शनिबार, साउन १२, २०८१

दुश्मनलाई खुसिपार्ने काम नगरौँ!

सुरेशकुमार पान्डे।
हामिले कुटनैतिक चाल चल्ननै जानेनौँ हामिले गरेको काम भनेको सामाजिकहो।हामी लामू समय सन१९७९देखि सामाजिक काममा लागिम संगठनको त्यो बेला संगठनको बिस्तार सामाजिक कामका लागिनै भयको थियो।हामि भारतमा पसेर आफ्नो जीवन यापन गर्ने तमाम नेपालीहरुको पक्षमा बोल्ने कुनै माईकालाल थिएन त्यो अबस्थामा श्रमजीवी जनताको हितका लागि अखिल भारत नेपाली एकता समाजको नाम बाट सात नोभेम्वर सन१९७९मा भारतको प्राचिन सहर बनारसमा एकता समाजको सात जना संस्थापक द्वारा गठन गरिएको एकता समाजको जस्तै जस्तै बिकास हुँन थाल्यो संगठन भित्रका कयौं नेताहरुको नियतमा खोट हुँन थाल्यो।हामिले उनिहरुलाई आफ्नो हक हितको रक्षाका लागि छानेर केन्द्रमा पठाउँछौँ त्यँहा बाट उनिहरु बिस्तारै अन्य राजनीति संग साँठगाँठ र वार्गेनिङ्ग गर्दै आफ्नो स्वर्थ पुरागर्छन।यो काम मा धेरैजसो झोला बोकका संगठनका पेसेबर साथिहरुलेनै गर्दै आए।
हाम्रा संगठनका कार्याक्रताले ईमानदारिताका साथ संगठनको बिकास दिनरात एक गरेर गर्छन।खाई नखाई जनताको माझमा पुगेर उनिहरुको सुख-दुःखमा भागलिएर एक-एकको घरदैलोमा गएर संगठनको बिकास गर्छन।तर उनिहरुले कहिलेपनि आफ्नो ब्याक्तिगत स्वार्थका लागि संगठनको कुनैदिन पनि उपयोग गर्दैनन।बरु आफ्नो पसिनाको कमाई बाट बच्चाको पेट काटेर आर्थिक सहयोग गरेर संगठनलाई बलियो बनाउँनेगर्छन।
भारत स्थित नेपालीहरुले राजनीतिको कखरा सिकेको नै अखिल भारत नेपाली एकता समाजमा लागेपछिहो।नेपाली एकता समाजले अनुसाशनमा रहेका आफ्ना कार्याक्रता सदस्य नेताहरुलाई देशको अबस्था र अन्तराष्ट्रीय अबस्थाको बारेमा सचेत गराउँदै सबैको चेतनस्तर उठाउँने प्रयात्न गर्छ।एकता समाजबाट सिकेर गएका नेताहरु आज कयौँ राजनीतिक पार्टीहरुका सोभा बढाएकाछन।एकता समाजले आजपनि देशभक्त कार्यक्रता तैयार पार्दैछ।
हामिले आम जनता जो देशमा काम नपाएर बिदेशीन बाध्य भयका हुन्छन उनिहरुलाई एउटै झण्डा मुनि गोलबन्द गरेर संगठनलाई बलियो बनाउँने कोसिश गर्दै आएकाछौँ।
हामिलाई लाग्छ हामि आर्काको देशमा आफ्नो बलियो एकता नभयर बाँच्न सक्दैनौँ त्यसकारणले गर्दा हामिले संगठनलाई बलियो बनाउँछौँ।त्यो मात्रै होईन हामि भारतमा आउँनु परेको कारण,भारतमा आएको आधार,हाम्रो हैसियत र हाम्रो अधिकारको बारेमा जन जनमा पुराउँने र जनतालाई जाग्रित पार्ने अभियानमा लागेका हुन्छौँ।भारतमा हामि दुई प्रकारका नेपालीहरु रहेको भयता पनि मुलतःहाम्रो समस्या लगभग एकै प्रकारको मिल्दो जुल्दो देखेपछि हामिले भारमा रहेका दुबै खाले नेपालीहरुलाई एउटै झण्डामा गोलबन्द हुन आग्रा र कपिल गर्दै आएकाछौँ।
हाम्रो संगठनमा लामू समय देखि कामगर्दै आउँनु भएका हाम्रा नेतागणहरु समय समयमा आ-आफ्नो स्वार्थ पुरागर्न अरु राजनीतिक पार्टीमा पलायन हुँनु भयकोछ।कयौँ यहि संगठनमा काम गर्दा गर्दै मरेर जानुभयो।मरेका साथिहरुले संगठनलाई दिजको योगदानलाई सम्मान गर्दै उनैले देखाएको बाटोमा आजपनि हामि हिंड्दैछौँ।
जो साथिहरु हाम्रो संगठनबाट निस्किएर जानुभयो उँहाहरुले आफु बस्दा सम्म संगठनलाई दिएको योगदान पनि हामिले भुल्न सक्दैनौँ।ईतिहाशलाई कसैले मिटाएर मिटिदैन।
हाम्रो संगठनले लिएको जनवादी र प्रगतिशिल बिचारबाट दुखि भएर कयौं देशि तथा बिदेशी प्रतिकृयावादीहरुले हाम्रै बिचका मौका परस्तहरुलाई आफुतिर खिंचेर हाम्रो संगठनलाई बद्नाम गर्ने प्रयात्न गर्दै आएको कुरा कसैबाट पनि लुकेकोछैन।
कयौं पल्ट एकतासमाजलाई सखाफ पार्ने खुलेआम भन्दै पनि हिँडेकाछन।पाँचौँ सम्मेलनको बेला हाम्रो संगठनलाई बद्नाम गर्न समानतर नाम राखेर सँगठन निरमाण गरेका थिए।त्यसैले आफ्नो छुट्टै पहिचान कायम राख्न आफ्नो नामको पछि मूलप्रबाह लाई थप गरियो जो”मूल प्रबाह अखिल भारत नेपाली एकता समाज नाम राखेका थियौँ।छैठों अखिल भारत सम्मेलनमा गिरधारी जी हरुले पुरै नयाँ समितिको यस्तो पाईनल तैयार पारेर पुरा संगठनलाईनै आफ्नो पोल्टामा पार्न खोजेका थिए तर उनि त्यो बेलामा पनि कामियाब भयनन्।संगठनको बुलेटिन”मूलप्रवाह”लाई संगठनको सम्पतिलाई लगेर ग एका हुँन।(जो पछि बन्दभयो)यस्ता सखाफ पार्ने धम्किहरु कयौँ पल्ट आएकाछन।
तर पनि संगठनिक गतिबिधि निरन्तर चलि र एकोछ।जाने गयकैछन बस्नेहरु बसेकैछन।हामिले समाज सेवा गर्न छाडेकाछैनौँ।अहिले पनि कुनै भेदभाव बिना काम चलेकोछ।हामिले यो चार दशकमा संगठनलाई सखाफ पार्न कमर कसेका देखि उनिहरुको बिरुद्धमा लड्दै आएका यिमानदार साथिहरुको हिम्मत र हौशलालाई नियाल्दै आएकाछौँ।अहिले साथिहरु अलि आत्तिएर संगठनलाई नोक्सान पुराउँन थाल्नु भयकोछ।उँहाहरुको यस्तो गतिबिधिले संगठनलाई त नोक्सान पुग्छनै हाम्रा दुश्मनहरु खुसि हुन्छन।हाम्रो एकता कम्जोर हुन्छ त्यसकारण समयमै साथिहरुले आफ्नो हठधर्मिलाई अहेंकारलाई त्यागेर संगठनको बिकासमा जोड दिनुहुँन सबैमा आग्राह ग्रदछौँ।
अहिले हाम्रो बिचको यो फुटले हाम्रो संगठनलाईनै ठुलो नोक्सान भयकोछ।संगठनका कयौँ कामहरुमा बाधा अड्चन आएकाछन।हाम्रो एकता बिन हामिहरुको उदेश्यपनि पुरा हुनेवालाछैन।एउटै सन्तानभित्रको यो गतिरोधलाई चिर्दै हामि सबैले संगठनको बिकाशका लागि एकमना एकता गरेर जानुपर्दछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal