शनिबार, साउन १२, २०८१

कम्युनिस्ट नैतिकता र चेतना स्तर

 

बिन बहादुर रेग्मी (प्युठानि )

विश्व राजनीतिमा पुजिवादि साम्राज्यवादी कित्ता र सर्वहारा साम्यवादी शक्ति को बिचमा लगातार द्वन्द्व र भिषण संघर्ष हुदै आएको छ। यतिबेला विश्व साम्राज्यवाद ले चरम वैस काडेको र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको देखिन्छ। यसको मतलब विश्व साम्राज्यवाद अजर अमर छ भन्ने होइन। गरिबी बेरोजगारी लुट अन्याय अत्याचार थिचोमिचो ऊचनिच छुदअछुत वर्गविभेद रहुन्जेल कम्युनिस्ट साम्यवादी को वर्चस्व र वर्गीय लडाइँ रोकिदैन। विश्वभरि नै कम्युनिस्ट पार्टिहरुले आन्दोलन समय परिवेश अनुसार उठान गर्छन। सफलता र असफलता त्यहाँको बस्तुगत अवस्था र पार्टीको आत्मगत अवस्थामा भर पर्छ। विश्व साम्राज्यवाद ले कम्युनिस्ट पार्टी र आन्दोलनलाई खतम पार्न, ध्वस्त पार्न वा नामोनिसान मेटाऊन साम दाम दण्ड भेद अपनाउने गर्छ। त्यसको सिकार भएका कम्युनिस्ट पार्टी मा टुटफुट विद्रोह हुने गर्छ।अपवादमा कतिपय अवस्थामा पार्टीको क्रान्तिकारी लाईन जोगाउन पनि फुट र बिद्रोह हुने गरेको पाइन्छ। जस्तै नेपाली कम्युनिस्ट आन्दोलनको सन्दर्भमा केशरजंग रायमाझीको विरुद्ध को विद्रोह कम्युनिस्ट लाईन जोगाउन सफल भएको ईतिहास छ। मैले माथि नै भनिसके। विश्व साम्राज्यवाद को जाल झेल षड्यन्त्रको शिकार भएका कम्युनिस्ट पार्टी सदस्य बाट टुटफुट विद्रोह हुने गरेको र कम्युनिष्ट आन्दोलन कमजोर भएको छ। ति क्रान्तिकारी जस्ता देखिने कम्युनिस्ट पार्टीका सदस्यहरु मा यस्तो विचलन किन आऊछ? यस विषयमा म केन्द्रित हुने छु। एकजना वरिष्ठ नेता ले भने ‘म समितिको मेजर फाईवमा परे अब मलाई सबैले चिन्ने भए …’।अब यहि यहाँको भनाईलाई गहिरिएर अध्ययन गर्ने हो भने उहाँको भविष्य र गन्तव्य सजिलै अनुमान गर्न सकिन्छ। उहाँ चिनिनको लागि राजनीतिक गर्नु भएको रहेछ, चिनिनकै लागि भोलि पार्टी मा टुटफुट विद्रोह गुटबन्दी गर्नुहुनेछ। यस्तो किन हुन्छ भन्ने सवालको जवाफमा पार्टी क्लासको नोटमा लेखिएको छ -” पार्टीमा लागेका कमरेडहरूले कम्युनिस्ट नैतिकता को अध्यन, दर्शनशास्त्र को अध्ययन गरेर क्रान्तिकारी कम्युनिस्ट नैतिकता को विकास गरि चेतना स्तर वृद्धि गर्न नसक्नु को कारण व्यक्तिमा अवसरवादी अराजक प्रवृत्तिको विकास हुन्छ।”
तसर्थ : हामिले विश्व साम्राज्यवाद लाई जित्नुछ र विश्वभरि गरिखाने वर्गको रातो झण्डा फरफराउनु छ भने पहिला त आफ्नै पार्टी भित्र पार्टी सदस्य को कम्युनिस्ट नैतिकताको पाठ पढाउनै पर्छ। पार्टी सँगठनले जहाँ जुन जिम्मेवारी दिन्छ दिलोज्यान लगाएर जिम्मेवारी पूरा गर्ने ईमान्दार कर्मठ कार्यकर्ता निर्माण मा जोड दिनैपर्छ। अनावश्यक रुपमा कसैको प्रशंसा र तारिफ पदोन्नति भन्दा पनि पटकपटक अनुशासनको कसिमा कडा निगरानीमा क्रान्तिकारी तातो भट्टीमा रापिलो क्रान्तिकारी लालसेना बनाउने कोसिस हुनुपर्छ किनकि हामिलाई पार्टी बचाऊनु छ। क्रान्तिकारी कम्युनिस्ट विचार जोगाउनु छ र विश्व साम्राज्यवाद लाई ध्वस्त पारेर गरिव दुखिको सुखि सँसारमा साम्यवादी रातो झण्डा फरफराउनु छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal