शनिबार, साउन १२, २०८१

पाटी लाइन छोडे पछि कारबाही नगरेर फूलको माला लगाएर स्वागत गर्नु पर्थ्यो की?

 

बिन बहादुर रेग्मी प्युठानी

मार्गदर्शन अनलाईन मा सन्त बहादुर नेपाली को लामो लेख पढेँ,लेख राम्रो छ, धारा प्रवाह छ, लेख साच्चै हो कि जस्तो पनि लाग्छ, लेख पुरै मोहविक्रम को चर्चामा पूर्वाग्रही तरिकाले लेखिएको छ। आठौ महाधिवेशन को पारित दस्तावेजमा संसदीय चुनावमा भाग लिने ढोका खुल्ला छ भन्ने कुरा मा आपत्ति जनाइएको छ।

यो त रणनीति भयो तर कार्यकर्ता लाई कार्यनीति भनेर भ्रम पारिएको लेखिएको छ त्यसकारणले पार्टी संसदवादी भयो संसदवादी पार्टी दक्षिणपन्थी हो भनेर आफू क्रान्तिकारी बनेको प्रमाणित गर्न खोजिएको छ। हो त्यो शब्द वाक्य त्रुटिपूर्ण हुनसक्छ। त्यो हुनु हुँदैन भन्ने सुझाव एकदमै राम्रो हो। यसको अर्थ सुझाव दिने तरिका महाधिबेसनको विरोध गरेर हो त? आफ्नो प्रस्ताव अल्पमत भए पछि सार्वजनिक बहस गर्ने तरिका सही हो त? कार्यकर्ताले के बुझेका छन् भने यो अल्पमत र बहुमत महाधिवेशन बन्दसत्र हलमा सम्म मात्रै हो। महाधिबेसमा पास भएको कुरालाई मानेर जानु पर्छ। अल्पमतका विचार जति सबै अर्को महाधिवेशन सम्म रिजर्व राखिन्छ। यो त एउटा सामान्य समर्थक ले पनिस राम्ररी बुझेको कुरा हो नि। खोइ त पार्टी काममा लागेको? जागरण गर्ने छुट छ र ? महाधिबेसनको सार्बनिक विरोध गर्ने छुट छ र? फरक मतको दस्तावेजको किताब छापेर तल सम्म लैजाने छुट छ र? हाँक लगायत अन्य सबै निजी नाममा भएका सम्पति पार्टी को नाममा गराउनु पर्छ भन्ने निर्णय मान्नु पर्दैन र? आफै अनुशासन उलंघन गर्ने अनि कांग्रेसको पछि लागेर कारबाही गर्यो भन्ने। कांग्रेसमा पार्टी बिलय भएको हो र? के यिनीहरूलाई थाहाँ छैन दुस्मन शक्ति सँग पनि अमूक मुद्दामा संघर्ष एकता संघर्ष को विधि अन्तर्गत संयुक्त मोर्चा गठबंधन कार्यगत एकता हुन्छ।

त्यही संघर्ष एकता संघर्ष को विधि अन्तर्गत वलीको प्रतिगामी कदम रोक्न पाँच दलिय गठबन्धन मोर्चामा आबद्ध रहेको न हो। त्यसको पनि विरोध, पार्टीका सबै नीति निर्णयको बिरोध,समानान्तर कमिटी जागरण क्लब बनाएर विद्रोहको चलखेल के यस्ता गतिविधि अनुशासन उलंघन होइनन र? पार्टी लाइन छोडे पछि कारबाही नगरेर फूलको माला लगाएर स्वागत गर्नु पर्थ्यो की? यदि त्यस्तो आशा गरिएको हो भने बिल्कुल सम्भव छैन, जति मिलाएर जति लामा लेख लेखे पनि बेलुनमा हावा फुस्किय झै हो। कार्यकर्ता सचेत छन्, भ्रम दिएर समय खेर किन गर्छौ बरु छिट्टै नयाँ पार्टी खोल्ने र क्रान्ति सुरु गर्ने साइत सार्देऊ, हामीले शुभ कामना भनेकै छौं।

पछि गएर मसालले क्रान्ति गर्न दिएन भनेर बहाना बनाउन मिल्ने छैन। दिनदिनैको यो राजनैतिक पूर्वाग्रही , रिस आक्रोसको कुण्ठा को रोग पालेर कति दिन बस्नुहुने हो र? अझै पनि समय छ पार्टी सिस्टम प्रणाली प्रक्रिया मिलाएर मूल घर वापस फर्किनुस्, त्यो त सम्भव छैन किन कि पार्टी सिध्याउने खेल मा तपाईंहरूलाई मजा आइरहेको छ। जागरण वाला को नियतमा खोट छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal