शनिबार, साउन १२, २०८१

,कथित वक्तव्यको खण्डन” वा अराजकताको प्रकाष्ठा ?

त्रिभुवन भट्टराई
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरुको सामाजिक संगठन हो । यसको स्थापना भारत प्रवासमा छरिएर रहेका नेपालीहरुको हकहित र उनीहरुको संरक्षण गर्ने उदेश्यका साथ गरिएको थियो । यसको स्थापनाकालदेखि नै यसले समाजमा भएका विभिन्न प्रकारका विकृती, विसंगती, अराजकता र टुटफूटको मार खेप्दै आएको छ । यति भनिरहँदा यहाँनेर यो पनि स्पष्ट हुन आवश्यक छ कि एकता समाजको स्थापना ने.क.पा. (मसाल) को नीति तथा कार्यक्रमको जगमा टेकेर नै भएको थियो । हाल पनि सोही नीति र कार्यक्रम अन्तर्गत सञ्चालित रहेको छ । यो विषयमा कसैले लुकाएर पनि लुक्न सक्दैन ।
यतिवेला संगठनभित्रका केही अराजक र निश्कासित व्यक्तिहरुले मूल प्रवाहको विरुद्ध विभिन्न प्रकारका अराजक गतिविधि गर्दै विष लागेको माछा जस्तै रंगतंगिदै हिंडेका छन् । ने.क.पा. (मसाल)को आठौं महाधिवेशनले अस्वीकृत गरिदिएको उनीहरुको त्यो बदनाम प्रस्तावलाई ठाउँठाउँमा पढाउने र भिन्नमतलाई चलखेल गर्न नदिएको भन्ने भद्दा र कपोकल्पित कुरा गर्दै पराजयको रिस सडकमा पोख्दै हिंडिरहेका छन् । देशमा कुनै दैया नचले पछि भारत प्रवासमा मूल प्रवाहका कार्यकर्ताहरुलाई भ्रम छर्नका लागि पार्टी र संगठन मै नभएका व्यक्तिहरुलाई बैठक तथा प्रशिक्षणमा सहभागि गराई मनको लड्डु घ्युसँग खाँदै हिंडेका छन् । सोझा र इमान्दार कार्यकर्ताहरुलाई कल्पनाको लड्डु बाड्दै हिंडेका छन् ।
केही दिन पहिला “कथित बक्तव्यको खण्डन” भन्ने शिर्षकमा एक जना व्यक्ति जो मूल प्रवाहको साधारण सदस्य समेत छैनन्ले वक्तव्य जारि गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका इमान्दार कार्यकर्ताहरुलाई भड्काउने र आफ्नो निहित स्वार्थ पूर्ति गर्ने कोशिस गरेका छन् । सबै भन्दा चकित हुने विषय यो छ कि मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी र महासचिव ठाकुर खनाललाई उनले टिके बताएका छन् । उनले यति धेरै विषयलाई उठाई दिएर आम सर्वसाधरणलाई यो बुझ्न सजिलो पारिदिएका छन् कि उनले (मसाल) को नीति तथा कार्यक्रम मान्दैनन् । जब मसालको नीति तथा कार्यक्रम मान्दैनन् भने उनी कसरी मूल प्रवाहका सदस्य हुन सक्छन् ? यदि मान्दथ्ये भने उनलाई यो हेक्का हुनुपर्ने कि कुनै पनि जनवर्गिय मोर्चाको नेतृत्व पार्टीको प्रस्तावमा नै चयन गरिन्छ । आफूलाई सातौं अखिल भारत सम्मेलनद्वारा निर्वाचित पदाधिकारी बताएर उनले यो पनि विर्सिएका छन् कि मूल प्रवाहको कुनै पनि स्तरको सम्मेलनले सिधै पदाधिकारी चयन गर्दैन । सम्मेलनले त केवल पूर्ण सदस्य र वैकल्पिक सदस्य मात्रै चयन गर्दछ । सातौं अखिल भारत सम्मेलनमा म पनि एउटा क्षेत्रबाट प्रतिनिधित्व गर्ने अवसर पाएको थिएँ । उक्त सम्मेलनले देब बहादुर लामिछाने मात्रै नभएर कसैलाई पनि पदाधिकार चयन गरेको थिएन । सम्मेलनले त केवल समिति चयन गरेको थियो ।
सम्मेलनले चयन गरेको समितिको प्रथम बैठकबाट निर्वाचित अध्यक्ष मित्रलाल शर्माको देहवासन पछि सम्पन्न समितिको चौथो बैठकले दुर्गा बहादुर केसीलाई सर्वसम्मतीमा अध्यक्ष चयन गरेको थियो । जो बैठकको निर्णयमा स्वयं देब बहादुर लामिछाने सहभागि थिए, जसले अहिले पनि आफूलाई सम्मेलनबाट निर्वाचित पदाधिकारी बताउँछन्ले हस्ताक्षर गरेका छन् । त्यस पछिको आठौं र नबौं बैठक छाडेर पाचौं, छैठौं र सातौं बैठकमा देब बहादुर लामिछानेले हस्ताक्षर गरेका छन् । कुनै एकजना साथीले फेसबुकमा लेखेका थिए ः “आफ्नो स्वार्थ पूर्ति हुँदासम्म सबै सहि, आफ्नो स्वार्थपुर्ति हुन छाड्यो भने अरुलाई धारे हात लगाउने संस्कृति भएका मान्छेहरु कम्यूनिष्ट कार्यकर्ता हुन सक्दैनन् ?” देब बहादुर लामिछानेको सवालमा पनि यो भनाई उपयुक्त भएको देखिन्छ । उनले विभिन्न प्रकारको गतिविधिबाट सिंगो संगठनलाई क्षतविक्षत बनाउने योजना र आफ्नो प्रतिशोध साधने कोशिस गरिरहेका छन् । समग्रमा भन्नु पर्दा यो उनको अराजकताको प्रकाष्ठा नै हो ।“……दुई बर्षसम्म देव बहादुर लामिछाने र महेन्द्र बस्याल लगायतका साथीहरू बिरूद्ध नेपालदेखि नै बिभिन्न ब्यक्तिहरूलाई भारतमा मगाएर केन्द्र देखीटोल समितिसम्म मासिक रूपमा दर्जनौं प्रशिक्षण प्याकेजको स्वरूप संचालन गर्नु भयो ।….” लामिछानेले बक्तव्यमा लेखेका छन् । यहाँ यो स्पष्ट हुन्छ कि उनीहरुले दक्षिण भारतमा मूल प्रवाहका कार्यकर्ताहरुलाई संधैभरि अस्पष्ट राख्न चाहन्थे । जब प्रशिक्षण तथा कलासहरु हुन्छन्, संगठनका कार्यकर्ताको चेतनास्तर वृद्धि हुन्छ र गतिविधिमा नजर राख्दछन् । सहि र गलत छुट्टाउन जान्दछन् । देब बहादुर लामिछानेको भनाई अनुसार कार्यकर्तालाई प्रशिक्षित गर्नु नै नेतृत्वको विरुद्धको गतिविधि हुन्छ । यहाँ उनको एकातिर चरम संक्रिणवादले घर गरेको देखिन्छ भने अर्कातिर कार्यकर्तालाई सधंै रैती बनाएर राख्न चाहन्छन् । उनलाई यति पनि हेक्का भएको देखिंदैन कि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेकपा (मसाल) को नेता, कार्यकर्ता उत्पादन गर्ने फ्याट्री हो । जहाँ मजदुरलाई नेता बनाइन्छ, नेतालाई विद्धान बनाईन्छ । जहाँसम्म नेपालबाट मान्छेहरु मगाएर प्रशिक्षण दिए भन्ने विषय हो, त्यो मैले माथि नै लेखिसकेको छु कि, कुनै पनि पार्टीले आफ्नो जनवर्गिय संगठनको क्रियाकलाप एवं कार्यक्रमलाई निरन्तर अध्ययन गरिरहेको हुन्छ । जस अनुसार स्वदेशबाट मसाल वा राजमोका कार्यकर्ताहरु भारतमा आएर मूल प्रवाहका विभिन्न स्थानहरुमा प्रशिक्षण दिने, विभिन्न कार्यक्रमहरुमा मन्तव्य दिने पुरानै कुरा हो, नयाँ होइन । इतिहाँसमा मोहनविक्रम सिंह, चित्र बहादुर केसी, निर्मल लामा जस्ता महान हस्तीहरुले एकता समाजको स्थापना कालदेखि नै विभिन्न स्थानमा पुगि कार्यकर्ताहरुलाई प्रशिक्षत गर्दै आउनु भएको थियो । त्यसरी एकता समाजको जगलाई बलियो बनेको हो । यदि देब बहादुर लामिछानेको जस्तै संकिर्ण सोंच राखेको भए एकता समाजले आज ४४ औं वसन्त पार गर्ने थिएन ।
जहाँसम्मको बैधानिकताको विषय छ, देब बहादुर लामिछाने र महेन्द्र बस्याल लगायतका केहीलाई त २०–२१ मार्च २०२१ मा सम्पन्न नबौं बैठकले नै संगठनको साधारण सदस्य समेत नरहने गरि निश्काशित गरि सकेको थियो । २०२१ जुन ०१ का दिन जारि वक्तव्यलाई आधार बनाएर उनले आफूलाई संगठनको सर्वोपरि बताउने कोशिस गरेका छन् र आफूलाई कसैले कारवाही गर्न नसक्ने समेत बताएका छन् । यति भनिरहँदा उनी यात निरंकुृशवादी चिन्तनमा डुबेको या अराजकतावादको चरम उत्कर्षमा पुगेको व्यक्ति भएको बुझिन्छ । माथिको मितिमा जारि वक्तव्य त केवल सार्वसाधारणमा पर्न गएको अस्पष्टताप्रति नै पुनः प्रकाश पार्नका लागि जारि गरिएको थियो । जब पार्टीले साधारण सदस्य समेत नरहने गरि कुनै पनि सदस्यलाई निश्काशित गर्दछ, त्यसपछि उ जनवर्गिय संगठनको साधारण सदस्य रहेर पनि औचित्यहिन जस्तै हुन्छ । जब यस्तो हो भने समिति वैधानिक र अवैधानिक छुट्टाईदिने व्यक्ति देब बहादुर लामिछाने को हुन्छन् ? यो विषयमा मूल प्रवाहका सम्पूर्ण स्तरका कार्यकर्ताहरु प्रष्ट छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समिति पूर्ण र व्यवस्थित छ । यसका लागि कसैलाई भ्रमित पारौंला र आफ्नो दुनो सोझाउँला भन्ने कल्पना नगर्दा पनि हुन्छ ।
सदस्यहरु कहिले सरुवा हुन्छ वा हुँदैन उसको मनस्थिति र व्यक्तिगत जिम्मेवारी एवं समस्यासँग जोडिएको हुन्छ । मृतक सदस्यहरुका लागि पद रिक्त राखिंदैन । जतिसुकै जिम्मेवार पदमा रहेका व्यक्तिहरुको मृत्यु भए पनि उनको संझनामा पद रिक्त रहँदैन । अरु कुनै व्यक्तिलाई जिम्मेवारी दिइन्छ, जस अनुसार सातौं अखिल भारत सम्मेलनको प्रथम बैठकबाट निर्वाचित कोषाध्यक्ष खड्क बहादुर जिसी हुनुहुन्थ्यो, वहाँको निधन भए पछि रिक्त हुन आएको कोषाध्यक्ष पदमा रुक बहादुर केसीलाई चयन गरिएको थियो । त्यस्तै पूर्व अध्यक्ष मित्रलाल शर्माको निधन भयो, वहाँको रिक्त हुनआएको अध्यक्ष पदमा दुर्गा बहादुर केसीलाई चयन गरियो । यदि माथि उल्लेखित पदमा स्वयं देब बहादुरलाई चयन गरिएको भए साहेद टिके हुने थिएन होला । यति लेखिरहँदा यो पनि थपौं, एकता समाजको इतिहासमा यस प्रकारका गतिविधिहरु गरेर कैयौं नायक, खलनायकहरुले एकता समाजको इतिहास धमिल्याउने कोशिस नगरेका होइन् । जानेर वा नजानेर विजय शर्मा, बाबुराम भट्टराई, गिरीधारीलाल न्यौंपाने लगायतका व्यक्तिहरु विगतमा एकता समाजको इतिहाँसलाई कालो पोत्ने कोशिस गर्ने परिचित पात्रहरुका रुपमा चिनिन्छन् । अहिले उनै पुरानै पात्रहरुको नया“ कडिका रुपमा देब बहादुर लामिछाने बन्दैछन् भन्ने कुरा उनले गर्दै आएका गतिविधि, विचार र व्यवहारले संकेत गर्दछ ।
अन्तमा, संगठनभित्र देखापरेका मतभेदहरुलाई मैत्रिपूर्ण र दुईलाइनको संघर्षद्वारा समाधान गर्ने लेनिनवादी संगठनात्मक पद्धतीका विपरित सार्वजनिक रुपमा उल्टी गर्दै हिंड्नेहरुलाई इमान्दार र प्रतिवद्ध सदस्यहरु तथा समर्थक, शुभचिन्तकहरुले खुलेआम अस्वीकार गर्नु पर्दछ र मात्रै संगठनात्मक अनुशासन कायम गर्न सकिन्छ । अराजकतापूर्ण गतिविधिमा समलग्न व्यक्तिहरुले दिएको धाईधम्की वा भ्रमहरुका विरुद्ध दृढतापूर्वक सामना गर्दै, त्यसप्रकार सबैखाले पक्षहरुलाई परास्त गरौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहासलाई निरन्तर रुपमा अगाडि बढाऔं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal