शुक्रबार, चैत्र १६, २०८०

कमिसन खोरि र सरकारले दुई डलर पर्ने खोप ६ डलरमा पनि ल्याउन न सक्नु दु:खद

 

सोभाराम न्यौपाने (हरियाली )

कोरोना खोप सरकारले २ डलर कमिसन थप गरी ६ डलरमा लिने कुरा भएको तर त्यस भित्रका कमिसन खोरीहरुमै कुरा नमिलेर खोप नलिएको कुरा बुझियो।

हिजो भगवान कोइरालाका कुरा सुनियो दुई डोज खोप लगायको छ भने मृत्यु हुने डर करिब शून्य % हुन्छ भन्ने सुनियो। हामी हिन्दु संस्कारी हौ यहाँ पशुपतिनाथ पनि हुनुहुन्छ। सरकार, तिमी भन्दा हाम्रो रक्षा गर्ने अर्को को छ? हामिलाइ सिकाइदिनु पर्यो मैले धेरै पटक नियालेर हेरे तर कहिँ कतै भेटेन तिमिनै रहेछौ, किनकी जनताबाट ताल न बेतालको कर लिएर तिमी मस्तिमा रमायका छौ।तिमलाइ लाज, सरम नैतिकता केहो सामन्य मानिसमा हुने जति पनि देखिएन। तिम्रो सबै समय जाल, झेल, भ्रष्टाचार, कुर्सीको खेल यो भन्दा बढी? सामन्य नागरिकले पनि तिम्रो प्रगति देख्न सकेनन। आज जनताको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको हो तर सरकार कहिल्यै सिरिएस भएको पाइएन।सरकार सिरियस केवल सिरियस भयौत भ्रष्टाचार, कमिसन र कुर्सीका लागि मात्र !! अब अति भयो सरकार मर्न ती कमिसन खोरी पर्दथ्यो तर मर्दैनन किनकी दुई डोज पहिला तिनै कमिसन खोरिहरुले कोरोना सुइ लगाएका छौ।

यो चित्कार सुन्न नसक्ने सरकारको हामिलाइ कुनै आसा छैन, हामी बाट लाखौ लाख कर लगेर मस्ति गर्ने हरु संङ्ग सङ्ग मेरो एउटै माग छ हामी आफै किनेर लगाउछौ तर पाउनु पर्‍यो ।

मैले आम नागरिकको जीवनको भिख मागे सरकार हामी सबैलाइ बाच्न पाउने अधिकारबाट बन्चित नगर्, बाच्न दे, जन्ता रहे भनि न अलि धेरै कमिशन, भ्रष्टाचार गरौला यो मेरो अनुरोध हो।
सरकार मस्त निद्रामा सुतेको अवस्थामा अब हामी नेपाली भगवान भरोसा बाच्नुपर्ने अवस्था आयो ।

जय पसुपतिनाथ हामी तिम्रो शरणमा छौ रक्षा गर सबै आशा मरे अब तिम्रो शरणमा मात्र भयो सरकारको गलत रवैया छिटो सुधार होस।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal