बुधबार, फाल्गुन ६, २०८२

@ गजल@

मरुभूमि थियो न लगाउन न त फलाउन मिल्छ।
ढलि सकेको भुईलाई फेरि कहाँ ढलाउन मिल्छ?

उस्लाई डढेलो बन्ने अन्तिम चाहना पनि हुनसक्छ,
मसान घाटको खरानी फेरि कहाँ जलाउन मिल्छ?

कुकुर बस्छन् चौकोमा त्यहाँ पण्डितका घरभरि,
मान्छेलाई घरको चौकोमा कहाँ बोलाउन मिल्छ?

सहनुको बिकल्प छैन भन्छन् मृत्युुले चापे पनि,
राज्यका सम्मेन्त्र जनताले कहाँ चलाउन मिल्छ?

उकालो होस कि अोरालो वा तेर्सो परोस यात्रा,
यात्रु गल्न सक्छन् यात्रा त कहाँ गलाउन मिल्छ?

मुकुन्द राज रोका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal