शनिबार, साउन १२, २०८१

गण्डकी प्रदेश र रास्टिय जनमाेर्चा

बिचार/ रबि पाैडेल

रास्टिय राजनीति मा प्रधानमन्त्री केपि शर्मा अाेलि ले प्रतिगमनकारी ,बलमिच्याइ गर्दै सबै कानुनि अखडा हरु अाफ्नाे हातमा लिने प्रयत्न गरे ।गत पाैष ५ गते संसद नै भंग गर्न पुगे ।ईतिहास मा प्राप्त संविधान ,गणतन्त्र र धर्मनिरेपक्षता धरापमा पर्ने डर उत्पन्न भयाे ।भारतिय रअ ,रअ का प्रतिनिधि हरु सामन्त गाेयल जस्ता दक्षिण का बादसाह हरु लगातार प्रधानमन्त्री लाई भेट्ने र मनाउने ,किन्ने ,सल्लाह दिने गर्न थाले ,यता देशिय प्रतिक्रिया बादि शक्ति राज ज्ञानेन्द्र शाहले पनि प्रधानमन्त्री केपि अाेलि काे गुनगान गाउन थाले ।राजाबादि प्रदर्शनी हरु बन्द भए ।प्रधानमन्त्री केपि अाेलि काे समर्थन राजाबादि हरुले पनि गरे ।यथार्थ दृश्य यहि थियाे ।
जब प्रतिगमन लाई परास्त गर्न सबै दलहरु एक ठाउमा अाए रास्टिय जनमाेर्चा पनि ती दलहरू सँगै मिल्न गयाे ।केन्द्र मा प्रधानमन्त्री केपि शर्मा अाेलि लाई दिएको समर्थन फिर्ता लिने काम गर्याे ।याे यथार्थता थियाे ।
त्यसको असर प्रदेश सरकार हरु मा पनि पर्न जान्थ्यो ,७ प्रदेश मा ६ वटा प्रदेश सरकार एकीकृत पार्टि का थियाे नेपाल कम्युनिस्ट पार्टी ,माअाेवादि र एमाले मिलेर बनेको पार्टी हाे ।संसद सर्बोच्च अदालत ले राजनीतिक शक्ति हरुले भने झै पुनःस्थापन काे पक्षमा फैसला सुनायाे ।संसद पुनःस्थापन संगै ने क पा माअाेबादि र एमाले काे पार्टी एकता पनि भंग गरिदियाे ।याे अदालत काे अधिकार थिएन ,अदालतले त्यसरि पार्टी फाेर्ने निर्णय गरेको याे पहिलो घटना हाे ।प्रधानमन्त्री केपि शर्मा अाेलि ,रअ र सामन्त गाेएल काे याेजना लगानि ,माअाेबादि लाई महङ्गो पर्न गयाे ।अाेलि काे दम्भ ले काम गर्याे ।
अब तितरबितर भएको पुर्व नेकपा माअनेवादि ,प्रतिपक्ष नेपाली काङ्ग्रेस र जसपा काे गठबन्धन सरकार बन्ने हल्ला पनि अायाे ।हाेमाेर्क पनि गरिए ,अाखिर फुट्नै लागेकाे एमाले लाई प्रधानमन्त्री अाेलिले हरियो घाँस देखाएर ,पार्टी फुट्न बाट जाेगाए ।सहमति बन्यो र पुन अाेलि ले ४३ अाै प्रधानमन्त्री काे सफत खाए ।
यता प्रदेश सरकार हरुमा लुम्बिनी र गण्डकी मा संबिधान बिपरि सरकार गठन गरेको अाराेप अायाे ,उतिखेरै ,राजिनामा र उतिखेरै पुन उहीँ ब्यक्ति प्रदेश मन्त्री ! यसरी बहुदलीय ब्यबस्था काे संसदीय खेल हरु भईरहेका कै थिए र छन ।
गण्डकी प्रदेश :
गण्डकी प्रदेश मा रास्टिय जनमाेर्चा काे तीन मत निर्णायक बन्न गयाे ।जनमाेर्चा ले जता भाेट गर्छ त्यसैले सरकार गठन गर्ने मा पक्का थियाे ।मतदान हुने दिन एकजना जनमाेर्चा का सांसद बिरामी भए ,मतदान हुन सकेन ।माउ पार्टी नेकपा मसाल ले केन्द्र मा अाेलि सरकार लाई दिएको समर्थन फिर्ता सँग गण्डकी प्रदेश मा पनि त्यो नीति लागू हुने निर्णय गर्याे ।याे पार्टीको नीति र बटम लाईन थियाे ।तर तीन जना मध्ये संसदिय दल का नेता समेत रहेका माननीय सांसद कृण्णा थापा ज्यु ले एमाले पृथ्वी सुब्बा गुरुङ काे नेतृत्व मा बनेको सरकार ढाल्न हुन्न भन्ने जिकिर गरे ।केन्द्रीय महासचिव मनाेज भट्ट काे उपस्थिति मा र स्वयम् संसदीय दलका नेता कृष्ण थापाको अध्यक्ष्ातामा मा बसेकाे बैठक ले असम्बैधानिक सरकार काे बिपक्ष मा हस्ताक्षर गर्ने निर्णय भएको थियाे ।साथै रास्टिय जनमाेर्चा जिल्ला अध्यक्ष अमर थापाले पनि पार्टी ले स्थानीय भुमिका नहेरी निर्णय गरे पनि,मतदान काे पक्ष मा नै हाम्रा तीन सांसद हरुले भाेट दिने जिकिर सम्म अन्तरबार्ता मा गरेका थिए ।तर अन्तिम निर्णय मा कामरेड कृष्ण थापा ले हस्ताक्षर गर्नु भए न ,यसको मतलब अाफ्नाे अध्यक्ष्ातामा बसेकाे बैठक काे नीति बिपरि जानू भयाे ।साथै केन्द्रीय निर्णय काे बर्खिलाप मत प्रकट गर्नु भयाे ।त्यसकारण ले ,माअाेबादि ,काङ्ग्रेस र जसपा काे गठबन्धन सरकार गण्डकी प्रदेश मा फेल भयाे ।दल काे हिसाब मा ठुलो दल नेकपा एमाले भएको कारण पुनः गण्डकी प्रदेश मा पृथ्वी शुब्बा नै मुख्य मन्त्र बने अर्थात एमाले कै सरकार गठन भयाे ।
बागलुङ मा काङ्ग्रेस र जनमाेर्चा काे पानी बाराबार काे स्थिति अझै छ ।२०४८ साल माघ १ गते कुस्मिशेरा जैमनिघाट हत्या काण्ड भयाे ।नेकपा मसाल र जनमाेर्चा समर्थित २४ जना नेता तथा कार्यकर्ता लाई जिउँदै पाेल्ने ,पैतला चिरि नुन खुर्सानी लगाई अागाे लगाउने ,यातना दिने ,मुखमा पिसाब फेरिदिने काम अमानवीय तरिका का गतिविधि तात्कालिन नेपाली काङ्ग्रेस का गिरिजाप्रसाद काेइराला र गृहमन्त्री खुम बहादुर थापाले बागलुङ मा मसाल सखाप पार्ने हेतु दमन गरे ।
२०५३ मा बागलुङ कै ढाेरपाटन मा नेपाली काङ्ग्रेस का शुभचिन्तक टेक बहादुर घर्ती काे मृत्यु हुन्छ ।यहि माैका छाेपि राजमाे का दुई दर्जन कार्यकर्ता लाई फसाउने खेल खेल्छ नेपाली काङ्ग्रेस
२०५४ साल काे स्थानीय चुनाव मा पैयुं थंथापका टीका थापा माथि अाक्रमण हुन्छ जनमाेर्चा गाबिस अध्यक्ष टीका थापा काे छाति फाेरेर मुटु बाहिर निकालिन्छ तर काङ्ग्रेस का युवाहरु सम्मिलित याे घटना मा मुद्दा दर्ता समेत हुदैन ।

बल्लेधुरि घटना यहि साल फागुपुर्णिमा काे दिन दुई जना काे ज्यान जाने गरि भएको झडप मा १५ जना गिरफ्तार गरियाे त्यहाँ पनि दाउरा घाँस गर्न गएका ४ जना राजमाे कार्यकर्ता लाई फसाउने याेजना नेपाली काङ्ग्रेस ले गरेको छ ।

२०५६ काे संसदीय चुनाव र २०६४ काे संबिधान सभाको चुनाब मा समेत राजमाे जिल्ला अध्यक्ष अमर थापा कै गाउमा घटना घट्छ अपहरण घटना मा ,अमर थापा का भाइ र छाेरा समेत २२ जना काे मुद्दा अझै सर्वोच्च मा रहेको छ ।२०७० साल काे चुनाब मा बाग्लुङ काे गाबिस जैदि र पैयुं थंथाप मा पनि घटना घट्न पुग्छ ,त्यहाँ पनि जनमाेर्चा का साथिहरु फसाउने काम नेपाली काङ्ग्रेस ले गर्न छाेडेन ।यसकारण बागलुङ मा काङ्ग्रेस र जनमाेर्चा बिच नराम्रो बाताबरण बनेको छ ।यतिमात्र हाेईन बागलुङ मा कर्मचारी क्षेत्र मा पनि काङ्ग्रेस काे एकछत्र छ ।

त्यतिमात्र हाेई २०४२ साल मा सर्कुवा काे छात्रबास मा जैदि बाेर का महेन्द्र अाचार्य लगायत दर्जनाै बिध्यार्थिहरु लाई मरणासन्न हुने गरि गरिएको कुटपिट खुकुरि प्रहाण सिस्नुकाे गाँजमा फ्याकिएको घटाना र ठिक त्यसैकाे १० बर्ष पछि २०५२ सालमा बिध्यार्थि दिवस का दिन घटाएको माईक काण्ड, र हामी हरु माथि अाक्रमण गर्ने प्रयास ,म स्वयम् याे घटना बाट पिडित थिए ।यश घटनाको कारण सर्कुवा माबि का काङ्ग्रेस समर्थक शिक्षक ईन्द्र लाई अपहरण गरि तीन दिन सम्म जैदि राङखानि काे सङगम ब्याडथला मा थुनेर राख्नु परेको थियाे ।पछि छलफल भयाे र जिल्ला मा कामरेड चित्रबहादुर केसि जि हरुले पहल गरि नेबिसङले लुटेको हाम्रो माइक पाहिका बिध्यार्थिहरु काे हाते माईक वापिस गर्ने काम भएको घटना अहिले पनि ताजै छ ।यसरी नेपाली काङ्ग्रेस ले पटकपटक सताउने गरेको कुरा साँचाे हाे ।लुकाएर पनि लुक्द‌ैन ।

अरु पनि कैंयु घटना हरु छन जुन मिडिया मा अझै अाइपुगेका छैनन ।अथवा हामीलाई थाहा नभए का अरु पनि थुप्रै घटना हुन सक्छन ।यसकाे लागि बागलुङ मा काङ्ग्रेस र माअाेवादि पिडित जनमाेर्चा भनेर खाेज गर्नु पर्ने हुन्छ ।

महाकाली सन्धि एमाले ले स०सद बाट पारित गर्दा त्यसको बिरुद्ध अखिल छैठौं ले राखेको नेपाल बन्द कार्यक्रम मा पनि सर्कुवा मा नेविसंघ का साथिहरुले हाम्रो नेपाल बन्द सफल भइसके पछि ,सर्कुवा मावि काे अफिस मा तीन दिन सम्म चापि लगाउने काम गरे ।अाखिर अखिल छैठौं का बिध्यार्थिहरु बिच बार्ता भयाे र नेबिसङले गल्ती गरेको स्विकार्दै चापि खाेल्न बाध्य भएको घटना स्मरण मा ताजै छ ।

त्यसाे त जनयुद्ध ताका माअाेबादि पार्टी ले पनि मसाल र जनमाेर्चा माथि साँघातिक अाक्रमण गरेकै हाे ,गाैरिस्वर पाण्डे र सा०सद परिथापा काे परिवार माथि काे अाक्रमण लगायत का दर्जनाै घटना माअाेबादिले घटाएका हुन ।चन्दा ,खान नदिएको भरमा दिएका चुनाैति र अाक्रमण ,अपहरण कम पिडादायि छ‌न ?
अब रास्टिय राजनीति मा नेपाली काङ्ग्रेस र एमाले मा कुनै फरक छैन ,रास्टघात ,सन्धि सम्झौता ,भस्टाचार ,कमिशन भागबन्डा र मिलेर खाएको स्थिति हाे ।देश बर्वाद गर्ने मा एमाले र माअाेबादि मा खासै फरक छैन ।तर पनि मसाल ले कम्युनिस्ट काे नाताले माअाेबादिलाइ मित्रशक्ति मान्दै अाएकाे छ ।
अब गण्डकी प्रदेश मा काङ्ग्रेस र एमाले लाई भाेट दिनु एउटै हाे ।चुनाव लाई कार्यनीति रुपमा प्रयोग गरेपछि र तात्कालिक परिस्थिति अनुशार कार्यनीति बदलिने हुनाले ।पार्टीको नीति नै मुख्य हुन्छ ।तात्कालिक अबस्थामा गण्डकी मा नेपाली काङ्ग्रेस लाई तीन भाेट दिनु भनेको मसाल र रास्टिय जनमाेर्चा सखाप हुनु ,बिग्रनु र गन्हाउनु हाे भन्ने धारण गलत छ ।याे अस्थाई समर्थन थियाे ।

बागलुङ मा ठुलाे याेगदान र बलिदान पार्टी काे हितमा नै हुने गरेको इतिहास हाे ।जहाँ सम्म माथिका विभिन्न कारण हरु ले गर्दा नेपाली काङ्ग्रेस लाई सरकार बनाउन दिनु गलत थियाे भन्ने धारण एक हद सम्म ठिक हाेला ।तर हामी पार्टी का क्यान्डिडेट हाै भन्ने पनि ख्याल गर्नुपर्छ भन्ने लाग्छ ।पार्टी सङगठन ले मानाै एकछिन लाई गलत निर्णय गरेपनि पार्टी अनुशासन मा अा,्ना फरक मत राख्दै त्यो निर्णय तत्काल लाई मान्नु पर्छ ।याे नै अनुशासन हाे ।पार्टी मा देखिएको दुई लाइन काे सङघर्ष र अल्पमत र महुमत काे धाक ले रास्टिय जनमाेर्चा लाई थला पारेको अनुमान हुन्छ तर याे स्थाइ हाेईन ।दिर्घकालिन रुपमा पार्टी काे नीति नै सहि मान्नुपर्ने हुन्छ ।कतै हावा लागेकाे र रुख ढलेकाे अनुभव भएको छ गण्डकी प्रदेश काे राजमाे बाताबरण ले । बागलुङ मा वा गण्डकी प्रदेश काे बिषयलाइ तिएर ,सङगठन मा मत बिभाजन गर्नु गलत हुन्
अब एकछिन बिचार गराै ।के हामीले अझै पनि पानी बाराबार काे स्थिति चाहेका हाै ? काङ्ग्रेस काे छाेराेछाेरि काङ्ग्रेस नै र राजमाेका छाेराछाेरि राजमाे नै हाेलान त ? अहिले काे नवयुवा ले प्रगति चाहेको छ या बिगतकाे काङ्ग्रेस ले बिगारेको स्थिति लाई सुधार्न चाहेको छ ? असल त के हुन्थ्यो भने अाज हिजकाे स्थित नअाअाेस ,काङ्ग्रेस सुध्रेर जाअाेस भनेर उनिहरु लाई गलत दिशामा जान बाट राेक्ने र उनिहरु हाम्रो अघि झुक्ने स्थिति बनाउन सक्नु पर्थ्याे ? के राजमाे ले त्यसरी काम गर्न सकेको छ ? गत स्थानीय चुनाब मा गाबिस काे चुनाव मा मसाल ले भाटे कार्यबाहि गरेको अाराेप पनि त हामीले झेलिरहेका छाै ! बाग्लुङ मा काङ्ग्रेस लाई पछि पार्न त ,मसाल ले वा राजमाे ले त फुटेर पार्टी काे निति उल्लङघन गरेर हाेइन ।जुटेर र मिलेर काम गर्नुपर्ने हुन्छ ।तर बाताबरण धमिलाएर अाखिर काङ्ग्रेस लाई नै फाइदा हुने काम हामीले कतै गर्न लागेका त छैनाै ? हाम्रो नीति सिद्धान्त ठिक हुदाहुदै पनि हामी यदि पछि परेका छाै भने यस्तै गण्डकी प्रदेश मा राजमाे ले गरेका गतिविधि ले नै पछि परेका छाै भन्ने अाधार छ ।
हामी के कुरामा पनि स्पस्ट हुनुपर्छ भने तात्कालिक कार्यनीति क्षणिक हुन्छ ,दिर्घकालिन कार्यनीति दिर्घकालिन नै हुन्छ ।सरकार मा जाने नीति खुला गर्नु काे मतलम संसदीय ब्यबस्थालाइ पनि उपयोग गर्दै अाफ्ना रणनीति अघि बडाउनु हाे ।उपयोग काे मतलब सकिने ,हराउने ,मासिने हाेइन ।अहिले काे पुंजिबादि ब्यबस्था मा पार्टी र जनताको मनाेबल क्रान्ति काे फेदीमा हाेमिने बाताबरण पनि नभएको र रास्टिय अन्तर्राष्ट्रिय परिस्थिति पनि नमिल्ने हुनाले संसदीय ब्यबस्थामा सरकार मा जानू अस्थायी कुरा हुन्छ ।यसैलाई एउटा प्रपाेकाण्ड बनाइ छदमभेसि रुपमा प्रस्तुत हुने र पानी धमिलाइ माछा मार्ने काम पार्टी पंक्ति बाट किन हुन्छ ।यसले शुभचिन्तक हरु मा भ्रम छरिरहेकाे छ ।बागलुङ वा गण्डकी प्रदेश मा यस्तो अराजकता काे स्थिति अाउनु दुख काे कुरा हाे ।पार्टी ,सङगठन र अाम शुभचिन्तक हरु लाई घाटा हुने कुरा हाे ।यसरी मत बिभाजन हुदा हिजका तिनै अाक्रमणकारि वा रास्टघाति हरुलाइ नै फाइदा हुनेछ ।त्यसकारण पार्टीको नीति बिपरित हाेइन ।पार्टी काे नीति र सिद्धान्त लाई अाधार मानाै दुरि घटाअाै ,अभिमत हरु सहि ठाउमा प्रयोग गराै ।जनता जगाअाै ,रास्टघाति ,हत्यारा र दुस्मन हरुलाइ डाडो कटाउँ।बाग्लुङ जिल्ला लालकिल्ला बनाउने सङकल्प गराै ।

( नाेट : लेखक का निजि बिचार )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal