आइतवार, अशोज २०, २०८१

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनका सन्दर्भमा

– रामबहादुर बुढा
बुर्जुवा ब्यबस्थामा कम्युनिस्ट पार्टीले वैधानिक गतिबिधिलाई कसरी डील गर्ने भन्ने सन्दर्भमा राष्ट्रिय जनमोर्चाले जन्मिने मौका पाएको हो।नेकपा (मसाल ) को वैधानिक मोर्चाका रुपमा यसले २०५२ सालमा जन्मिने मौका पायो।यो एउटा खोजकै बिषय छ कि यसको स्थापनाको ठ्याक्कै महिना र गते कहिले हो ?
पार्टीले निर्णय गरेर यसको स्थापना भएकोले पार्टीले निर्णय गरेको माइन्युटको मितिलाई आधार मान्ने हो कि?यदि त्यसै हो भने त्यो माइन्युट काहा पाउने? कि त्यस सम्बन्धी निर्णय बारे जारी सर्कुलरलाई स्थापना मिति मान्ने? यदि त्यसै हो भने त्यो सर्कुलर खै?राष्ट्रिय जनमोर्चा गठनको पहिलो माइन्युट,पहिलो सर्कुलर वा पहिलो घोषणा लाई स्थापना दिन मान्ने कि?यदि त्यसै हो भने आधार खै ? यो एउटा बैधानिक मोर्चा भएकाले निर्वाचन आयोगमा दर्ता छ।पहिलो पल्ट निर्वाचन आयोगमा दर्त्ताको मितिलाई स्थापना मान्ने हो कि? यदि दर्ताको मितिलाई स्थापना मान्ने हो भने निर्बाचन आयोगमा गएर दर्ताको मिति खोज्ने हो भने भेट्न सकिन्छ । स्थापना मिति कहिले भन्ने कुराा प्राविधिक कुरा हो।त्यति महत्त्वको बिषय हैन ,मुख्य कुरा त्यसले बोकेको सैद्धान्तिक ,राजनीतिक बिषय हुन् भन्ने कतिपय साथीहरुलाई लाग्न सक्छ।अवश्य पनि स्थापना को तिथि मिति भन्दा सैद्धान्तिक त्तथा राजनीतिक बिषय मह्त्वपूर्ण हो तर वास्तै नगरे पनि हुने बिषय हैन।यस्ता कुरा टुङ्गाउदा राम्रो।
२०४९ को स्थानीय निर्वाचन नेकपा (मसाल)ले अखिल नेपाल किसान सङ्घको नामबाट उपयोग गरेको थियो।निकै मुस्किलले निर्वाचन उपयोगको नीति तय भएको थियो।निर्बाचन भन्दा पहिले सम्पन्न मसालको छैठौं रास्टृय भेलामा निर्बाचन उपयोगको प्रस्ताब जम्मा दुई मतले पारित भएको थियो।२०५१ को मध्यावधी निर्वाचन अखिल नेपाल राष्ट्रिय जनमोर्चाको नामबाट उपयोग गरिएको थियो।दुबै चुनावमा किसान संघ र अनेराजमोलाई चुनाब आयोगमा दर्ता गरिएको थिएन ।त्यही भएर कानूनी हिसाबले त्यसका उम्मेदवार र बिजयी प्रतिनिधिको हैसियत स्वतन्त्रको समान थियो। स्वतन्त्रको हैसियत भन्दा पनि दलको हैसियतमा चुनाब लड्नु पर्छ भन्ने मनोविज्ञानले पनि राष्ट्रिय जनमोर्चा जन्मनुलाई प्रेरित गरेको हुनु पर्दछ र यसले जन्मिने अवसर पायो भन्ने लाग्छ।
यो दल हो वा कुनै दलको एउटा बैधानिक मोर्चा/सङ्गठन/ सस्था के हो भन्ने बारेमा पनि अलमल पाइन्छ।तर जनताको बीचमा जादा यो अलमल पालिरहनु राम्रो हैन। कानूनी हिसाबले निर्बाचन आयोगमा दर्ता भएको बेग्लै पार्टी / दल हो।तर ब्यबहारिकरुपमा राष्ट्रिय जनमोर्चा नेकपा (मसाल)को केवल वैधानिक मोर्चा हो। यो स्पष्ट गरेर जानू पर्दछ।नेकपा (एकताकेन्द्र- मसाल) को समयमा जनमोर्चा नेपाल बैधानिक मोर्चा थियो। एक पटक २०५९ सालमा पर्बतको कुस्माबाट फल्लेबास तिर सभामा जाँदै गर्दा एक जना साथीले एकताकेन्द्र मसालको प्रतिगमन विरुद्धको प्रचा बाड्नु भयो।हाम्रो टिममा घनश्याम शर्मा पौडेल पनि हुनुहुन्थ्यो।उहाले प्रचा बाड्ने साथीलाई गल्ती गर्नु भयो भनेर कराउनु भयो। एकताकेन्द्र – मसाल को प्रचा जनमोर्चाले बाडेका थिए भन्ने पार्नु हुन्न।यी छुट्टाछुट्टै पार्टी हुन भन्ने नै जनताले बुझोस भन्ने पौडेल जिको तर्क थियो।बाटोमा धेरै छलफल गर्यौ हामी । कानूनी हिसाबले पार्टी हो तर खास पार्टी त्यो हैन।खास पार्टीलाई खोपिको देवता बनाउने तरिका राम्रो हैन ।
एक पटक एमाले नेता लिला गिरीले बुटवलको एक कार्यक्रममा एमाले निर्माणकालको कुरा सुनाउनु भएको थियो।एमाले नै चुनाब लड्ने कि चुनाब लड्न अर्को मोर्चा बनाउने छलफल एमाले भित्र पनि चलेको थियो।लिला गिरी को शब्दमा ” मदन भण्डारी दुरदर्शी नेता हुनुहुन्थ्यो।यदि पार्टी भित्र लुक्ने र बैधानिक मोर्चालाई खुला छाडिदिने हो भने मोर्चा स्थापित हुनेछ,पार्टी ओझेलमा पर्दैजानेछ।मोर्चाले जताततै डोल्नेछ ।पुच्छरलेटाउका हल्लाउने अवस्था आउनेछ।हामीले त्यसो हुन दिनु हुन्न।”खैर त्यो त एमाले र भण्डारीका कुरा भए ।हामीले मोर्चालाई मोर्चा जस्तो र पार्टीलाई पार्टी जस्तो बनाउन के गर्नु पर्ला? सबैले मथिङ्गल खियाउने कोसिस गरौं !
यतिबेला देश अन्यौलताको भूमरीमा जकडिएको छ।ओलीको सम्सद विघटनलाई सर्बोच्चले बदर गरेको छ ।सर्बोच्चले एमाले र माओवादीको फुटलाई बाटो खोलिदिएको छ।प्रतिपक्ष काङ्रेसले सरकारको नेतृत्व आफुले लिने भन्न थालेको छ।नयाँ सम्विधान र गणतन्त्र स्थापना पछि देशमा राजनीतिक स्थायित्व कायम हुनेछ भन्ने जनापेक्षामा तुसारापात भएको छ।सत्ता स्वार्थको झगडाले जनतालाई निरास बनाएको छ।बुर्जुवा सम्सदीय ब्यबस्थाको चरित्र नै यस्तै जनघाती हुन्छ भन्ने यथार्थतालाई जनमोर्चाको सम्मेलनले निस्कर्ष निकाल्नेछ र त्यसका बिरुद्ध ठोस योजना सहित जनतामाझमा जाने नीति तय गर्ने छ भन्ने शुभेच्छा छ।कोठे अन्तर्कृया,चोकको कोोण सभामा सीमित नभएर जनता सित जोडिने गरी कार्यक्राम बनोस।हाम्रा दीर्घकालीन लक्षमा पुग्ने सपना देखाएर मात्र जनताले पत्याउन गाह्रोछ।तत्काल हाम्रो क्षमता र शक्तिले के के गर्न सम्भब छ – राजन्तिक ,साङ्गठनिक ,ब्यबहारिक ,जनसम्बन्ध सबै क्षेत्रमा।कार्यकर्ताहरु पार्टीका बोझ हैनन ती पार्टीका सम्पत्ती हुन,निर्मल लामाले भने झै कमाउपुत्रहरु हुन भन्ने बाताबरण सृजना गर्ने दिशामा सम्मेलनले सफलता प्राप्त गरोस।यही नै शुभेक्षा छ।धन्यवाद!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?