आइतवार, असार ३, २०८१

वर्ग संघर्षकाे सिद्धान्त :जनक बिसि

सम्पुर्ण सामाजिक सम्बन्धहरुकाे अभिब्यक्तिकाे माद्यम मानिस नै हाे।अत:उत्पादन शक्तिहरु र उत्पादन सम्बन्धका बिराेधि प्रवृद्धिहरुकाे बिच संघर्ष पनि समाजमा विभिन्न वर्गहरुकाे संघर्षकाे रुपमा नै ब्यक्त हुने गर्दछ। उत्पादनका तरिकामा परिवर्तन उपस्थित हुनासाथै समाजमा नयाँ वर्गहरु पनि उत्पन्न हुन जान्छन्।यस प्रकारका वर्गहरुकाे साेझाे सम्बन्ध उत्पादन पद्धति वा समाजकाे आर्थिक आधासँग हुन्छ।इतिहासकाे ब्याख्या गर्नकाे लागि यसै कुराहरूलाई अरु स्पस्ट पार्दै हामी के भन्न सक्दछाै भने मानिसका कीर्तिहरुले नै इतिहासकाे निर्माण गर्दछन।कर्म इच्छाहरु द्वारा संन्चालित हुन्छ।इच्छाहरु बिचारहरुकाे प्रतिरुप हुन, बिचार मानिसका ती सामाजिक परिस्थितिहरुकाे नै प्रतिविम्ब हाे, जस अन्र्तगत उ रहने गर्दछ र जसले उसलाई प्रतेक समयमा घेरिरहेकाे हुन्छ।सामाजिक परिस्थितिहरु उत्पादन पद्धति अथवा आर्थिक परिस्थितिहरु द्वारा निर्धारित हुन्छन्।आर्थिक परिस्थितिहरुले नै समाजमा विभिन्न वर्गहरु र तिनका संघर्षहरुकाे स्वरुप निर्धारित गर्दछन।अत:इतिहास ब्याख्याकाे लागि आर्थिक परिस्थितिहरुमा आधारित वर्ग संघर्षकाे ब्याख्या पनि आवश्यक हुन जान्छ।इतिहासकाे अद्दयनबाट वर्गसंघर्षकाे यसै महत्त्वलाई प्रतिपादन गर्दै एगेल्सले लेखेका छन ” आधुनिक इतिहासमा कम्तिमा के पनि सिद्ध भइसकेको छ भने सम्पुर्ण राजनीति संघर्ष वास्तवमा वर्गसंघर्ष नै हाे।स्वतन्त्रताकाे लागि पाइला चाल्ने वर्गहरुकाे याे सम्पुर्ण संघर्ष आफ्नो विशिष्ट राजनीतिक स्वरुपलाई राख्दाराख्दै पनि प्रत्येक वर्गसंघर्ष एक राजनीतिक संघर्ष हाे र अन्तत: आर्थिक स्वतन्त्रताकाे विषयवस्तुसँग जाेडिएकाे छ ।”
द्वन्दवादकाे नियय अनुसार कुनै पनि सामाजिक ब्यवस्थाकाे आन्तरिक असङगतिहरुसँग परिचित हुनका लागि सबै भन्दा पहिले हामीले त्यसकाे वर्गसंघर्षतिर ध्यान दिनु जरुरी छ किनभने वर्गसंघर्ष नै सामाजिक असङगतिहरुकाे अभिब्यक्तिकाे प्रमुख माद्दम हाे।यसबाट हामी के संकेत पनि पाउछाै भने जुन सामाजिक ब्यवस्थामा उत्पादन सम्बन्धि असङगतिहरु हुदैनन त्यसमा कुनै प्रकारकाे वर्गसंघर्ष पनि हुदैनन्,उदाहरणका लागि हामी आदिम युगलाई लिन सक्दछाै जसमा कुनै प्रकारकाे ब्यक्तिगत सम्मतिकाे भावना नै थिएन।उत्पादन पद्धति सामुहिक थियाे र उत्पादित वस्तुहरुकाे उपभाेग पनि सामुहिक रूपमा नै हुने गर्द थियो।अर्थात कबिला समाजका मानिसहरु जीवन निर्वाहाका लागि मिलिजुली जे जति ल्याउथे उसको उपभाग पनि सबै मानिसहरु विना कुनै भेदभाव आवश्यकता अनुसार मिलिजुली गर्दथे। यसैले एगेल्सले यश ब्यवस्थालाई ” आदिम साम्यवाद ” भनेका छन।यसबाट हामी के संकेत पनि पाउछाै भने उत्पादन पद्धतिमा अर्न्तबिराेध नहुनाले भावि साम्यवादि समाजमा पनि कुनै प्रकारकाे वर्गसंघर्ष हुने छैन।
समाजमा वर्गहरु न त पहिलेदेखि नै थिए न त पछिसम्म नै रहने छन। आदिम समाज ब्यवस्था समाप्त भए पछि समाजमा जब वर्गहरुकाे उदय भयो त्यस बेलादेखि वर्तमान पुँजिवादि ब्यवस्थासम्म कहिले ब्यक्त र कहिले अब्यक्त रुपमा विराेधि वर्गहरु बिचकाे संघर्ष निरन्तर रुपमा चलिरहेको छ।मार्क्स र एगेल्सले आफ्नो प्रसिद्ध घाेषणा पत्रमा लेखेका छन ” स्वतन्त्र मानिस र दास अभिजात वर्ग र साधारण प्रजा सामन्त र तिनका कमारा, शिल्प संघका मालिक र मजदुर कारिगर- सक्षिप्तमा पिडक र पिडित सधैं एक अर्काकाे बिराेध गर्दै आइरहेका छन।ती कहिले छदम त कहिले खुलमखुल्ला लगातार एक अर्कासँग लडिरहेका छन।यस्तो लडाइकाे अन्त्य प्रत्येक चाेटि कि त समाजका सम्पुर्ण ढाँचा परिवर्तनबाट भएको छ कि त लडिरहेका दुवै वर्गहरुकाे बिनाशबाट भएको छ ।”
भनाइकाे अर्थ के हाे भने जसरी उत्पादन पद्धतिमा परिवर्तन देखिरहेको छ त्यसैगरि समय समयमा वर्गहरुकाे स्वरुप त अवस्य फेरिरहेकाे छ तर उनिहरुकाे संघर्षकाे अन्त्य भने हुन सकेको छैन।प्रत्येक सामाजिक क्रान्तिले एकातिर एउटा वर्ग संघर्षकाे समाधान गरेको छ भने त्यहा अर्को तिर उसले अर्को वर्गकाे र अर्को प्रकारकाे संघर्षलाई जन्माएकाे पनि छ दाश ब्यवस्था देखि पुँजीवादि ब्यवस्था सम्म यहि क्रम चलिरहेको छ ।माेटामाेटि रुपमा हेर्दा त हामी प्रत्येक समाजमा अनेक प्रकारका वर्गहरु देख्दछाै , तर मार्क्सवादि धारणा नुसार श्रेणि वा वर्ग हामि तिनै ब्यक्तिहरुकाे समुहहरुलाई भन्न सक्दछाै जसले उत्पादनमा एउटै किसिमका काम गर्दछन र जसकाे आर्थिक अवस्था पनि उस्तै उस्तै हुन्छ। यसप्रकारकाे दृश्टिकाेणले यदि हामी हेर्‍याै भने दाश ब्यवस्था देखि आजसम्म दुईवटा संघर्ष सिल वर्गहरुमात्र देखिन्छन ती हुन एउटा शाेषक वर्ग र अर्को शाेषित वर्ग । आर्थिक अवस्थाका दृश्टिले अरु सम्पुर्ण वर्गहरु यिनै दुई वर्गहरु अन्र्तगत समाहित हुन्छन्।वर्तमान पुँजीवादि ब्यवस्थामा याे बिभाजन झनै बढि तिब्र र स्पस्ट भएको छ जसमा एकातिर थाेरैमात्र पुँजीपतिहरु छन जसका हातमा सम्पुर्ण उत्पादनकाे साधन सामाजिक सम्पतिहरु केन्द्रीत हुदै गइरहेको गैरहेकाे छ अर्कातिर बिसाल जनसमुदाय छन जाे सँग आफ्नो श्रम शक्ति अतिरिक्त अरु केही पनि बाकी छैनन् । यी दुवै वर्गहरुकाे बिचमा अचेल एउटा अर्को वर्ग पनि छ जसलाई मद्धम वर्ग भनिन्छ ।वास्तवमा याे मद्धय वर्ग कुनै स्वतन्त्र वर्ग पनि हाेइन किन भने यसै वर्गका केही मानिसहरु जसलाई कुनै प्रकारकाे धन पार्जनकाे माैका प्राप्त हुन्छ ती सम्पतिशालि भएर शाेषक वर्गसँग मिल्न जाने गर्दछन र अधिकांस ब्यक्ति गरिबी र बेरोजगारिकाे सिकार बनेर सर्वहारा वर्गसँग मिल्न जान्छन् ।
आदिम साम्यवादि ब्यवस्थाकाे वर्गविहिन समाज पछि गएर कसरी वर्गहरुमा विभाजित भयाे यहाँ एउटा मनाेरन्जन इतिहास छ । कबिलामा बस्ने गरेका आरम्भका अर्ध-सव्य मानिससँग काठ र ढुङ्गा बाहेक अरु केही थिएन तर सब्यताका मार्गमा उनिहरु जतिजति अघि बढदै गए उनिहरुले पशुहरु पाल्न,खेती गर्न , धातुका किसिम किसिमका आैजार र भाडाकुडाहरु आदि बनाउन सिके । उत्पादनका यस्ता फेरिदै गरेका तरिकाले समाजकाे स्वरुपलाई पनि फेरि दिए । अलगअलग कबिलाहरु भिन्नाभिन्नै पेशा अपनाउन थाले जिवनका आवश्यकताहरुलाई पूरा गर्नका लागि बिनिमयका रुपमा कबिलाहरुमा वस्तुहरुकाे आदानप्रदान साटासाट पनि हुन थाले किनभने कामको बिभाजन हुन गएकाले कुनै पनि कविला आफ्ना आवश्यकताका सम्पुर्ण वस्तुहरु स्वयम उत्पादन गर्न सक्दैनथे यसकारण बिनिमयकाे सुरुवात भयाे।वस्तुको बढदाे माग पूरा गर्नका लागि उत्पादन र त्यसका लागि बढी परिश्रमकाे पनि आवश्यकता पर्न थाल्यो । यस आवश्यकताकाे परिपुर्ति कबिलाहरु बिचका आपसी लडाइँहरुमा पराजित पक्षका शत्रुहरुलाई कमारा बनाएर र उनिहरुलाई काममा जाेताएर पूरा गर्न थालियो । यश प्रकारकाे सामाजिक कामकाे बिभाजनले समाजलाई दुई वर्गमा बाडि दियाे । एउटा वर्ग ती मानिसहरुकाे थियाे जाे अरुलाई काममा जाेताएर त्यसबाट स्वयम लाभान्वित हुने गर्दथियाे र अर्कोतिर ती मानिसहरु थिए जुन अर्काका निमित्त काम गर्न विभस थिए । एउटा वर्ग शाेषकहरुकाे थियाे र अर्को शाेषितहरुकाे ।यसरी समाजमा वर्गहरुकाे उदय भयाे ।
दास ब्यवस्था देखि वर्तमान पुँजीवादि ब्यवस्था सम्मकाे सम्पुर्ण इतिहास वास्तवमा वर्ग संघर्षकाे इतिहास हाे । मार्क्सवादि धारणा अनुसार बिराेधि वर्गहरुकाे स्थिति समाजका लागि एउटा अभिशाप हाे,जसकाे फलस्वरुप वर्ग संघर्ष गरिरहेका प्रत्येक सामाजिक ब्यवस्था अन्र्तगत अब्यवस्था र अविस्बाँस हिन्सा र कलह दु:ख दरिद्रता उत्पन्न हुनु अवस्यभावि छ । वर्तमान पुँजीवादि ब्यवस्था पनि यस्तै प्रकारकाे छ जस अन्र्तगत आधुनिक समाजका दुई प्रधान वर्गहरु पुँजीपतिहरु र मजदुरहरुकाे संघर्ष अनिवार्य हुन गएको छ । अत: मार्क्संवाद यश प्रकारका वर्गविहिन समाजरुपि साद्दयलाई प्राप्त गर्नका लागि वर्ग संघर्षलाई अनिवार्य साधनका रुपमा स्विकार गर्दछ । सामाजिक दाेषहरुलाई हटाउनका लागि एउटा वर्ग विहिन समाजकाे स्थापनालाई अनिवार्य सम्झन जरुरी छ । मार्क्सवाद वर्गविहिन समाजकाे समर्थक हुदाहुदै पनि वर्ग संघर्षकाे उसकाे वास्तविक स्वरुपमाथि कुनै प्रकारकाे पर्दा खसाल्न उचित सम्झदैन । वर्ग संघर्षलाई घटाएर पुँजीपतिहरुसँग कुनै प्रकारकाे सम्झाैता नै गर्न चाहदैन । यसकाे विपरीत ऊ वर्ग चेतनालाई बढी भन्दा बढी प्रचार गरेर वर्ग संघर्षलाई त्यसकाे अन्तिम परिणामसम्म लैजान चाहन्छ र यसै खाँले वर्ग विहिन समाज प्राप्त गर्नकाे लागि वर्ग संघर्षलाई एउटा अनिवार्य साधनकाे रुपमा स्विकार गर्दछ जसलाई वर्ग संघर्षकाे सिद्धान्त भनिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?