शुक्रबार, बैशाख १४, २०८१

बिचार शून्य मान्छेनै देशका धमिरा हुन

 

बिन बहादुर रेग्मी

 

हामी कहाँ छौ, हामी के सोचिरहेका छौं, हामी के गर्दैछौ त्यो कुराले हाम्रो व्यक्तिगत जीवनमा प्रभाव पार्छ। त्यही व्यक्तिगत जीवनले घर परिवार को दैनिकी जीवन शैली निर्धारित गर्दछ। त्यसको असर गाउसमाज पार्टी संगठन मा पनि पर्छ। अन्ततः देशको राष्ट्रिय राजनीति विकास मा असर पर्छ। त्यसकारणले हामीले के सोचिरहेका छौं कस्तो सोच सही हुन्छ त्यो आजको आबस्यकता हो।
प्रायजसो अविभावकले साना साना केटाकेटीलाई ठुलो भएर धेरै पढेस राम्रो नोकरी गरेस भन्ने आशीर्वाद दिनु हुन्छ। हाम्रो बालापनको बालमस्तिस्कमा राम्रो नोकरी गर्ने विचारले घर बनाएको हुन्छ। ठूलो भए पछि त्यही राम्रो नोकरी खोज्ने चक्करमा हन्डर ठक्कर खादै कयौ सयौ जोर जुत्ता फटाल्छौं। नेताको थुतुनो मन पर्दैन तैपनि नोकरी पाउने आशामा पछि पछि सुँघ्दै हिँड्न बाध्य हुन्छौं। उसकै ईशारामा जिन्दाबाद मुर्दाबाद गर्ने भइसकेका हुन्छौं। जस्तो नोकरी लाएँ पाएँ पनि कसरी हुन्छ पैंसा कमाउने नियत हुन्छ , त्यसरी अगाडि बढेको व्यक्ति विचारसुन्य प्राणि भइसकेको हुन्छ चाहे त्यो बिजनेस क्षेत्रमा जाओस् या सरकारी गैर सरकारी नोकरी गरोस। लुटपाट घुसघोर कमिशन को खेलमा मदमस्त जिन्दगी बाँचिरहेको हुन्छ। यसरी देश खोक्रो हुँदै गइरहेको हुन्छ। विचार सुन्य मान्छे नै देशको धमिरो हो। यदि साँच्चिकै देश बनाउनु छ भने पहिला त हरेक व्यक्ति प्रत्येक व्यक्ति वैचारिक रूपमा स्तर उठेको हुनै पर्छ। वैचारिक स्तर नउठनाको कारणले कयौँ मार्क्सवादी ठेली पढेका मान्छेहरू पनि दलबद्लुको शिकार हुने गरेका छन्। केही दिन अघि सम्म अखिल छैठौं कञ्चनपुर को नाममा अतिक्रान्तिकरी बन्दै पार्टी नेतृत्व को विरोधमा भ्रम पार्न फेसबूक सामाजिक सञ्जालमा नाना प्रकार का पोस्ट शेयर गर्ने मान्छे सबै छोडेर माधव नेपाल को पार्टीमा हुइकिएछन। यस्तो हुन्छ वैचारिक स्तर नउठेको मान्छेको जिन्दगी। ती मान्छेहरु त्यहाँ पनि कति दिन टिक्छन ग्यारेण्टी हुँदैन। धेरै साथीहरुले नेतृत्वको केही कमजोरी छ र त यत्रो फुट विद्रोह हुँदैछ मिलाएर लैजानु पर्छ भन्ने कुरा राख्नु भएको छ। मिलाएर लैजाने कुरा नराम्रो होइन। कम्युनिस्ट पार्टीको एउटा सदस्य तयार पार्न वर्षौं लाग्छ। कोही सदस्य बाहिर जाओस् भन्ने पार्टीले कदापि चाहँदैन। पार्टीमा कोही कसैको दया मायाँ कृपाले टिक्ने पनि होइन। पार्टी चलाउने आफ्नै पद्धति प्रक्रिया प्रणाली छ। पार्टीमा टिक्नु छ भने प्रत्येक सदस्यले पार्टी पद्धति प्रक्रिया प्रणाली को अधिनमा रहनै पर्छ। हामीले त्यसरी नै पार्टीलाई जोगाउन सक्छौं भन्ने मेरो बुझाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?