शनिबार, साउन १२, २०८१

बर्ग भित्रको बर्ग!

सुरेशकुमार पान्डे।
गर्मिको दिनमा छाँयाको लोभ हुँनेरैछ,म छाँया खोज्दै पिपलको बृक्ष तर्फ जाँदै गर्दा।तलाई पनि घाम हुन्छ र?त्यँही रुखको मुनि बसेका एक जनाले भने।मैले उन्को बोलि सुनेपछि फरक्क फर्केर हेर्दा पुरानो साथिपो हुँनुहुँदो रैछ।नजिकै गएर हात मिलाँए अनि हाल चाल एकको आर्काले सोधपुछ भयो।अनि पुरानो सम्रण गर्दै गयौँ।
“देश भित्र भर्खर बहुदलिए ब्यबस्था आएको थियो।हामि एकता समाजका कार्याक्रताहरु देशमा संगठन निर्माण गर्ने तर्फ थियौँ।कयौँ मैनौ सम्म बसेर संगठन निर्माण गर्ने गरे कसैले केहि दिन भयपनि सक्दो संगठानिक काम गरे।खास गरेर त्यो बेला किसान सँग निर्माण गर्दै थियौँ।म आफै पनि बिस दिनको छुट्टिमा गएको थिएँ मेरो छुट्टि पुरा भयो र म आफ्नो कार्या क्षेत्र तिर जान तैयार भयको थिएँ त्यही बेला जिल्लाका दुई जना र एक जना स्थानिए गरि तिन जना साथिहरु टुप्लुक्कै घरमा पुग्नु भयो।
कम्रेड लाल शलाम भन्दै साथिले जोसिलो अभिनन्दन साटा साट गय्रौँ।
मलाई अत्याधिक खुसि लाग्यो उँहाहरु हाम्रो घरमा पराय आउँने जाने गर्नु हुँन्थ्यो।हाम्रो घर बाटोमा पर्थ्यो प्यूठान र दाङ आउँने जाने साथिहरु पैदल हिँड्दा त्यही बाटो पर्ने भयकोले त्यो बेला घर खालि हुँदैनथ्यो।कहिले को कहिले को साथिहरु आउँने जाने गर्नु हुँन्थ्यो।हाम्रो घरमा पनि मानिसहरु आउँदा पहिले पहिले कुन जातका हुँन भनेर सोध्ने चलन त थियो नै तर आमालाई आमा हाम्रा घरमा आउँने हाम्रै जातका हुँन्छन सोध्नु पर्दैन भन्थे त्यसपछि आमाले पनि म भयको बेला आउँने लाई के जात भनेर सोध्नु भयन।जो पनि साथि आउँनु भयो सिदै तालमा बैठक कक्षा थियो त्यँहा जानु हुँन्थ्यो रोक टोक हुँदैनथ्यो।
एक दिन हाम्रा रेश्मिराज माण्डसाहेब गएको बेला मानिस धेरै भयौँ मानिस धेरै भयपछि बस्ने ठाउँ बाँट्यौँ।माण्डसाब लाई मैले हाम्रा सानाबाका घर पठाएँ त्यो घरको दाईलाई पनि हामिले संगठित गरेका थियौँ।
बाबु कुरा सुन त?भन्दै सानोबाले मलाई बोलाएर एकान्तमा लैजानु भयो।बाबु मेरो मुख हेर तो म सेतै फुलेको बुढो मान्छे अहिले सम्म मैले तल्लो जातले छोएको खाएको छैन बाबु यिनि नेपाली लाई तैँले आफ्नै घरमा लैजा भन्दै सम्झाउँनु भयो।सानो बाको कुरा सुनेर मलाई हाँसो लाग्यो।उँहाले नेपाली भनेपछि सार्की बुझ्नु भयो।उँहालाई सम्झाउँन मलाई अलि बेर लाग्यो जसरी तसरी संझाई बुझाई गरेर बसाल्न सफल पनि भँए।स्वायम माड्सापले पनि सम्झाउँनु भयो।उँहा अधिकारी हुँनुहुँदो रैछ मलाई पनि त्यही बेला थाहाभयो।
हुँन त आजपनि जातिए बिभेद गाउँ घरमा उस्तैछ तर त्यो बेला त झनै यस्तो अबस्था थियो भारतमा पनि नेपालीहरुको बिचमा छुवा छुत ब्यापकनै थियो।त्यसैले गर्दा हाम्रा कति पय साथिहरुले त्यो बेला आफ्नो जाति लुकाएर थापा क्षेत्री राख्नु हुँन्थ्यो कयौँ ठाउँहरुमा बाहुँन भन्नु हुँन्थ्यो त्यसबेला छाति खोलेर दलित भन्दै संगठन निर्माण गर्ने जुझारु मित्र पनि हाम्रै सँगठन बाट जन्मिनु भयो भन्दा अशान्द्रभिक नहोला।पहिले पहिले संगठनकै भित्रपनि जातिय बिभेद थियो।कति पएको भनाई एकता हुँनु पर्छ भन्ने त थियो तर जातिए मुद्धामा उँहारु मौन बस्नु हुँन्थ्यो।
त्यो बेला हामिले आफ्नै टीम भित्रपनि कयौँ समस्याको सामना गर्नु पर्दथ्यो।कसैको घरमा बास पाउँन लाई पनि अपठ्यारो हुँन्थ्यो।तर जब एउटै उदेश्य हुँन्छ कुनै पनि समस्याको समाधान निकाल्न मुस्किल पर्दैन।
साथिहरु आएर भन्नु भयो तपाई इण्डिया जाने झोला तैयार पार्नु भयकोछ।हामिले ईण्डिया बाट साथिहरु आईदिए हुँन्थ्यो भनेर आसा गरेका छौँ।हजूर धेरै नभयपनि पन्द्र बिस दिन अरु बस्दिनु पय्रो भन्दै गुनासो गर्न थाल्नु भयो।समस्या त कति थिए भयपनि कत्ति न देखाउँदै ला ठिकैछ हजूरहरुले भनि हाल्नु भयो जेता होला म पन्द्र दिन अरु बस्छु है!भन्दै साथिहरु लाई खुसि पारियो।तर भित्र भित्रै मनमा ठुलो चिन्ता पनि थियो जेहौश अब हामि पन्द्र दिनको आर्थिक अभियानमा हिँड्ने भयौँ।
त्यो बेला एउटा गाउँमा कम्युनिष्टलाई प्रवेश निशेध गरिएको मात्र थिएन यदि कम्युनिष्ट यो गाउँमा पसेछ भने सग्लो फर्किनेछैन भनेर चेलेञ्ज दिएका थिए।हामि त्यो बेला कम्युनिष्ट त बन्ने कुरै थिएन एउटा सामाजिक संगठनका कार्याक्रता नै थियौँ।तरपनि उनिहरुको चैलेञ्ज लाई स्विकार गरेर हामि त्यो गाउँमा लाग्यो।त्यो बेला हामि एकले आर्कालाई जोगाउँने कसिश गर्थ्यो र हाम्रो एकता र अनुसाशन देखेर उनिहरु कायल भए।त्यो गाउँमा हामिहरुलाई खुब सहयोग मिल्यो।बस्न खानको पनि राम्रो ब्यबस्था भयो दिउसोमा हामिले हाक पार्थ्यौँ र रातिमा सास्कृतिक कार्यक्रम गर्ने गर्थ्यो बिहान भरी त्यो गाउँमा चन्दा संकलन गर्दै हिँड्थ्यौँ।हामि आठ जानको टोलि थियो।
जस्मा दुईटी बैनीहरु थिए,एक जना बृद्धा र हामि पाँच जना गरि आठ जनाको टोली लगातार पन्द्र दिन बिभिन्न ठाउँमा कार्या क्रम देखाउँदै चन्दा संकलन गर्दै हिँड्यौँ।हाम्रो लक्ष उदेश्य एउटै थियो बर्गिय शंघर्ष को।त्यसबेलाको निस्वार्थ भावन बिस्तारै भित्र भित्रै पछिका दिनहरुमा फिका हुँदै गएको महेशुर्ष भयो।हाम्रै बिचमा पनि धनि गरिबका कुरा हुँन थाल्यो,सुख सुबिधाका गफ हाल्न थाल्यो।घर घडेरीका चाहानाहरु पलाउँदै जान थाले।मलाई बिस्तारै आफ्नै बर्ग भित्र आर्को बर्ग पलाउँन थालेको महेशुर्ष भयो।
तर अनुसाशन गोपनेतामा रहनु पर्छ भन्ने शिक्षा पाएका हामि कत्ति कतै डगमगाएनौ बाहिर तर भित्र-भित्रै शंघर्ष गर्दै चित्त नबुझेका कुराहरु बोल्दै गयौँ।कयौँ का पोलहरु खोल्दै गयौँ।कयौँ बिचमा छिट्टै क्रान्ती गर्छौ भनेर उग्र नारा लगाउँदै गए।कयौँ लाल सेना बिनका पार्टी कम्युनिष्ट हुँदैन भनेर गए। जस्लाई जस्तो मन लाग्यो उस्ले उस्तै गय्रो।आखिर कसैलाई शाङ्गलाले बाँधेर राख्न त कस्ले सक्थ्यो।जानेलाई बाई बाई आउँने लाई स्वागत गर्दै निरन्तर आफ्नै बाटोमा हिँड्दै हिँड्दै आएकाछौँ।
बर्ग भित्र बर्ग पलाउँछ अनि पलायन हुँन्छ,फेरी उस्तै बर्ग भित्र बर्ग पलाउँछ अनि पलाएन हुँन्छ।निरन्तर यहि क्रम चलि रहेकोछ।हुँनलाई अनुसाशनका कुरा हुन्छन तर चिच्चाई चिच्चाई एउटाले आर्कालाई तँ मैलो भन्चिच्चाई चिच्चाई एउटाले आर्कालाई तँ मैलो भन्छन।यो कस्तो असत्य स्वभाबको बिकाश हुँदैगयो बुझ्न गारोछ।तर बर्ग भित्र बर्ग पलाउँने परमपरा भने चलिनै रहन्छ भन्नेकुरा बुझियो।”यति बितेका दिनको सम्रण पछि हामि आ-आफ्नो गनतब्य तर्फ लाग्यौँ।अहिले पनि उदेश्य त एउटै थियो तर बाटा भने फरक थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal