शनिबार, साउन १२, २०८१

चौतर्फी हिंसाको चपेटमा नेपाली महिलाहरू

 

रुममाया थापा

आज हामी प्रविधिको युग एकाइसौ शताब्दीको युग मा छौ ।अहिले पनि समाजमा महिलाहरु दोर्सो दर्जाको नागरिक को रुप मा देखिन्छन। महिलाहरु विभिन्न प्राकार को हिंसा सहेर बाच्न बाध्य छन, यति खेर मुलुकमा महिला हिंसा का घटनाहरु बड्दो क्रममा छन महिला माथीको हिंसा कुनै निश्चिति ठाउँ,जाती ,धर्म बिशेष मा सिमित नभयर हरेक छेत्र ,जातजाती ,समुदाय मा ब्याप्त छ। यस्ता घटनाहरुमा कतै समाज राज्य र स्वयं र कतिपय महिलाहरुको सङ्लता रहेको पाइन्छ। यसले गर्दा महिलाहरु प्रत्येक क्षणमा ,प्रत्येक ठाउमा असुरक्षित भैरहेका छन। यो कुरा समग्र समाज रास्ट्रको लागि गम्भीर चुनौती हो ।महिला हिंसा रोक्न सरकार जुन ढंगले अगाडि बड्नु प्रने हो त्यसरी योजना बनायर लागेको देखिदैन ।नेपाल मा महिलाहरु माठी हुने हिंसा र उत्पीडिन का धेरै कारण हरु छन।
1)देशमा बड्दो बेरोजगारीका कारण कयौ महिलाहरु रोजगारको नाम मा दलालहरु बाट बेचिन बाध्य छन खुल्ला सिमनाका कारण भारत हुँदै खाडी मुलुक सम्म घरेलु काम दारका नाममा बन्दी जीवन बिताउनु प्रने अबस्था छ ।
२)आजको युगमा पनि छाउपडी जस्तो रुढीबादी कुराले गर्दा महिलाहरु छाउ गोठमा बस्न बाध्य पारिन्छ,जहाँ बलतकृत हुने गरेकाछन भने कतिपय जंगली जनावरको आक्रमण मा पर्नी गरेका समाचार बाहिरीने गरेकाछन।
३)हाम्रो समाजमा कतिपय महिलाहरु बोक्सी को नाममा पीडित छन जहाँ कुटपिट गर्ने,मानिस को मलमुत्र खुवाउने, घर निकला गर्ने, सार्बजनिक ठाउमा गाली ,बेइज्जत गर्ने ,हत्या गर्ने ,जिउदै जलाउनी सम्मको कुर यातना दिने गरिन्छ ।
४)कयै ठाउमा दाइजो प्रथाको कारण बाट महिलाहरु मिर्त्यु हुन बाध्य छन ।कानुन ले दाइजो लिनु दिनु अपराध भने पनि बिभाह गर्दा छोरा लाई पढाउदा लागेको सबै खर्च हिसाब गरि दाइजो माग्नी चलन छ ।
५) बलात्कार गरि हत्या गर्ने घटना दिनानुदिन बडिरहेका छ पत्याउन गाह्रो छ कतिपय बलात्कारका घटना आफ्नै आमा ,छोरी ,दिदिबहिनी लगायत हाडनाता प्रने भित्र भएका तमाम घटनाहरु छन।
६) नेपालमा यसका अलवा एसिड प्रहार गर्ने ,कुटपिट गर्ने,हत्या गर्ने घटना हरु धेरै छन।
यसरी महिलाहरु चौतर्फी हिसाब बाट पीडित छन । यसरी महिला हिंसा रोक्नको लागि राज्यले कडा कानुनी ब्यबस्था गरि कार्यनयन मा जोड गर्नु पर्छ ।कतिपय रुढीबादी ,कुरिति ,कु सस्कार हटाउन प्रचार प्रसार गर्ने र पाठ्यक्रम मा समाबेश गरि ज्ञान दिनु जरुरी छ ।स्थानीय तहहरुले पनि आफ्नो कार्यक्रम बनाएर सचेतना फैलाउनु प्रदछ ।हिंसा पीडित महिला
लाई विभिन्न प्रलोभन ,दबाब ,पैसा र इज्जतको नाम मा हतोत्साहित गराउने ,प्रशासनसम्म पुग्न नदिने,यदि पुगि हाल्यो भनी झन्झटिलो न्याय प्रणाली ले दोषी उम्कने अवस्था छ ।यसको लागि सस्तो सुलभ र छिटो न्याय पाउनी कानुनी ब्यबस्था समेत गर्न जरुरी छ।

(लेखक बागलुङ जिल्ला बडिगाड गाउंपालिका राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal