शनिबार, साउन १२, २०८१

बाकुनिनका अनुयायीहरूको मसालका विरुद्ध रुवाबासी

त्रिभुवन भट्टराई

विषयको शिर्षकलाइ बुझ्न अराजकतावाद बारे चर्चा गरौं । ‘अराजकता’ भन्नाले कुनै नियममा नबस्ने, कुनै विधि विधान र अनुसाशनलाई पालना नगर्ने, जहाँ जसरी जे मन लाग्यो, त्यो गर्ने प्रयास गर्नुलाई अराजकता भन्ने गरिन्छ । प्रायः अराजकहरु भर्खरै जन्मेका बच्चा जस्तै हुन्छन । जसरी साना बच्चाहरुले कुनै नियम र अनुसाशन मान्न पर्दैन वा मान्दैनन् त्यसप्रकारको वाल्यकालको संरचनामा हुर्किरहेका साना बच्चाहरूसँग आजकलका अराजकवादीलाई तुलना गर्यौं भने सजिलै बुझ्न सकिन्छ, अराजकहरु वाल्यपनलाई समेत उछिनेर निर्वस्त्र भइरहेका हुन्छन्।

उपरोक्त तुलना बाहेक अराजकवादीहरूको सैद्धान्तिक पक्ष के हो त्यो पनि बुझ्न जरुरी हुन्छ । अराजकतावादको सैद्धान्तिक श्रोत भनेको बाकुनिनबाद हो । बाकुनिन भन्दा पहिलेका अराजकवादीहरू सुधारवादी प्रकारका थिए तर बाकुनिनको अराजकवाद क्रान्तिकारी प्रकारको थियो । त्यसैले अराजकतावादको इतिहासमा बाकुनिन को विचारले विषेश महत्व राख्दछ ।

अराजकवादको अर्को सैद्धान्तिक पक्ष के हो भने अराजकवादीहरु द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई मान्दैनन् । अराजकवादीहरु अधिभूतवादी चिन्तनलाई आत्मसाथ गरेका हुन्छन् । अराजकवादीहरू अन्तत माक्सबादका घोर विरोधी हुन्छन् । स्वयम् बाकुनिन भन्छन्, ‘हामीले मार्क्सवादको सिद्धान्तप्रति आफ्नो गम्भीर अरुची प्रकट गरिरहेका छौं ।’ बाकुनिनको यो भनाईबाट सहजै अनुमान गर्न सकिन्छ की अराजकवादीहरू मार्क्सवादी सिद्धान्तका घोर विरोधी हुन्छन् । अराजकवादको अर्को स्रोत भनेको उनीहरू कुनै पनि किसिमको नियन्त्रणलाई स्वीकार गर्दैनन् । अराजकहरू विना लगामको घोडा जस्तै स्वतन्त्र रहन रुचाउँछन् ।

अराजकवादीहरू अन्तत माक्सबादका घोर विरोधी हुन्छन् । स्वयम् बाकुनिन भन्छन्, ‘हामीले मार्क्सवादको सिद्धान्तप्रति आफ्नो गम्भीर अरुची प्रकट गरिरहेका छौं ।’

प्रथम अन्तर्राष्ट्रियको समयमा मार्क्स र बाकुनिनको बिचमा कडा संघर्ष चलेको थियो । अराजकवादीहरू पार्टीमा केन्द्रियता वा अनुशासन स्वीकार गर्दैनन् । पार्टी संगठनमा बाकुनिनवाद समेत सबै प्रकारका अनुशासन विहीन अराजक प्रवृतिहरुलाई रोक्न वा लगाम कस्ने काम लेनिनले सुरु गर्नु भएको थियो । जो कम्युनिस्ट पार्टिको विकास विस्तार तथा सुदृढीकरणको लागि मिलको पथ्थर सावित भइरहेको छ त्यो ठोस संगठनात्मक पद्धति हो ‘लेनिनवादी संगठनात्मक सिद्धान्त ।’

अराजकवादीहरूको लागि लेनिनवादी संगठनात्मक पद्धति तथा जनवादी केन्द्रियता भनेको घाँटीमा झुन्ड्याइएको गलपासो जस्तै हो । लेनिनले जनवादी केन्द्रियताको सिद्धान्तलाई कडाइका साथ पार्टीमा लागू गरेकै कारण रुसमा अक्टुबर क्रान्ती सफल पारेका थिए। लेनिनको मृत्युपछि स्टालिनले पनि अराजकतावादीहरूसँग कडा संघर्ष गर्नु परेको थियो । अराजकवाद र समाजवाद भन्ने पुस्त मा स्टालिनले अराजकतावाद बारे प्रसस्तै ब्याख्या गरेका छन् । स्टालिन र माओले पनि अराजकवादीहरूसँग जीवनभर संघर्ष गर्नु परेको थियो ।

माथि उल्लेखित भनाईबाट नै स्पस्ट हुन्छ कि अराजकवादी हरु मार्क्सवादी लेनिनवादी सिद्धान्तको घोर विरोधी हुन्छन् । मार्क्सवादको विरोध गर्दा गर्दै अन्ततः अराजकवादीहरू पुँजीवादी कित्तामा टाँसिन पुग्दछन् ।

अहिले हाम्रो पार्टीमा देखा परेका अराजकवादीहरू पनि बेग्लै खाले हैनन् उनीहरु पनि बाकुनिनवादी सिद्धान्तका संरक्षक नै हुन् । हाम्रो पार्टी नेकपा (मसाल) ले पनि पार्टीभित्र लेनिनवादी संगठनात्मक पद्धतिलाई संगठनको मुटु मानेर हरेक मोर्चा र पार्टीमा संगठनात्मक सिद्धान्तको कडाईका साथ पालना गरेको छ । नेकपा मसालले पार्टीमा कडा अनुशासन लागू गरेकै कारण हाम्रो पार्टीमा घुस्न सफल भएका बाकुनिनका चेला हरूको रुवाबासी सुरु भएको हो ।

पार्टीमा लेनिनवादी सिद्दान्त र पद्दती लागू नगर्ने हो भने हाम्रो पार्टी पनि एमाले माओवादी जस्तो हुँदै जाने निश्चित छ । हाम्रो पार्टीमा देखा परेको विवाद भनेकै अराजकवादीहरू र मार्क्सवादीहरू बिचको संघर्ष हो । करिब ३ वर्ष पहिलाबाट हाम्रो पार्टी नेकपा (मसाल)मा दुईलाईन को संघर्ष सुरु भएको थियो । पार्टी कमिटी भित्र दुई लाइनको संघर्ष, अन्तरविरोध हुने कम्युनिस्ट आन्दोलनमा कुनै नौलो कुरा हैन । एउटा जिवीत पार्टीमा दुई लाइनको संंघर्ष चल्नु स्वभाविक हो । मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओले पनि बिभिन्न खाले अन्तरविरोधको सामना गर्नु परेको थियो । पार्टीमा चल्ने दुई लाइनको संघर्ष र अन्तरविरोधले पार्टीलाई मजबुत बनाउँछ। पार्टीमा हुने वैचारिक संघर्षलाई स्वस्थ प्रकारले चलाउने हो भने पार्टी मजबुत हन्छ । अन्तरविरोधलाई स्वस्थ प्रकारले चलाउन नसक्नुको परिणाम कम्युनिस्टहरुले टुटफुटको सामना गर्नु परेको हामी पाउँछौ । यसबाट नेपाली कम्युनिस्ट आन्दोलन पनि अछुत रहेको छैन ।

नेकपा मसालले पार्टीमा कडा अनुशासन लागू गरेकै कारण हाम्रो पार्टीमा घुस्न सफल भएका बाकुनिनका चेला हरूको रुवाबासी सुरु भएको हो ।

विगत तीन वर्षदेखि हाम्रो पार्टीमा दुई लाईनको संघर्षका नाममा उठाइएका कुराहरु सैद्धान्तिक थिएनन् । नयाँ नेतृत्व निर्माणको नाममा अराजकवादीहरूले षडयन्त्रमुलक ढंगबाट पार्टीमाथि गरिरहेको हमलाले नै त्यसको पुष्टि गर्छ । पार्टी संस्थापन पक्षबाट पार्टीभित्र उठेका विषयहरूलाई जनवादी केन्द्रियताको माध्यमबाट हल गरेर जाने र पार्टीलाई थप सशक्त बनाउ लगातार लागि पर्यो । जस्को लागी फोरम चलाइयो । पार्टी फोरममा व्यापक जनवादको प्रयोग पनि भयो । फोरम चलाउँदै पुरै पार्टी महाधिवेशनमा जुट्यो र नेकपा (मसाल) को आठौं महाधिवेशन पनि भयो ।

आठौं महाधिवेशनमा ब्यापक छलफल भयो । जनवादी केन्द्रियताका आधारमा पार्टी महाधिवेशन सम्पन्न भयो । तर दुःखको कुरा के भयो भने भिन्न मत राखेका केही नेताहरूले महाधिवेशनपछि महाधिवेशनका निर्णयहरू लागू गर्नुको सट्टा सिंगो पार्टी विरुद्धमा बिष वमन गर्न सुरु गरे । महाधिवेशनले दक्षिणपन्थी बाटो लियो भनेर बुरुक बुरुक गर्दै पुनः गुटबन्दी गर्ने काम सुरु गरे । महाधिवेशनका निर्णयहरू यहाँसम्म की पार्टी केन्द्रीय समितिका सबै टेक नामसहित सार्वजनिक गरिदिए । पार्टी गोपनियता सबै भंग जस्तै गरे ।

हामी सबैको आशा थियो की अब त महाधिवेशन भयो पार्टीमा काम गर्दै आएका नयाँ पुराना नेताहरू एकजुट भइ अब पार्टीलाई सशक्त बनाउन माहोल तयार भयो । तर, बिडम्बना महाधिवेशन भन्दा पहिला अनुशासनको कारबाहीमा परेका केही व्यक्तिहरु, अल्पमत तर्फका केही नेता र हाँक प्रकरणमा पार्टीमाथि गद्दारी गरेकाहरू बिचमा घनघोर प्रकारको गुटवन्दी सुरु भ़यो । उनीहरुले आठौं महाधिवेशन विरुद्ध बम बर्साए झैँ बर्साउने काम सुरु भयो । गुटबन्दीको नेतृत्व गोबिन्द सिंह थापा, विबिमल शर्मा, सशिधर भन्डारी लगाएतले गरे । उनीहरुले गुटगत गोप्य भेलाहरु गर्ने, कोचिङ गर्ने क्रियाकलाप जारे राखे र अन्ततः कथित क्लबको नाममा सिंगो पार्टी विरुद्ध जागरण मंच खडा गरे । नेकपा (मसाल) को विरुद्धमा समान्नातर पार्टीका रुपमा कथित जागरण खोलिएको हो भन्ने कुरा उनीहरुका पार्टी विरुद्धका कृयाकलापलाई हेर्दा सहजै अनुमान गर्न सकिन्छ ।

नेकपा (मसाल) को विरुद्धमा समान्नातर पार्टीका रुपमा कथित जागरण खोलिएको हो भन्ने कुरा उनीहरुका पार्टी विरुद्धका कृयाकलापलाई हेर्दा सहजै अनुमान गर्न सकिन्छ ।

नेपालमा कथित जागरणको नामबाट पार्टीमाथि हमला गर्न सुरु गरियो । मसाल विरोधी जारण मंचको निर्देशनमा भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्वकेन्द्रीय उपाध्यक्ष देबबहादुर लामिछाने र केन्द्रीय सदस्य महेन्द्र बस्यालले सुस्त सुस्त मूलप्रवाहको विधान र अनुशासनलाई तार तार पार्दै जान थाले । दुवै जनालाई सही ट्रयाकमा ल्याउने उद्देश्यले विगत तीन वर्षदेखि लगातार सुझाब सल्लाह आलोचनाका बाबजुत उनीहरु टसमस भएनन् र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारतमा चरम गुटबन्दी गर्दै गए । अन्ततः मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको बैठकले देबबहादुर लामिछाने, महेन्द्र बस्याल र इन्द्र भोटाललाई साधारण सदस्य नरहने गरि अनिस्चित कालको लागी कारवाही गर्यो ।

यहाँ बिडम्बना के देखियो भने नेपालमा कथित जागरणले मसाल भन्छ र भारतमा देब बहादुर र महेन्द्र बस्याल हरू, जो मूल प्रवाहको साधारण सदस्यसम्म छैनन्, उनी हरू अध्यक्ष दुर्गा केसीको हस्ताक्षर भएको सदस्यता बोकेर आफूलाई मूल प्रवाह भन्दै हिँडिरहेका छन् । बस्याल ग्रुपले आफू हरूलाई मूल प्रवाहको नेता घोषित गर्दै इमान्दार कार्यकर्ताहरुमा भ्रम सिर्जना गर्दै हिँडेका पनि छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौं अखिल भारत सम्मेलन लखनउपछिको प्रथम भेलाले सवै प्रकारका भ्रमहरुविरुद्ब भारतव्यापी कार्यकर्ताहरूलाई स्पष्ट पारेको छ। तैपनि मूल प्रवाह जस्तो पवित्र संगठनका विषयमा जहर उग्लनेहरू एकपटक पुनः आफ्नो गुमेको अस्तिव बचाउने अन्तिम प्रयासमा अझै तल्लो स्तरमा पुगेर जालझेल गर्ने र मूल प्रवाहको रास्ट्रिय भेलालाई अवैधानिक भनेर आफ्नो अभिष्ट पुरा गर्ने कसरतमा छन् । भेलाले महेन्द्र ग्रुपसँग मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कुनै सम्वन्ध नरहेको र मूल प्रवाहका कुनै पनि कार्यकर्ता शुभचिन्तक कुनै भ्रममा नपर्न पनि आग्रह गरेको छ ।

नेपालमा कथित जागरणले मसाल भन्छ र भारतमा देब बहादुर र महेन्द्र बस्याल हरू, जो मूल प्रवाहको साधारण सदस्यसम्म छैनन्, उनी हरू अध्यक्ष दुर्गा केसीको हस्ताक्षर भएको सदस्यता बोकेर आफूलाई मूल प्रवाह भन्दै हिँडिरहेका छन् ।

नेपालमा जागरणवालाहरूको भनाई मसालले दक्षिणपन्थी बाटो लियो र हामी मसाललाई क्रान्तीकारी धारमा ल्याउनको लागि जनजारण अभियान सञ्चालन गरेका हौँ भन्ने हल्ला पनि मगरमच्छको आँसु जस्तै भयो । उनीहरु मसालको नेतृत्व र सिंगो पार्टीमाथि वर्गीय दुस्मनले भन्दा बढी आक्रमण गरी मसालको नेतृत्व र नीतिको आमजनमानस तथा कार्यकर्त्ताहरुमा भ्रमको खेती गरिरहेका छन् । कथित पर्दा भित्रका जागरणवालाहरूले जसरी बाकुनिनका अनुयायीको रुपमा पार्टी अनुशासन, पद्दती र नेतृत्वमाथि हमला गरिरहेका छन् ।

यो अवस्थामा यो अवस्थामा पार्टीका कार्यकर्ता, समर्थक, शुभचिन्तक समेतले पार्टीको छवि खराव गर्ने दुस्साहसपुर्ण कार्यको तीव्र शव्दमा भन्डाफोर गर्न आवश्यक छ । भारतमा पनि महेन्द्र, देवबहादुर, इन्द्र भौटालहरू पनि जनजारणकै चेला र बाकुनिनकै अनुयायी हुन् भन्ने स्पष्ट हुँदै संगठन विरुद्ब लागेका सबैखाले अवसरवादका विरुद्ब सशक्त र निर्ममतापूर्वक भण्डाफोर र संघर्ष गरेर श्रमजीवी वर्गको हकहितको लागि वृहद संगठन निर्माण कार्यमा जुटौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?