शुक्रबार, बैशाख १४, २०८१

मैले बुझेको संगठानिक नियम

सुरेशकुमार पान्डे
हामिले कुनै पनि समिति बनाउँदा खेरी परायजसो बिजोडा बनाउँने गर्छौँ।त्यो केको लागि भने मिटिङ्ग बस्दा कतिपय प्रस्ताबहरुमा अल्पमत र बहुमतको किटान गर्न सजिलो हौश भनेर त्यसो गरिन्छ।संगठनमा मानि देउँ पच्चिस जनाको कमिटिछ अनि त्यँहा निर्वाचनमा जानेकि चुनाव बहिस्कार गर्ने भन्ने बारे प्रस्ताब आयो भने त्यसबारे प्रस्ताब दर्ता हुन्छ।पच्चिस जनाको कमिटिमा छलफल गरिन्छ छलफल गर्दा जस्ले प्रस्ताब दर्ता गरायो उस्ले किन भाग लिने अथवा किन भाग नलिने बहिस्कार गर्नेवारे आफ्नो प्रतिकृया ल्याउँछ अनि ब्यापक छलफल पछि चुनावमा जाने भनेर तेह्र जनाको बहुमत पुगेपछि बाह्र जनाले त्यो बहुमतको फैसलामा एकमना एकता गरेर जानुपर्छ।त्यो निर्णय ठिक छ छैन भन्नेबारे कार्या गरेपछि आएको रिजल्टले तयगर्छ।हामि खास गरेर कम्युनिष्ट वा कम्युनिष्टका नजिक रहेका जनवर्गिय संगठनहरुले यहि निर्णयको आधारमा कार्यक्रम तजुर्मा गरिन्छ।
यहाँ बहुमतले गरेको निर्णयलाई कार्यन्वयन गर्नुको सट्टा हामिले चुनावलाई बहिस्कार गर्ने प्रस्ताब राखेका थियौँ तर बहुमतले चुनावमा जाने निर्णय गय्रो उस्ले गरेको निर्णय हामिलाई मान्न करछैन भनेपछि संगठनले के गर्ने?साथिहरुले यँहा निर बाटो बिराउँनुभयकोछ।फिल्डमा गएर बहुमतको निर्णयलाई कार्या रुप दिनुको सट्टा हामि अल्पमतमा परेकाछौँ बहुमतले गलत निर्णय गरेकोछ त्यसको बिरुद्धामा हामिले बिद्रोह गर्नुपर्छ भनेपछि संगठनले उनिहरु लाई कार्वाही गर्ने कि नगर्ने?ठिकछ अल्पमतको फैसला १००%ठिकहोला तर उनिहरुले त्यो निर्णयलाई नमानेर बिद्रोह गर्नलाई उक्साएपछि संगठनलाई जोगाउँन आबस्याकता छ कि छैन?छ भने अब कसरी जोगाउँने?यसबारेमा उँहाहरु आफैले संगठानिक नियम बनाउँदा कसरि बनाउँनुहुन्छ?अल्पमतको फैसलालाई मानेर बहुमतको फैसलालाई तिलाञ्जलि दिएर उपाए लाग्छ कि लाग्दैन।
बहुमतले लाध्यो भन्ने कुराको हामि बिरोध गर्दछौँ बहुमत भित्र समितिमा निर्णय भैसकेपछि त्यो निर्णय बहुमतको हुँदैन त्यो पुरा संगठनको हुन्छ।त्यो कस्ले राखेको के प्रस्ताब थियो त्यसबारे फिल्डमा जिकिर हुँदैहुँदैन।यदि त्यसो गरिन्छ भने त हाम्रो र प्रतिकृयावादीको बिचमा कुनै फरकनै रहेन।
कुनै बेला बहुमतले गरेको निर्णयले संगठनलाई नोक्सान पुरायो अनि त्यो बेलाको अल्पमत पक्षले आर्को पटक आफ्नो उक्त प्रस्ताबलाई राख्न सकिन्छ।एक जना मित्रले भन्नुभयो हामिले बहुमतले लाधेको गलत तथा दक्षिणपन्थि लाईन मान्दैनौँ।एकदम ठिक यदि बहुमतले दक्षिण पन्थि बाटो छोपेकै हो भने उँहाहरुले आफ्नो गरिमा लाई जोगाउँन बिद्रोह गरेर क्रान्तिकारी बाटो रोज्नु पय्रो।त्यसो गर्दा के गर्ने?पार्टी संगठनका कार्यक्रातालाई गालिगर्ने सराप्ने वा संगठनलाई मिलिटेन्स बनाएर क्रान्तिकारी बाटो छोप्ने?क्रान्ति भनेको मनमा लागेर मात्र हुँदैन बिचारलाई किताब र कागजमा लेखेर मात्रैपनि हुँदैन भाषण छाँटेर पनि हुँदैन त्यो फिल्डमा उत्रिनैपर्छ।हाम्रो संगठनबाट विजय शर्मा सिपि गजुरेल सबै भन्दा पहिले क्रान्ति गर्न जानुभयो,त्यसपछि बाबुराम भट्टराई जानुभयो,अनि दिनानाथ शर्मा गिरधारी ज्यु र डिलाराम लगायतका साथिहरु क्रान्तिकारी बनेर निस्किनु भयो।उँहाहरुले के के गर्नुभयकोछ त्यो यँहा भन्न पर्दैन होला।
संगठनमा कयौँ ईमानदार शंघर्षसिल ब्याक्तित्वहरु पनि निरास भयर कुण्ठाग्रस्त भएर पाखा लाग्नु भयकोछ।आफुलाई चित्त नबुझेपछि कार्यक्षेत्रमा गएर आफ्नो मत प्रकट गर्नेलाई अराजकनै भनिन्छ।एकजना अर्का नेताले भन्नु हुन्छ मैले मेरो बिचारलाई तल सम्म झार्नुपय्रो भने तर त्यो बहुमतले मानेन भन्दै त्यो बहुमतले नमानेको बिचार तल जनता सम्म पोख्नुभयो।त्यो कुन कम्युनिष्टले अप्नाउँने टेक्नोलोजी हो?हामिले नबुझेको कुराहो।
हामिले बेला बखतमा अनुसाशन बिहिन काम गरेर आफुलाई निम्न स्तरमा लैजान्छौ।हामि कुन स्तरका हौं भन्ने बिचार समेत बिर्शिन्छौ।अनुशासन भित्र रहेर शंघर्ष गरेपछि सहि बिषयलाई पछि बहुमत मिल्न सक्छ तर आफु आत्तिएर कुन ठाउँमा के बोल्ने के नबोल्ने त्यो सबै बोल्न थालियो।
थुप्रै संगठनका साथिहरुका थुप्रै बिचारहरु हुनसक्छैन ति बिचारको थुप्राले मात्रै त संगठन चलाउँन सकिदैन।बिभिन्न खाले बिचारलाई फिल्टर गरेर देश परिस्थिति अबस्था अनुसार ठोँश निर्णय लिएर त्यसैलाई कार्यन्वयन गरिन्छ र गरेर जानुपर्छ।हिंजो उस्ले के गय्रो भन्दा पनि आज उस्ले के गर्दैछ भन्ने कुराले ठुलो र ऐतिहाशिक महत्व राख्छ।हामिलाई पनि थाहाछ धेरै साथिले ईमानदारीका साथ संगठनको लागि काम गर्नु भयकोथियो।तर पनि मरेका बा आमालाई त घाटमा सेलाउँनै पर्छ हामिले उँहाहरुलाई अघात माया गर्दा गर्दैपनि लाश बोकेर हिंड्न सकिदैन।बरु उँहाहरु पुर्नजीवीत हुनसक्नु पर्यो।
संगठनमा गोपनेता हुन्छ, आत्मलोचना र आलोचनाको ठाउँ हुन्छ।बिचारलाई छलफल गर्ने र बिचारलाई फिल्टर गर्ने ठाउँ हुन्छ।अनि त्यहि ठाउँ बाट गरिने ब्यबहार मा एकमना एकता गरेर बाहिर फिल्डमा झर्नुपर्छ भन्ने हामिलाई लाग्छ।मार्क्सवादी नियम भनेको यहि हुनुपर्छ।
महाधिबेशन सम्मेलन बाट लिएका निर्णयहरु त फेरि आउँने महाधिबेशन र सम्मेलनहरुले तजुर्मा गरेर फेरबदल गर्नेहोला!साथिहरु आत्तिएर आफ्नो मनमा जेलाग्यो त्यहिगरेर संगठनको बिकास गर्न खोज्नुहुन्छ भने हामिलाई केहि भन्नुछैन।सके सम्म क्रान्तिकारी बाटो छोप्नुहोला हाम्रो शुभ कामना पनिछ।कसैलाई तल पार्न आकासमा थुकेर होईन त्यो भन्दा शक्तिशालि नैतिकवान र अनुसाशित भयर सकिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?