शनिबार, साउन १२, २०८१

अवसरबादिहरुले क्रान्तिकारी पाटी किन छोड्छन?

बिन बहादुर रेग्मी (सुरत)
आदरणिय पाठकवृद! संग्रामी अभिवादन।
विचार प्रवाहको सन्दर्भमा वर्तमान परिस्थितीमा हामी कहाँ कसरि संगठित हुन आवश्यक छ त्यो बिषयमा संक्षेपमा चर्चा गर्ने प्रयत्न गर्नेछु यद्यपि म लेखक प्रशिक्षक वा राजनितिज्ञ चाहि होईन है। तसर्थ: कहाँ कुन शब्द लाईन वाक्य मिलेन यहाँहरूको सल्लाह सुझाव कमेन्टको आशावादी छु ताकि आगामी विचार प्रवाह स्तम्भलाई परिस्कृत पुरस्कृत गरि स्तरिय गराऊन मद्दत मिलोस।
बिषय प्रवेश:-
मानव समाजमा अनेकौ खालका विचारहरू प्रवाह हुने गरेका छन।धार्मिक सांस्कृतिक राजनैतिक विचारहरू ऊल्लेखनिय छन,कतिपय छाडा अमानविय असभ्य विचारलाई हामी यहाँ चर्चा गर्ने छैनौ।
नम्बर (01) धार्मिक विचार:- अलौकिक काल्पनिक नयाँ संसार जसलाई स्वर्ग भनेर भनिएको छ।मरेपछि त्यो स्वर्गको संसारमा सुख आनन्द पाऊने आशामा विभिन्न मानव जाती समाजमा धार्मिक विचारले जरा गाडेको पाईन्छ।लगभग सबै सामाजिक क्रियाकलापहरू तिनै धार्मिक विचार विधीको आधारमा चलेको पाईन्छ।जनम देखि मरण सम्म ति विधीहरू अपनाईन्छ।लुट शोषण र वर्चस्वको लागि एक धार्मिक समुदायले अर्को धार्मिक समुदाय माथि हमला आक्रमण गरेको पाईन्छ।आमुल परिवर्तन र कम्यूनिस्ट क्रान्तिको लागि धार्मिक विचार सबैभन्दा ठूलो बाधक बनेको मान्छन क्रान्तिकारी बाम्पन्थीहरू,त्यसैले ता धर्म अफिम हो भनेर स्पस्ट शब्दमा कार्लमार्क्सले व्याख्या गरिदिए।

नम्बर (02) सामाजिक विचार:- सभ्य समाजको निर्माणमा सामाजिक विचार हुनैपर्छ। प्रगतिशिल विचार द्वारा निर्देशित सामाजिक विचारले समतामूलक समाज निर्माणमा टेवा पुर्याऊछ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा गरेको सामाजिक काम सर्हानिय छ।यहाँ कतिपय मान्छेहरूले सामाजिक संगठन दर्ता गरेर पैसा ऊठाऊने र हडप्ने गरेको लुट र शोषणको जाली षड्यन्त्रको पर्दाफास गर्न जरूरि छ।

नम्बर (03) राजनैतिक विचार:- सत्तामा पुग्न र सत्ता संचालन गर्न राजनैतिक विचार हुनैपर्छ। वर्गिय समाजमा पुजिवादी राजनैतिक विचार र वामपन्थी राजनैतिक विचारमा ठूला ठूला भिषण रक्तपात हिंशक संघर्षहरू भएका छन।यतिबेला पुजिवादको चरमरूप साम्राज्यवादले वैस काडेको अवस्था छ।गरिब सर्वहारावर्ग पेट पाल्नकै लागि रातदिन मेहनत गरिरहेका छन।घरपरिवार देखी टाढा छन।तिनीहरूको भोको पेटबाट कहिले कतिबेला क्रान्तिकारी विद्रोहको ज्वालामूखि दन्किने हो भन्न सकिदैन।सर्वहारावर्गको अधिनायकत्वको लागि साम्यवादी समाज निर्माणको लागि मार्क्सवाद लेनिनवाद माओत्सेतुंगविचारधारालाई पथप्रदर्शक सिदान्त मान्ने कम्युनिस्ट क्रान्तिकारी राजनैतिक विचार आजको आवश्यकता हो भन्ने हाम्रो बुझाई छ। जसको रणनैतिक ऊद्येश्य दिर्घकालिन ससस्त्र संघर्ष द्वारा सत्ताकब्जा रहेको छ।त्यसैले ता चुनाव लडने जित्ने निमित्त कारणको लागि मात्र खोलिएका राजनैतिक दल विचारहरूलाई हामिले बुर्जुवाराजनिती भन्ने गरेका छौ।
~~>¤ पार्टि कमिटी भनेको के हो?
पार्टि भन्नाले सामान्यरूपमा निश्चित ऊद्यश्यको लागि राखिएको प्रोग्राम जस्तै विभिन्न अवसरहरू जन्मोत्सव,विजयऊत्सव खानपीन नाचगान मनोरंजन भन्ने बुझिन्छ भने राजनैतिक अर्थमा निश्चित राजनैतिक विचार द्वारा संगठित समुह दस्ता वा समिती लाई बुझिन्छ। राजनैतिक पार्टि कमिटी पनि दुई प्रकारका पाईन्छन।
(01) बुर्जुवा पुजिवादी पार्टि कमिटी:- यिनीहरूको ऊद्यश्य केवल चुनावी रणनिती बनाऊनु लडनु र जित हार को समिक्षा गर्नु मात्र हुन्छ। यिनीहरूले पनि गरिबी बेरोजगारी अशिक्षा थिचोमिचो अन्याय अत्याचार भ्रष्टाचारको बिरोध गर्छन ति सबै चुनावी मौसममा चर्चामा आऊछन।समस्या समाधानको कुरा गर्छन तर काम गर्दैनननननननन…..
(02) कम्युनिष्ट पार्टि कमिटी:- मार्क्सवाद लेनिनवाद माओत्सेतुंग विचारधारालाई पथप्रदर्शक सिदान्त मान्ने नौलोजनवाद समाजवाद साम्यवाद दिर्घकालिन रणनैतिक ऊद्यश्य बोकेको भुमिगत क्रान्तिकारी लौहअनुशासित अर्को शब्दमा भन्नु पर्दा सर्वहारावर्गको मुक्तिको लागी लेनिनवादी संगठनात्मक प्रणाली द्वारा प्रशिक्षित कमरेडहरूको टिम भन्ने बुझिन्छ। विभिन्न जनवर्गिय संगठनबाट आएका ति कमरेडहरू जनताको बिचमा आखाको नानी बनेर घुलमिल भका हुन्छन।तिनीहरू विभिन्न स्तरमा संगठित तरिकाले क्रियाशिल हुन्छन ,हामीले त्यसैलाई पार्टि कमिटी भन्ने गर्छौ।
समग्रमा पार्टि कमिटीमा क्रियाशिल कमरेडहरू तत्काल विश्व साम्राज्यवादको चरम ऊत्कर्षमा आफुले आफुलाई रक्षात्मक अवस्थामा भको महसुस गरे पनि चरम शोषण र लुटको साम्राज्यवादी स्वर्गमा भुईचालो ल्याऊन असम्भव नभएको आशावादी देखिन्छन र चुनौतीको सामना गर्दै अघि बढछन।चुनाव जित हारले आमुल परिवर्तन नहुने विश्वास राख्छन।

पार्टी किन छोड्छन्?
पार्टी भित्र विभिन्न प्रकारका सोच र चिन्तन भएका मान्छेहरू घुसेका हुन्छन्, तिनीहरूको निहित स्वार्थ पूरा हुने नदेखे पछि विभिन्न कारण देखाएर बाहिरिने प्रयत्न गर्छन्। मैंले गल्ति गरेको छु भन्न नमिल्ने, पार्टी नेतृत्व लाई गाली गलौच गरेर एक छिनको लागी अझ बढि क्रान्तिकारी जस्तो देखिएर पार्टी छोड्छन्। उनीहरूको निजी पारिवारिक निहित स्वार्थ पूरा गर्ने जोहोमा कोही एमालेमा बिलय हुन्छन् कोही माओवादी कांग्रेस मा जान्छन् कोही विद्रोहको नाउँमा हाइलाइट मा आउँछन् ताकि अरु पार्टीमा जानलाई वा बिलय हुनलाई मोल भाउ बढाउन सकियोस। यसरी एउटा जीवित पार्टीमा विचार प्रवाह को क्रममा यस्ता अवसरवादी अराजक तत्वहरू बेला बेलामा पार्टी शुद्धीकरण तहत सफाई हुँदै जान्छन्। यो सफाई अभियान एउटा जीवित क्रान्तिकारी कम्युनिस्ट पार्टी मा निरन्तर रुपमा चलिरहन्छ। पार्टीले पार्टी भित्र लुकेर बसेका अवसरवादी अराजतावादी तत्व हरुलाई निर्ममतापूर्वक सम्झौताहीन प्रकारले पार्टीबाट मुन्ट्याएर घोक्रेठ्याक पार्ने गरेको लामो इतिहास छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal