शनिबार, साउन १२, २०८१

राजनीति भित्र महिला विभेद

लक्ष्मी वेलवासे

महिला भएकै कारण महिला माथी हुने विभेद र त्यस खालका शोषणहरु त समाजमा अहिले पनि व्याप्त छन । पारिवारिक उत्पीड़न देखि लिएर समाजका हरेक कुरामा महिलामाथीको अत्याचारका कैयौं घटनाहरु हरेक दिन जसो भईनै रहन्छन। भलै यस खालका घटनाहरु बिगतका दिनहरुमा भन्दा केहि कमि मभएका भने होईनन तर पनि समाजमा कुनै न कुनै रुपले महिला माथीको ज्याजति भने रोकिएको छैन।
महिला अधिकारको कुरा गर्दा कहिलेकाहि भन्ने गरिन्छ की अब अधिकार सबैलाई पुगेको छ । अब अधिकारको कुरा दोहोरिनु हुदैन ।अधिकारका कुराहरु त अब संविधानबाट नै सुनिश्चित भैसक्यो । यि भनाईहरुमा आंशिक सत्यता छ । पुर्ण होईन । हो केहि अधिकारहरुको शुनिश्चितता कानुनमा त भएको छ तर ब्यवहारमा होईन ।कुनै बिषयमा कानुन नै बोलेको छैन ।बोलेको कानुन प्रयाप्त छैन । उल्लेख गरिएका बिषय र सन्दर्भ पनि कार्यान्वयनको तहमा फितला कम्जोर र पुड्का देखिन्छन । वास्तवमा हामिले संबिधानमा जे जति अधिकार प्राप्त गरेका छौ त्यतिनै अधिकारको बास्तविक रुपमा उपयोग गर्न पाएपनि त्यो अहिलेको सन्दर्भको लागी उपलब्धि नै मान्नु पर्छ।
घरभित्र हुने उत्पिडन, समाजले महिला भएकै कारण गर्ने बिभेद र राज्यले महिलालाई हेर्ने दृष्टिकोण यि सबै प्रकारका समस्या हरुलाई सम्बोधन गर्ने माध्यम भनेको राजनिती हो । राजनितीले आफ्नो अधिकार प्राप्त गर्न संघर्ष गर्न सिकाउँछ।त्यसखालका संघर्ष लाई संस्थागत बनाउनु र शासकहरुलाई त्यस्ता अधिकार दिलाउन बाध्य पार्न राजनिती र राजनैतिक पार्टिहरुले सहयोग पुर्याईरहेका हुन्छन। यसरी एउटा महिला आफ्नो अधिकार प्राप्तीको आन्दोलन र समग्र महिला मुक्तीको लागी राजनितीमा लाग्नु र राजनैतिक पार्टिमा लाग्नु स्वभाविक मात्र नभएर आवश्यक पनि रहेको देखिन्छ ।
महिलाले पाउनुपर्ने त्यस्ता हक र अधिकारको राज्य र शासक बिरुद्वको आन्दोलन र संघर्षमा साथ सहयोग र समर्थन गर्ने पार्टिहरुले पार्टि भित्र भने कस्तो खालको संस्कार वातावरण र ब्यवहारको अवस्था शिर्जना गरेका हुन्छन त !!यो भने महत्वपूर्ण कुरा हो ।
समाजमा महिलामाथी अझैपनि कैयौ प्रकारका बिभेदहरु छन् यो लुकेको कुरा होईन । तर पार्टिहरु भित्र पनि महिला माथी ठुलो बिभेद छ । यो कुरा भने लुकाईएको कुरा हो । यो लुकाईएको कुरा जुन छ यो महिला माथीको ज्यदतिर चरम प्रकारको शोषण हो ।यो सामान्य बिषय होईन र यसलाई सामान्य ठानिनु पनि हुंदैन।किनभने राजनितीले महिला माथी हुने बिभेद र अधिकार प्राप्तीको संघर्ष लाई नेतृत्व गर्दछ।यदि त्यहि ठांउमा महिला माथि महिला भएकै कारण विभेद हुन्छ भने त्यो गम्भीर र आपत्तिजनक बिषय हो र छ ।
राजनैतिक रुपमा हामिले सामन्तहरुलाई फाल्यौ तर पार्टिभित्र अहिले पनि सामन्त हरु छन्। देशमा सबै खालका विभेद र शोषणहरु विरुद्वको आन्दोलनलाई छेड्यौं तर पार्टिभित्र अहिलेपनि बिभेद र शोषणहरु छन्। पार्टिहरु भित्रका सामन्त र शोषकहरुले अहिले पनि पार्टिभित्रका महिलाहरुलाई कुनै व कुनै रुपमा शोषण र बिभेद गरिनै रहेका छन र हुन्छन।
कुनैपनि महिलाले आफ्नो परिवार र समाजलाई छोडेर राजनैतिक पार्टिमा आउनुनै कम चुनौती पुर्ण काम अवश्य होईन ।यस शिलशिलामा नै महिलामाथी कैयौं गम्भिर प्रकारका समस्याहरु देखिएका हुन्छन । सबैको “चित्त बुझाएर” वा “विद्रोह” गरेर राजनितीमा आउनु पर्दछ । कुनैपनि पार्टि भित्र आईसकेपछि महिला संगठनको जिम्मेवारी वाहेक अन्य जिम्मेवारी पाउनु मुस्किल जस्तै हुन्छ । समान खालको हैसियत भएको पुरुष नेता र महिला नेताको पद र कामको जिम्मेवारी बांढफांडमा नै महिलालाई पछि पारिन्छ । यदि महिलाहरुको यदि महिलाहरुको सहभागिता भईनै हाल्यो भनेपनि बैठकको कोरम पुर्याउन, समावेशी वनाउनकै लागी प्रयोग गरिन्छ।सह , उप, जस्ता पदहरुमा राखिन्छ र मिटिंग ,बैठक र सभा को शोभा बढाईन्छ ।अन्यथा जिम्मेवारी र नेतृत्वको हिसाबले महिलालाई मुस्किलले दोस्रो बेन्चमा राखिन्छ।
महिला स्वतस्फुर्त राजनितीमा लाग्नु र राजनैतीक नेताको छवि बनाउनु आफैमा निकै जटिल छ । त्यसो त नेता कसैले बनाउने होईन आन्दोलन र संघर्षको वीचमा जनताबाट छानिने कुरा हो तर पनि पनि जिम्मेवारी प्रदान गर्ने पार्टिले नै हो ।यस सन्दर्भमा पनि महिलामाथी कैयौं प्रश्नहरु उठ्ने गर्दछन।संयोगवस् नेतृत्वमा पुगेका महिलाहरुलाई पनि उनिहरुको नेतृत्व स्थापित गर्नुको सट्टा उनिहरु बिरुद्व कैयौ प्रहारहरु गरिन्छ। प्रहारको शृंगखला यति धेरै अप्रिय हुन्छ की महिलाको चरित्र संग लगेर जोडिन्छ र कम्जोर बनाउने प्रयास गरिन्छ। यसखालका कैयौ नमिठा उदाहरण हरु हामिसंग छन्।जस्तोकी नेकपा(एमाले) की तत्कालीन नेतृ बिधादेवी भण्डारी । यो नाम एमालेको राजनिती फांट मा यति धेरै स्थापित नाम हो कि उनलाई चिनाउन कुनै मदन भण्डारीलाई जोड्नु पर्दैन ।तर पार्टि भित्र वा बाहिर उनलाई खुईल्याउन यतिधेरै प्रयासहरु हुन्छनकी त्यसको कुनै हद नै छैन। केहि बर्ष पहिले काठ्माण्डौको एउटा आन्दोलनमा उनी बरुद्ध नारा बनाईयो — “विध्या तेरो सिन्दुर खोई, के पी वलि तेरो पोई” एउटी महिला नेतृत्वको बिरुद्ध निकै नै अमर्यादित र लज्जाजनक अपमान गरेर सिध्याउने प्रयास गरिन्छ ।गत निर्वाचनको सन्दर्भमा रा ज मो नेता दुर्गा पौडेलको उम्मेदवारी बिरुद्धमा पनि त्यस खालका केहि लज्जास्पद दृश्यहरु देखिए। जस्तो की दुर्गा पौडेल मोहन विक्रमकी श्रिमती भएको र श्रिमती भएकै कारण उम्मेदवार पाएको भनेर कैयौ मिडियाले लेखे । कतिपयले उनको ब्यक्तिगत चरित्र हत्या गरे । तर यी दुबै नेतृले कठोर संघर्ष गरे र विधा राष्ट्रपति भईन र दुर्गा ले प्युठानको चुनाव जितिन । यी नेतृ राष्ट्रपति या सांसद हुनु अगाडी पार्टी भित्र र बाहिरका शोषकहरुले उनिहरुको जीवन राजनितीमा सकिएको देखेनन।उनिहरुको बलिदानी पुर्ण संघर्ष र सिंगो पार्टी भित्रको जिवन देखेनन ।देखे त केबल एक विधवा र अर्कि मोहन विक्रमकी श्रिमती।
यस्तै राजनिती भित्रको भेद र अपमानको शिकार बनेकी महिला हुन नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद भट्टराईकी सहयोगी अमिता कपाली । उनले पनि हदभन्दा पनि कैयौ तल्लो स्तरको अपमान सहनु परेको छ । यस्तै उदाहरण स्थानीय तह निर्वाचनको सन्दर्भमा नेकपा माओवादी केन्द्र की नेता रेणु दाहालको पनि छ । होला निर्वाचनको सन्दर्भमा जे जती गतिबिधी भयो त्यो सहि र गलत जे सुकै होला तर उनी प्रचन्ड पुत्री भएको भनेर उनी बिरुद्व यति धेरै प्रहार खेप्नु पर्योकी उनको सामान्य चरित्रको पनि ख्याल गरिएन तर उनि अहिले चितवनको मेयर हुन् ।यसरी एउटा महिला कुन पार्टीमा छन् या उनले कस्तो विचारको प्रतिनिधित्व गर्छिन भन्ने कुरा एउटा बिषय होला तर आफुलाई देश र जनताको मुक्तिको निम्ती संघर्ष गरेका भन्ने पार्टिहरुले महिला नेतृ माथी गरेका भेद हरु वास्तवमा नन्दनिय हुन । उनीहरुमाथी रखिने दृष्टिकोण ,गरिने ब्यवहार साच्चैनै लज्जाजनक छन्।कार्यस्थल तथा पार्टि कामका सन्दर्भ मा गरिने बिभेद र ब्यवहारहरु उनिहरुको ब्यक्तिग जिवन र उनिहरुको संवेदनशील परिस्थितीको थोरै पनि ख्याल नराखी महिलाको राजनैतिक जिवन नै समाप्त पार्ने नियतहरु अझैपनि यत्र तत्र पार्टिहरु भित्र छन् ।कुनै न कुनै अंकुश लगाएर, अनेक हर्कत देखाएर कमजोर बनाउन अनेकौं प्रयास गर्ने र सिद्ध्याउने खेल यो गम्भिर प्रकारको समस्या हो ।यस खालका नियत विरुद्ध पार्टिभित्र संघर्ष गर्नु र कुनैपनि हालतमा स्थापित हुनु अबको महिला नेतृत्वको भूमिका रहनु पर्दछ । लेेेखक अखिल छैटौंको निबर्तमान केन्द्रिय सदस्य हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal