त गरे।लेनिनको बुद्धिमत्तापूर्ण नेतृत्वमा किसान मजदूरहरूका ठूला ठूला हडतालहरू भए।सयौं ऊद्योगहरू बन्द भए।भोकमरी वढ्यो,चरम आर्थिक संकट ऊत्पन्न भयो।सरकारी सेनामा व्यापक बिद्रोह बढेर गयो।चारैतिर असन्तोष बढेर गयो।वोल्सेविक कम्युनिष्ट पार्टीको सैन्य शक्ति ससक्त वन्दै गयो। फलत २६ अक्टोवर १९१७ को दिन सितल दरवार कव्जामा लिएर कम्युनिष्ट पार्टीको लाल झण्डा फहराईयो।यसरी महान लेनिनको नेतृत्वमा रूसमा अक्टोवर समाजवादी क्रान्ती सम्पन्न भयो।रूसको समाजवादी क्रान्तीले विस्वका ऊत्पिडित वर्गका जनताहरूमा ठूलो प्रभाव पर्यो।लगत्तै चीनका साथै एशिया,युरोप र ल्याटिन अमेर्रिकाका कैयौ देशहरूमा पनि क्रान्तीको रॅाको सल्किदै जॅादा विश्वभरका पॅुजीपति वर्गको मुटुमा ढेंग्रो ठोकेको थियो।आज क्रान्तिकारी ऊभार कमजोर देखिए पनि यो अस्थाई हो।पॅुजिपति वर्गले संकट समाधान हैन व्यवस्थापन मात्र गरेका हुन।साम्राज्यवादको अन्तिम रूप समाजवाद हो,साम्यवाद हो।क्रान्ती अनिवार्य छ।प्रतिकृयावादीहरूको पतन निश्चित छ।
महान लेनिन अमर रहुन
महान अक्टोवर समाजवादी क्रान्ती जिन्दावाद॥
ढुण्डिराज शर्मा पौडेल
वुटवल
अध्यक्ष-अ.ने.रा,ऊद्योग व्यापार संघ केन्द्रिय समिति

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal