शुक्रबार, बैशाख ७, २०८१

कविता > एमसिसी सम्झौता खारेज गरौं ।

 

कमला बगाले
जुठापौवा पाल्पा

राष्ट्रघाटी एमसिसी सम्झौता खारेज गरौं ।
देशभरिका श्रमजीवी जनता एक भएर उठौं।।
सानो देशलाई पनि गुलामी बनाउदै छन नेताले ।
एमसिसी खारेजको माग गर्छौं हामी नेपाली जनताले ।।

एमसिसी पास गराएर धनी बनाउछु भन्छन देशलाई ।
देशमा भएका भु-भाग र श्रोतहरु हस्तांतरण गर्दैछन विदेशीलाई।।
राष्ट्रघाटी एमसिसी किन देशमा भित्र्याउदै छौं ।
तिमी प्रधान भएर पनि देशलाई बचाउँने काम किन गर्दैनौं।।

श्रमजीवी जनताले नै चुनेर तिमी प्रधानमंत्री बन्यौं ।
आज तेहि श्रमजीवी जनतालाई सडकमा किन ल्यायौं ।।
यस्तो राष्ट्रघाटी एमसिसी पास गरेर के पाउछौं तिमीले ।
देशनै बेच्नको लागी बनाएका होइन प्रधानमंत्री जनताले ।।

हामी हिड्छौ अब सडकमा आन्दोलन गरेर ।
हामी जनता देखाउछौं अब एमसिसी खारेज गरेर ।।
तिमी प्रधानमंत्री भएर देशलाई टुक्राउन खोज्दैछौं ।
अब हेर हामी श्रमजीवी जनता देश बचाउन जुड्दै छौं।।

राष्ट्रघाटी एमसिसी सम्झौता खारेज हुनैपर्छ ।
अब तिमीले श्रमजीवी जनताका कुरा सुन्नै पर्छ ।।
देशविदेशमा भंएका नेपाली जनता उठौं अबत ।
एमसिसी सम्झौता खारेज गर्न उठौं सारा जगत ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?