
त्रिभुवन भट्टराई
सोमवार, चैत्र १३, २०७९
त्रिभुवन भट्टराई
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट निस्कासित केही ब्यक्तिहरूले मूल प्रवाहको नाममा मूल प्रवाहकै विरुद्ध जहर ओकल्ने काम गरिरहेका छन् । महेन्द बस्याल, देब बहादुर लामिछाने र इन्द्र भोटालहरूले मूल प्रवाको नीति सिद्धान्त माथि धावा बोल्दै संगठनका केही इमानदार साथीहरूलाई भ्रम पार्ने कोशिस गरिरहेको महेन्द्र बस्यालको हालैको स्टाटसबाट प्रष्ट छ । महेन्द्र बस्यालहरूलाई पम्प भर्ने काम नेपाल कम्युनिस्ट पार्टी (मसाल) बाट निस्कासित अराजक (कथित जागरण) समूहले गरिरहेको छ ।
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता...
प्युठान, चैत्र ९ र्राष्ट्रिय अपाङ्ग...
झिमरुक पोस्ट डटकम नेपालि भाषाको समाचार पोर्टल हो !समाचार ,विचार ,मनोरञ्जन,खेलकुद ,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्धर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी झिमरुक पोस्ट डटकमका प्राथमिकता हुन् !
झिमरुक नेटवर्क एण्ड मिडिया द्वारा संचालित
झिमरुक पोस्ट डटकम
दर्ता न . २७४१६८ / ०७८ /०७९
प्रधान कार्यलय : रेसुङ्गा नगरपालिका एक उदिनढुङ्गा
इमेल : jhimrukpost.com@gmail.com
फोन न :9842295277
झिमरुक पोस्ट डटकम को लागि
अध्यक्ष : शंकर प्रसद पोख्रेल
प्रधान सम्पादक :
सबैलाई प्रष्ट भएकै बिषय हो की महेन्द्र बस्याल मूल प्रवाहसँग सरोकार राख्ने व्यक्ति होइनन्, उनी मूल प्रवाहबाट निस्कासित भइसकेका छन् । उनको काम सकेसम्म मूल प्रवाहका इमान्दार साथीहरूलाई भ्रम पार्ने र फुटपरस्त गतिविधिमा सामेल गराउने नै हो । हामी केही समयदेखि उनीहरूका गतिविधि हेरिरहेका छौँ, उनीहरूलाई नेकपा (मसाल) बाट निस्कासित व्यक्तिहरू अर्थात कथित जागरण गुटले काँधमा बोकेर हिँडिरहेको छ ।
मूल प्रवाहमा गुटबन्दी, ब्याकवाइटिङ, लुजटक गर्ने, मूल प्रवाहमा फुटपरस्त गतिविधि चलाएकै कारणले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले महेन्द्र बस्याल, देब बहादुर लामिछाने र इन्द्र भोटाललाई कारबाही गरेको हो । एउटा आश्चर्य त के देखियो भने इन्द्र भोटाल विगत १० वर्षदेखि कहाँ थिए, कसैलाई अत्तो पत्तो थिएन । तर आज उनी महेन्द्र बस्यालहरूको फुटपरस्त गतिविधिमा लागेर मूल प्रवाहविरुद्ध सक्रिय देखिन्छन् ।
महेन्द्र बस्यालहरू किन फुटपरस्त हुँदै गए ? यीनीहरूको कनेक्सन कहाँ छ ? यसबारे बुझेपछि मात्र यीनीहरूको आजको असली चेहरा बुझ्न सकिन्छ । बताइरहनु पर्ने आवश्यकता छैन कि महेन्द्र बस्यालहरूको कनेक्सन भनेकै जागरण गुटसित हो । जागरणवाला को हुन ? निश्चय नै मसाल विरोधी तत्व हुन् । जसले पार्टीको आठौं महाधिवेशन पूर्व र अहिलेसम्म पनि पार्टीको सिद्धान्त, राजनैतिक लाईन र संगठनात्मक प्रणालीमाथि नै धावा बोल्ने कोशिस गरिरहेका छन् । त्यो अराजक झुन्ड पानी धमिल्याएर माछा मार्ने नियतका साथ लागिरहेका छन् ।
नेपालमा जागरण गुट वैद्य र विप्लव समूहसँग घाँटी जोड्ने योजनामा छ । त्यो योजनालाई सफल बनाउन मसालका कतिपय इमान्दार साथीहरुका टाउका गिन्ती गरिरहेका छन् । वैद्य र विप्लवको पार्टीमा आफ्नो ठाउँ सुरक्षित बनाउन कथित जागरणको माध्यमबाट महेन्द्र बस्यालरू भारत स्थित मूल प्रवाहका इमान्दार साथीहरूमा भ्रम छर्न कोशिस गरिरहेका छन् । त्यसैले उनीहरूले मूल प्रवाहको नाममा आयोजना गरेको भेलालाई राजनैतिक रोटी सेक्ने माध्यम नै हो भनी बुझ्न गाह्रो छैन । र, महेन्द्र बस्यालहरुले आयोजना गरेको कथित भेलामा उपस्थित नहुन मूल प्रवाहका इमान्दार साथीहरूसँग विनम्र अनुरोध गर्दछौँ ।
(त्रिभुवन भट्टराई, केन्द्रीय सचिव, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज)