शनिबार, साउन १२, २०८१

नागरिकता सम्बन्धि अध्यादेश र राष्ट्रियतासंग जोडिएको सवाल

 

बिचार /जिबन‌ पराजुली

 

राजनिति एउटा बिचारको लडाइ हो। एस्ले हजारौं लाखौं मानिहरुलाइ एउटै बिचारभित्र गोलबन्द गरेर आफ्ना कार्यक्रमहरु अगाडि बडाइरहेको हुन्छ।हरेक राजनैतिक पार्टीहरुका सबै एउटै बिचारहरु हुदैनन् उनिहरुका आ-आफ्ना छुट्टा छुट्टै बिचारहरु रहेका हुन्छन्। यध्यपी यो छुट्टै बिषय हो कि कुन पार्टीले लिएको बिचार ठिक हो ? कुन पार्टीले लिएको बिचार गलत ? त्यस बारेमा चर्चा गर्नुभन्दापनि मैले याँहा सृप हालै राष्टपतिध्दारा जारि गरिएको “नागरिकता संसोधन अध्यादेश” र हाम्रो देशको राष्ट्रियतासंग जोडिएका केहि बिषयहरुमा संवन्धित रहेर आफ्ना बिचारहरु राख्ने प्रयत्न गर्नेछु ।आज हामि‌ चाहे जुनसुकै पार्टीमा रहेका छौं वा जुनसुकै पार्टी र संगठनको बिचार भित्र गोलबन्द भएका छौं त्यो आफ्नो स्वतंन्त्र बिचार हो।तर जब हाम्रो देश र देशको राष्टियताको सवाल आँउछ तेतिबेला यो कुरा हामिले कहिल्यै भुल्नु हुँदैन कि हामि सबै नेपालि हौं र हाम्रो देश नेपाल हो। हाम्रो देश नेपालको इतिहास हेर्दा हाम्रा पुर्खाहरुले भोक भोकै लडेर आफ्नो प्रार्णाको आहुति दिएर यो देशको अस्तित्व कसरि जोगाएका थिए?यि बिषहरु हामि सबैलाइ अबगत भएकै कुरा हो तर.. हेरौं त आज‌ कति बिडम्बना छ!आज हाम्रो देशको राष्ट्रियता र सार्वभौमिकता माथि जुन प्रकारको संकट देखा परिरहेको छ आखिर एस्को जिम्मेवार को हो ? आजका हामि सम्पुर्ण नेपालिहरुले सोच्नै प्रने बेला आएको छ।बार बार हाम्रो राष्ट्रियता किन एति कमजोर हुने गरेको छ? यो बिषयमा हामिले सोचेनौं भने निष्चित रुपमा भोलि हामिले हाम्रो देशको अस्तित्व गुमाउनुप्रर्ने छ।फिजि र सिक्किम जस्ता देशहरुका उदाहरणहरु हामिले देखिसकेका छौं।नेपलमा बिगत लामो समयदेखि हाम्रा सासकहरुले देशको राष्ट्रियता र सार्वभौमिकतासंग सौदाबाजी गरेर आफ्नो सत्ता टिकाउने गरेको लामै इतिहास रहेको छ चाहे राणहरु हुन् चाहे हिजोका राजा र पंचेहरु हुन् चाहेआजक सासकहरु किन नहुन् यिनिहरुले देशको राष्ट्रियता र सार्वभौमिकताको बारेमा कहिल्यै पनि सोचेनन्। त्यसैको निरन्तरता हो हाल राष्ट्रपतिद्वारा ल्याइएको नागरिकता संवन्धि अध्यादेश। त्यो अध्यादेश भित्र गंम्बिर बिषयहरु रहेकाछन् जस्ले केहि समयभित्र बास्तविक नेपालिहरु अल्पमतमा पार्ने निस्चित छ जुन अध्यादेश लामोसमयसम्म संसदमा बिचाराधिन रहेको थियो त्यो अध्यादेश एस्तो बेलामा एति हतार गरेर किन ल्याइनु पर्यो? एस्को आवश्यकता के थियो? स्पष्ट छ यो अध्यादेश नेपालिहरुलाइ नागरिकता दिन आवश्यक परेर ल्याइयेको होइन यो त आफ्नो सत्ता र कुर्ची जोगाउन लागि र कसैलाइ खुसि पार्नकोलागि ल्याइयेको अध्यादेश हो ।यदि संसद भएको बेलामा एस्लाइ ल्याँउदा पारित गराउन सकिदैन ब्यापक बिरोध हुने भएको हुनाले संसदको हत्या गरेर यो अध्यादेश ल्याइएको हो।हेर त कति बिडम्बना छ! नागरिकता जस्तो बिषयलाइ एति हल्का र फितलो बनाउने ?आखिर हामिले कस्को सेबा गर्न खोजिरहेका छौं ?कस्लाइ खुसि पार्नको लागि ल्याइयो यो अध्यादेश?अरुको स्वार्थकोलागि हामिले हाम्रो देशलाइ फिजि र सिक्किम बन्न दिने ? धिक्कार छ!। नागरिकता नेपालिहरुले पाउनुपर्छ कुनै पनि नेपालिहरु नागरिकता बाट बंचित हुनुहुदैन तर सर्वप्रथम वास्तविक नेपालि को हो? उनिहरुको पहिचान गर्न जरुरी छ नागरिकता संबन्धि दुनियाका भिभिन्न मुलुकहरुमा भिभिन्न प्रकारका प्रावधानहरु रहेका हुनसक्छ।हरेक मुलुकले आफ्नो देशको अवस्थालाइ बिचार गरेर नै त्याहाँ तेस् संवन्धि एेन नियमहरु बनाएको हुन्छ यो जरुरि छैन कि हामिले पनि तेइ बिधि अपनाउनै पर्छ भन्ने। हामिले हाम्रो देशकोलागि कुन खालको व्यवस्था उपयुक्त हुन्छ तेइ प्रकारकारका नियम कानुन बनाउनुपर्छ नकि अरु देशको नियम कस्तो छ भनेर होइन ।हाम्रो जस्तो देश जाहाँ दुइ बिसाल छिमेकीहरु उत्तरतर्फ चिन र दक्षिणतर्फ भारत यि बिसाल जनसंख्या रहेका देसहरुबिच हामि छौं। खासगरि दक्षिणतिर हाम्रो बिसाल छिमेकि भारत रहेको छ जाहाँ तिनतिरबाट हाम्रो सिमानाहरु जोडिएकाछन् खुला सिमानाहरु भएको हुँदा जो कोइपनि कुनैपनि समयमा आवत जावत गर्न बसोवास गर्ने सक्ने आदि कैयौं सुबिधाहरु रहेकाछन्। याहाँ ‘जन्मको आधारमा नागरिकता दिने” बसोबास गरेकै आधारमा नागरिकता दिने प्रावधान छ यो हाम्रो देसको राष्ट्रियताको लागि कति घातक रहेको छ ?जन्मको आधारमा‌ नागरिकता पाउन सक्ने प्रावधान संविधानमा भएपछि एस्को परिणाम के हुन्छ? हामि जो कसैले पनि सजिलैसंग आंकलन गर्न सकिने विषय हो।
छिमेकिसंग हाम्रो सिमा खुला छ कैलाइ सिमा पारि बेथा लाग्यो भने नेपालका सिमा नजिक रहेका अस्पतालहरुमा आएरै भारतीय चेलिहरुले सजिलैसंग आफ्ना सन्तानहरुलाइ जन्म दिन सक्नेछन् यो संखा केहि बर्षमै अत्याधिक बृधि भएर जानेछ एसरि जन्मको आधारमा नागरिकता पाउनेहरुको
संख्या केहि समयमै तिब्र भएर जाने छ यो गंम्बिर बिषय छ तेस्तै बसोबासको आधारमा नागरिकता दिने प्रचलन यो पनि हाम्रो देशकोलागि कति घातक छ?जो लाखौं लाख भारतीय नागरिकहरु नेपालमा बसोबास गर्ने गरेकाछन् तेति मात्रै नभएर हाम्रो तराइ छेत्रमा रहेका नेपालि समुदायहरुसंगको गहिरो संवन्ध छ चेलिबेटि आदान प्रदान प्रायजसोका बिवाहा भारततिरनै हुनेगरेको छ एस्तो गंम्बिर परिस्थितिमा जन्मको आधारमा नागरिकता र बसोबासको आधारमा नागरिकता दिने प्रावधान अत्यन्त्तै घातक देखिन्छ।एस्प्रकारका प्राबधानहरु हामिले हटाएनौं भने देश केइ बर्षभित्र फिजिकरण वा सिक्किमिकरण हुने कुरामा कुनै संखा छैन।आखिर बसोबासकै आधारमा नागरिकता नै किन दिनपर्यो‌ ? एस्का अन्य कुनै उपाएहरु राज्यले अपनाउनपनि सक्छ नि‌ जस्तै कुनै आवासिय पत्रहरु राज्यले वितरण गर्न सक्छ जस्तै भारतमा आधार कार्डको‌ ब्यवस्था रहेको आधारकार्डको माध्यमबाट बैक अकाउन्ट,स्कुल भर्ना,बिजुलि,पानि,ड्राइबिङ लाइसेन आदि जस्ता कैंयौं कामकाजको लागि उपयोगमा ल्याउन सकिने छ ।तर हाम्रो देशमा यि सबै कामको लागि आखिर नागरिकता नै किन?नागरिकता जस्तो बिषयलाइ हामिले किन यति फितलो बनाएकाछौं यो बिषयमा सरकारकोगंम्बिर ध्यान जाओस्
नागरिकता संवन्धि जतिपनि एस्प्रकारका खुकुला प्रावधानहरु रहेका छन् यि सबै खारेज गरिनुपर्छ।यो अध्यादेशको बिरुद्धमा हामि संम्पुर्णन नेपालि नेपालिहरु एक भएर संघर्ष गर्नुपर्छ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal