शुक्रबार, बैशाख ७, २०८१

अबको नेतृत्व कस्तो र कसको हुने ?

देशले आगामी निर्वाचनमा कस्तो र कस्को नेतृत्व पाउँछ भन्ने कुराको फैसला भर्खरै भएका बिभिन्न पार्टीका महाधिबेशन र त्यसबाट आएको नयाँ नेतृत्वले पुष्टी गर्दछ ।एमालेको सरकार भएमा के पी ओली , काँग्रेसको सरकार भएमा शेर बहादुर देउवा , माओबादी केन्द्रको सरकार भएमा पुष्प कमल दाहाल प्रचण्ड , रा प्र पा को सरकार भएमा राजेन्द्र लिङ्देन हुनेछन् ।यसले के देखाउँछ भने नेपाली जनताले आशा गरेको सम्बृद्धि यी कुनैबाट पनि सम्भब छैन । किनकी यी सबै लिङ्देन बाहेक सबै “टेस्टेड” नेताहरू हुन् ।” टेस्टेड”नभए पनि लिङ्देन “ले पनि फेलियर “ ब्यबस्थाको वकालत गरेकोले नेपाली जनता अब राजतन्त्र फर्काउन लालयित छैनन र हुँदैनन् पनि जसरी राणा शासन र पन्चायत फर्काउन भएनन् । जुन समयका लागि उनीहरूको आबश्यकता थियो त्यो आन्दोलनको नेतृत्व गरे र एउटा बिन्दुमा पुर्याए ।त्यो नै त्यो समाजको माग थियो त्यतीबेला यिनीहरूको नेतृत्व आआफ्नै प्रकारले ठिक थियो ।
अब त्यो “स्टेज” पार भैसकेको छ र दोस्रो प्रकारको आन्दोलनको आबश्यकता देशले मागेको छ ।तर उनीहरूलाई ससम्मान बिदाई मागेको अबस्थामा पनि उनीहरूकै पुनरावृति हुनु र अझै त्यसका संकेतहरू देखिनु शुखद र सकारात्मक छैन र होईन ।त्यसको ठाउँमा मातृभूमिले नयाँ नेतृत्व जन्माउनु पर्दछ र उसले मात्रै नयाँ कार्यभारलाई अगाडि बढाउन सक्छ । सामन्तबादको नामेट भएको छैन , भूमिमाथि जमिन्दारहरूको हैकम र राज कायमै छ । भूमाफियाहरूले त्यसमा अर्को प्रकारले स्वामित्व हत्याउन र दलाल पुँजीपतीहरू सँग मिलेमतो गरेर राष्ट्रिय पूँजी र त्यसको श्रोतहरूको दोहन गर्दै छन् । साना र मझौला किसान र उद्योग ब्यबसायलाई प्रोत्साहन होईन निरूत्साहित गर्नमा नै उनीहरूको ध्यान केन्द्रित छ । बिचौलिया र दलालहरूले सबै राज्य सम्यन्त्रमा कब्जा जमाएको अबस्था छ । अहिलेको नेतृत्वले जानेर नजानेर प्रत्यक्ष अप्रत्यक्ष रूपमा उनीहरूलाई सघाई रहेको छ ।
बिश्व प्रबिधि र सूचनाको तिब्र गतिमा अघि बढिरहेको छ ।एउटा हत्केला भित्र बिश्व सिमित भएको छ र सिमा रहित प्रयोग गरेर दलाल पूँजीबाद र पूँजीबादले जरा फिंजाईरहेको छ । ठूला ठूला बैंकिंग कारोबार ,”ईबिजिनेस “र “ क्रिप्टो करेन्सी “ जस्ता कारोबारले संसार कब्जा गरिरहेको छ । तर “साईबर “आन्दोलनको दुनियामा हाम्रो देश कमजोर छ । “साईबर”आन्दोलनको नाममा पार्टीको प्रचार समूह भन्दा माथि जान सकेको छैन ।त्यो पनि निकै निम्छरो तयारीमा । त्यसको परिपक्वताको तयारी गर्नका लागि त्यसका “टेक्नोक्रयाट”हरूलाई राज्यले संरक्षण र प्रोत्साहन गर्नुपर्दछ ।त्यो अहिलेको नेतृत्वबाट सम्भब छैन । किनकि अहिलेको नेतृत्वले “भर्चुवल “ प्रबिधिको सहि प्रयोग गर्नै सक्दैन । त्यसकालागि नयाँ प्रबिधिका “सफ्टवयर “र “हार्डवेयर”को युद्ध लड्न सक्ने बौद्धिक जमात चाहिन्छ । त्यसको प्रयोग हामीले गर्न सकेका छैनौं । याने कि राम्रा राम्रा मेघावी प्रतिभाहरू बिदेश पलायन हुनु र सम्बन्धित राष्ट्रहरूले आफ्नो खपतका लागि बढि नै सुबिधा दिएर राख्नु । नेपालले आफ्ना “स्कलर “ प्राबिधिकहरूलाई फर्काएर देशमा सहि खपत गराउन नसक्नु अहिलेको नेतृत्वको “फेलियर पोईन्ट “ हो ।महाविर पुन र सन्दुक रूईत जस्ता होनहार प्रतिभाहरूको माग सम्म त पुरा गर्न सकेको छैन । “गोल्ड मेडलिष्ट” र “नेभर सेकेन्ड”लाई देशका लागि “बिजिनेस” दिन नसकेर बिश्वका अरूमुलुकले प्रयोग गरिरहेछन् । सबै उर्वर मानव शक्ति र जनशक्ति हरियो पासपोर्टमा “रेमिट्यान्स”का श्रोत मात्रै भएका छन् । बृद्ध र बयोबृद्ध अनि २० भन्दा तलका मान्छेहरूको जमातमा अहिलेको नेतृत्वले शासन गरिरहेको छ । स्वयं नेतृत्वमा नै बृद्ध र बयोबृद्धहरूको बाहुल्यता र राज छ । अनि कसरी बिकाश प्रेमी पिंढिले काम गर्न सक्छ देशमा । तसर्थ यसको अप्रेशन गर्दै देशले समयको मागलाई बोकेर हिड्ने नयाँ नेतृत्व जन्माउन सक्नु पर्छ र जन्मिनु जरूरी छ ।यो समयको माग हो र अबश्य ढिलो चाडो यो माग देशले पुरा गर्दछ नै ।
त्यसका लागि नयाँ नेतृत्वले यी कुरामा ध्यान दिन सक्यो भने देश सम्बृद्ध हुन धेरै समय लाग्ने छैन । जसको चर्चा यसरी गर्न गैरहेको छु । सर्व प्रथम त परराष्ट्र निति जुन सरकार आउँदा पनि नफेरिने र राश्ट्रियता , स्वाधिनता र राष्ट्र सँघको बडापत्र र पन्चशिलको शिद्धान्त बमोजिम तटस्थ रहने खालको हुनु जरूरी छ त्यसका साथै देशको आन्तरिक पक्ष बलियो बनाउनु पर्दछ । आन्तरिक शक्ति बलियो बनाउन ब्युरोक्रेसीमा राजनीतिक नियुक्ति हुँनु हुँदैन र राजनीतिक प्रभाब होईन सिस्टम ओरियन्टेड हुनुपर्छ ।जुन सरकार भए पनि राज्यले निर्दिष्ट गरेका राज्यका निर्देशक शिद्धान्तका आधारमा चल्ने ।त्यसपछि यी कुरामा थप ध्यान जान सक्नुपर्छ ।त्यसका लागि नागरिक र नेतृत्वको भूमिका बारे यहाँ छोटो चर्चा गर्न चाहन्छु ।
२० देखि ६० बर्ष उमेर समूहका मानिसहरूमा भएको उर्वर मानसिक शक्ति ,शारीरिक तन्दुरूस्ती र तिब्र ईच्छाशक्तिलाई राज्यले सहि ब्यबस्थापन गर्ने हो भने देशको बिकाश गर्न बढिमा २५ बर्ष लाग्छ ।यसो गर्दा सबैले देशको मुहार फेरिएको आफ्नै आँखाले देख्न सक्नेछन् ।
२० बर्षको युवा ४५ बर्षको हुनेछ भने ६० बर्षको परिपक्व नागरिक ८५ बर्षको हुनेछ । ८५ बर्षको बृद्ध आफ्नो देशको बिकाश आफ्नै आँखा अगाडि सजाएर अझै केहि दिन बाँच्ने साहस भर्नेछ भने २० देखि ६० भित्रका नागरिकहरू बदलिंदो परिस्थिति सँगै नयाँ जिम्मेवारी र श्रृजनामा सरिक हुन पाउनेछन् ।
२० भन्दा तलको उमेरका नानी बाबुहरूको कलिलो दिमागमा राष्ट्र , राष्ट्रियता र स्वाधिनताको प्रयोगात्मक शिक्षा दिन सक्नेहो भने बाँकी अभिभारा उनीहरूले स्वयम् बोक्न तयार हुनेछन् ।त्यस्तै ६० माथिका नागरिकले तलका उमेर समूहलाई सहि सल्लाह र सुझाब दिदैं आफ्नो पाको उमेरलाई संस्कार र संस्कृति रक्षामा खटाउन सक्ने हो भने सबै उमेर समूहलाई आफ्नो देशप्रति माया र समर्पण भाव जागृत हुनेछ । जहाँ गए पनि हामी नेपाली यस्ता भनेर गर्व गर्न सक्नेछन् ।
मान्छे मान्छे बन्न सिके पुग्छ ,कोहीडाक्टर ,नर्स ,ईन्जिनियर ,ओभरसियर ,पाईलट ,मेकानिकल,शिक्षक ,सेना ,पुलिस ,कलाकार ,खेलाडी ,राजनीतिज्ञ,वकिल ,कर्मचारी ,मजदुर आदि त मान्छे भएपछि हुने हो । कुनै पनि काम न सानो हुन्छ न ठूलो हुन्छ ।सबैको आआफ्नै भूमिका र महत्व हुन्छ ।
कामका आधारमा मान्छेले मान्छेलाई गर्ने मूल्यांकन र हेर्ने नजर बदल्नु जरूरी छ । मानौं ,हाम्रो शरिरका अंगहरूमा आँखा ठूलो कि खुट्टा , खुट्टा ठूलो कि हात, टाउको ठूलो कि गुद्वार या मुत्रासय ? अब अनुमान गरौं ,सबैको आआफ्नो ठाउँमा आआफ्नै भूमिका र महत्व छ ।त्यसैले काम पनि त्यस्तै हो ।
कुनै पेशा पनि आफैमा पूर्ण छैन । मानौं, ईन्जिनियर र ओभरसियरले आफ्नो काम सम्पन्न गरेपछि त्यहाँ मजदुर चाहिन्छ ,कर्मचारी चाहिन्छ ,ड्राईभर चाहिन्छ ,लगानीकर्ता चाहिन्छ आदि आदि ।स्कूल तयार गरेपछि शिक्षक ,कर्मचारी र बिद्यार्थी चाहिन्छ ।त्यतीले मात्रै पुग्दैन अभिभाबक चाहिन्छ ।समाज चाहिन्छ । तब मात्र स्कूल चल्छ ।फेरी सरकार चाहिन्छ ,पाठ्यक्रम चाहिन्छ ,पाठ्यपुस्तक चाहिन्छ ,तलब दिन पैसा चाहिन्छ अनि फेरी नागरिक चाहिन्छ ।यसरी कुनै पनि काम एक्लैमा सम्भब छैन ।सूचना दिन पर्यो संचार कर्मी चाहिन्छ ,सुरक्षाका लागि सेना ,पुलिस ,मनोरन्जनका लागि कलाकार ,खेलाडी चाहिन्छ ।त्यसका लागि ब्यबस्थापक चाहिन्छ ;यस्तै यस्तै ।
बिकाश सबैको गठजोड र सहि दृष्टिकोणले मात्रै सम्भब छ ।सबैको समान अस्तित्व कायम गर्न र क्षमता अनुसारको काम र काम अनुसारको दामको ब्यबस्था हुन सक्यो भने पक्कै पनि सबैको जिवन सहज र सरल हुनेछ । बालक र अशक्तहरूका लागि राज्यकोषबाट भरण पोषणको ब्यबस्था हुने होभने बास्तबमा समाजमा सामाजिक बिकृति पनि हटेर जानेछ ।अल्छि र ठगहरू अनि भ्रष्ट आचरणका प्रबृत्तिहरू निरूत्साहित हुनेछन् ।सबै काममा सरिक हुनेछन् ।सकुन्जेल देशका लागि काम गर्नेछन् भने नसक्ने हुँदा राज्य अबिभावक हुनेछ ।अबको नेतृत्व यी कुरामा आधारित भएर जन्मिने कामना गरौं ।
हेमलाल गौतम
अन्तराष्ट्रिय नेपाली एकता समाजको सल्लाहकार तथा जापान नेपाली एकता समाजको सदस्य

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?