शुक्रबार, मंसिर २१, २०८१

घरि घरि घच्घच्याई रहने प्रश्नहरू,?

 

बिन बहादुर रेग्मी प्युठानि

लालसेना खोई? नौलो जनवाद खोई?कब्जा गरेको ८०% भूभाग कता गयो? आधार ईलाका र प्रत्याक्रमणको चरण बाट छलाङ्ग मार्दै कहा पुगियो? बिचारा, जनमुक्तिको लागि बन्दुक भिरेका यौद्धाहरू आज पेट पाल्न कै लागि खाडीमा तातो घाम खादैछन।एक झुण्ड कम्युनिष्ट भन्नै लाज मानेर नया शक्तिको नौलो अभियान बनेको छ। अर्को ले प्रतिक्रान्ती भयो भन्दै कपिलवस्तु का जॅगलहरू मा शिविर चलाऊदैछ।

दिनदिदैको हत्या आतङ्क हिङ्सा ले त शान्ति पाएको छ तर देश र जनताको मुक्ति को कुरो धरापमा परेको छ।नेपाली कम्युनिष्ट आन्दोलन दशकौ पछि धकेलीदिने गद्दार हुन पुगे माओवादीहरू…… हामिले त्यतिबेला नै स्पष्ट शब्दमा राजनीतिक ब्याख्या गरेका थियौ। “सित्तैमा जनताको सियो धागो समेत नलिनु।” भन्ने माओको सिदान्तलाई यिनीहरू ले धज्जीया ऊडाएका छन। गाऊ गाऊमा बच्चा फाल्दै हिडेका छन। राजमो समर्थक माथि टारगेट गरिदैछ। यो जनयुद्ध होइन। कथित जनयुद्ध का यि अभागी वीरहरू लाई लालसेना मानिदैन…..हो कमरेड !

क्रान्तिकारी भावनाले ओतप्रोत ती वीरहरू लाई सलाम गर्नैपर्छ तर ती अभागी थिए। नेतृत्व अवसरवादी थियो। यसो ता लेनिन भन्दा लेनिनका दाजु सुरवीर थिए भनिन्छ। विना कामको सुरवीर के का लागि? हामीले नितीगत रूपमा त्यतिबेला पनि माओवादी जॅगली आतङ्क को घोर बिरोध गर्ने र सरकार द्वारा माओवादी विरुद्ध ल्याईएको कथित आतङ्ककारी विधेयक को सर्वप्रथम बिरोध गर्ने गरेका छौ। ईतिहास साक्षी छ। यो गर्विलो ईतिहास ले हामी सही थियौ भन्ने प्रमाणित गर्दछ।

कुनै दलगत स्वार्थ पूरा गर्न संविधान संशोधनको तयारी गलत हो। यो पनि गलत हो आफ्नै घर आगो लगाएर खरानी बाड्दै नहिँड्नुस। आफैं सामेल भएको आठौ महाधिवेशन कसरि गलत भयो? अल्पमतको लाइन पास नभएर? कहीं भएको जात्रा हाँडी गाउँमा भने जस्तो भद्दा मजाक नगर्नुस, समय छ अझै कथित जागरणका साथीहरु सँग विनम्र अनुरोध छ आऊनुस काधमा काध हातमा हात मिलाएर वर्गसंघर्ष को एऊटै रथमा यात्रा गरौ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?