शनिबार, साउन १२, २०८१

इतिहासलाइ फर्केर हेर्दा

 

त्रिभुवन भट्टराई

कुनै दिन यस्तो पनी थियो,
बन्दुक ,राइफल बोकेर जंगल पसेको माओबादी पाटी र उसले चलाएको जनयुद्द लाई हाम्रो पाटी ने क पा मसाल र अहिलेकै नेतृत्व ले माओबादी जनयुद्ध बास्तबिक जनयुद्ध नभएर उग्रबामपंथि भडकाव हो र उग्र बामपंथि भडकाव को अन्तीम परिणाम दछिणपन्थि हुन्छ। तसर्थ माओबादी जनयुद्ध पनि दछिण पंथि बिचारमा गएर बिलय हुन्छ भन्दा धेरै साथि हरु दश हात उफ्रने गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो सान्तीपुण जनआन्देलन मा लागेको पाटी क्रान्तीकारी हुने , बन्दुक बोकेर जंगल पसेको पाटी गैर क्रान्तीकारी हुने यस्तो पनि हुन्छ ???भनेर ठुलो हल्ला मच्चाईएको थियो अन्तत
जनयुद्द १२ बुदे सान्ती सम्झौता हुदै – हुदै लास्टमा गएर
एमाले संग पाटी एकता गरि सिंगो माओबादी पाटी एमालेमा बिलय भएको थियो I धेरै पछि गएर सबै मा प्रस्ट भयो की अन्तत माओबादी जनयुद्ध क्रान्तीकारी नभएर दछिणपंथि भडकाव नै थियो ।

ठिक यस्तै अहिले बजारमा हल्ला छ ओली ले अध्यादेस ल्याउदा मसाल ले बिरोछ गर्ने देउवाले अध्यादेस ल्याउदा आलोचनात्मक समर्थन गर्ने भन्ने कुरा साथिहरु ले फेसबुक वालमा बिरोध जनाएको कति पय राम्ररि बुझेका नेता हरुले समेत पाटीले ठुलो गल्ती गर्यो यसलाई सच्याए राम्रै होला भन्ने फेसबुक वालमा पोस्ट गरेको देखियो अचम्म पनि लाग्यो र हाँसो पनि लाग्यो I बताई रहनु पर्दैन की ओलीका पछिल्ला केही महिना अगाडीका सबै गतिबिधिहरु प्रतीगमनकारी नै थिय ।

ओलीले २०६२-६३ सालको जनआन्दोलन बाट प्राप्त उपलब्धि हरु लाई खतम गर्ने तिर लागे र २०७२ सालको संबिधान समेत च्यातचुत पारे जस्को परिणाम ओली ले जन निर्बाचित संसद २-२ पटक बिघटन गरे र ओलीका ई सबै कृयाकलाप हरु स्पस्ट गर्छ की र उनले ल्याएको कथित अध्यादेस ले लोकतन्त्र ,सम्बिधान र गणतन्त्र सिध्याउने खालको थियो अहिले देउवा ले लिएको अध्यादेस लाई हामिले नीतिगत रुपमा बिरोध गरे पनि आलोचनात्मक समर्थन गरेका छौ Iयसपछि को कारण ओली ले ल्याएको अध्यादेस बाट पैदा हुन गएको अवान्छित प्रकारको बर्तमान राजनैतिक परिबेसमा निकास दिन को लागी तथा सत्ता बाट हटेपछि पनि ओलिले प्रतिगमनलाई अगाडी बढाउन खेलीरहेको षणयन्त्रमुलक भुमिका माथि नियन्त्रण गर्नको लागी उठाईएको बाध्यात्मक कदम हो I ओली को प्रतीगमन पराजित गर्नको लागी माधव नेपाल समूह सकारात्मक र निर्णयात्मक भुमिकामा रहेको कुरालाई हामी कसैले अस्वीकार गर्न सकीन्न।

अहिले को परिवेशमा संसदको स्थाईत्व आबस्यक्ता ओली को प्रतीगामी षणयन्त्र लाई असफल पार्न माधव हरुको महत्वपुण भुमिका रहेको प्रस्ट छ ।तेसैले ओली र देउवाले लिएको अध्यादेस को रुपमा एउटै भए पनि सार मा धेरै फरक छ भन्ने हाम्रो धारणा रहेको छ ।आज लामो समयबाट प्रगतीसिल आन्दोलन मा लागेका ब्यक्ती हरुले पनि दुबै बिषय हरु बुझि बुझी कन बुझपचाए जस्तो देखिन्छ ।आज साथिहरुमा देखिएको नकारात्मक पछ्य के हो भने बिषय बस्तु राम्रोको खोजी गर्न नसक्नु, हरेक बिषय लाई एकपाखे ढंगले विश्लेषण गर्नु, या त राम्रो मात्र भन्नु या त नराम्रो मात्र भन्नु । राम्रो र नराम्रो बीचको द्वन्दात्मक सम्बन्धलाई बुझ्न नसक्नु, नेपालको
राजनीतिमा गम्भीर समस्या हरु देखा पर्न थालेका छन जुन देस र जनताको लागी राम्रो संदेस हैन ।

हामी स्पस्ट छौ हाम्रो पाटी नेतृत्व हिज पनि सहि थियो आज पनि सहि छ तेसैले अनरगल कुरा काट्नु र नेतृत्व बिरुद्दमा प्रचारबाजी गर्नु को कुनै ऒचित्य देखिदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal