शनिबार, बैशाख ८, २०८१

नौंलो बिहानीको प्रतिक्षा”

 

बिन बहादुर रेग्मी प्युठानी

सायद, विक्रम संवत २०४४ साल तिरको कुरा हो तात्कालीन राजाको स्वर्गद्वारी भ्रमण थियो, राजाको स्वागतमा स्वर्गद्वारी लाई तुल फूल ध्वजा पताकाबाट सिँगारिएको थियो। हामी साना साना केटाकेटीलाई पनि राजा हेर्ने रहर थियो। त्यतिबेला सम्म मैंले राजाको विरोध कहीं कतै सुनेको थिएन। हामी खेल्दा खेल्दै राजा कतिबेला आएँ थाहै पाएनौं। राजा हेर्ने रहर खेल खेलमै हरायो। राजा आएर सोलार बत्ती र जस्तापाता टिन दिएछन्। अझ घतलाग्दो कुरा माडिखोलाकी एउटी दिदी ले आफ्नो छोरो क्यान्सर भएको र गरिबीको कारणले उपचार गर्न नसकेको बिन्तीपत्र दिएछिन्। त्यो बिन्तीपत्र स्वीकार गरेर दवापानी गर्ने र मर्न नदिने राजाको हुकुम भएछ, हामी त साना साना थियौं चौतारीमा पानी पँधेरो मा सुनेको गफ थिएँ यीनी। भनाइको तात्पर्य यो हो कि हामीले थाहाँ पाए पछि विरोध गरिने राजा र राजतन्त्रमा पनि दुखी गरीब निमुखा जनताको दुःख बिसाउने ठाउँ रहेछ त। यसको अर्थ राजतन्त्र र राजा ठिक हो भन्न खोजेको होइन नीतिगत सैदान्तिक रूपमा गणतन्त्र प्रजातन्त्र एक कदम प्रगतिशील नै हो। यस्तो प्रगतिशील की लेख्दा बोल्दा मात्रै राम्रो लाग्छ। प्रशासनिक काम गर्न जाँदा नेता दल मन्त्री को सोर्स फोर्स हुनैपर्छ। जागिर खान पनि नेता मन्त्रीलाई दही र केरा अनि उसनेर छिलेको घरतारुल हरियो टपरीमा लगेर जानैपर्छ। टेबुलमुनि बाट दिने त कति हो कति टेबुल माथि स्टिलको गिलासमा भरेर चिया खानुस् भनेर सिसिटिभी क्यामरा कै अगाडि दिनुपर्छ। गरीब निमुखा जनताको त्यो हैसियत हुँदैन। जताततै यस्तै व्येथिति बेहाल छ, नाताबाद कृपाबाद परिवारवाद चाकरी चाप्लुसी, घुसखोरी भ्रष्टाचार ले मुलुक आक्रान्त छ। यस्तो प्रगर्शिल लोकतन्त्र सहिदको सपना हुनै सक्दैन। यस्तो खालको प्रगतिशील गणतन्त्र जनआन्दोलनको भावना हुनै सक्दैन। यस्तो अवस्थामा दुखी गरीब निमुखा जनतालाई आफ्नो दुःख बिसाउने ठाउँ कहाँ छ? नेता मन्त्री बिरामी हुँदा राज्यको ढुकुटी खोलेर विदेशमा उपचार गरिन्छ। जनता बिरामी हुँदा भगवान भरोसा बाँच्नुपर्छ, गरीब निमुखा दुखी जनताको दुःख सुनिदिने कोही छैन। हिजो आज एकाध अभियन्ता भनिने सहयोगी मनहरुले क्यान्सर पीडित मिर्गाैला उपचारका लागि भन्दै चन्दा उठाएर सहयोग गर्ने गरेका छन्, त्यहाँ पनि कति अनियमितता हुन्छ लेखाजोखा गर्ने कुनै निकाय छैन। विगत चालीस वर्ष देखि भारतमा व्यवस्थित हिसाब किताब लेखापरीक्षण सहित भेला सम्मेलन मा प्रस्तुत गरिएको विशुद्ध सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ले यस्ता अनगिन्ती सहयोग गर्ने गरेको पाइन्छ। त्यसैले त प्रबासमा एकता समाज लाई प्रवासी नेपालीको अविभावक पनि भनिन्छ। एकता समाज मा लागेर अर्काको देशमा नोकरी काम धन्दा गर्दागर्दै समय मिलाएर नेपाली एकता को महान अभियानमा जुट्नु चानचुने कुरा होइन, सचेत र जागरुक नेपालीले मात्रै यति ठूलो हिम्मत गर्न सक्छ।यहाहरुको भेला सम्मेलन हेरेको छु। यहाँहरुको एकता समाज मा अनुशासन देखेको छु। यसैलाई निरन्तरता दिनुहोला, नयाँ नेपाल बनाउने हिम्मत आँट र अदम्म्ये साहस मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का नेता कार्यकर्ता सचेत र संगठित जनतामा छ। त्यही आशामा दुखी गरीब निमुखा जनताको नौलो बिहानी को प्रतिक्षा छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?