शनिबार, साउन १२, २०८१

एक गिलास चिया गफ

 

विन बहादुर रेग्मी प्युठानी

आदरणिय पाठक मित्रहरू! नमस्कार
आज पनि सधैं झैँ तपाईहरु सँग भलाकुसारी गर्ने विचारले आएको छु। यो भन्दा पहिले पनि मेरा धेरै लेख रचना शैली मन पराएर लाइक कमेन्ट शेयर गर्नु भएको छ। यहाँहरु सबैलाई हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु। मन त छ सबै सबै सँग प्रत्यक्ष रूपमा भेटेर एक एक गिलास चिया गफ गर्ने तर सबै सँग सम्भव पनि छैन। केही साथीहरूलाई भेटेर एक एक गिलास चिया गफ गर्ने मौका मिलेको हो। उहाँहरू संगको चिया गफ मैले यहाँ पस्किने जमर्को गरेको छु। एक गिलास चियामा कति गफ भयो होला र? एउटा प्रश्न उठ्न सक्छ। हो नि हजुर, सामान्य रूपमा एक गिलास चियामा गफ धेरै हुँदैन, केवल हेराहेर मात्रै हुन्छ तर वर्गिय मायाले लछप्प भिजेका, क्रान्तिकारी सोचले ओतप्रोत भएका, आमूल परिवर्तनको लागि आफूले आफैलाई समर्पित गरेका राता मान्छेहरू भेट हुँदा एक गिलास चिया गफमा लगभग एक परिवर्तनकारी खण्डकाव्य नै तयार हुँदो रहेछ। त्यतिबेला कयौ सयौ भौतिक दूरी पार गरेर भेट भएका हुन्छौं। आफ्नो काम धन्दा नोकरी पेशा थाती राखेर समय मिलाएका हुन्छौं। केवल भोलिको लागि बाटो तय गर्न, केवल संसार लाई चिन्न र बुझ्न, केवल प्रतिक्रियावादी राज्य व्यवस्थालाई धोस्त पार्ने योजना बनाउन। त्यतिबेला एक गिलास चिया मात्रै साक्षी हुन्छ। हाम्रो गफ राजनैतिक दस्तावेज बनिसकेको हुन्छ। मैंले नेपाली समाचार साप्ताहिक र नेपाली एकता अनलाईन मा कोटफूर्षे को नाममा काका र फुचुङ्ग्रि व्यङ्ग्यात्मक धारावाहिक श्रृंखला दिने गरेको छु। कयौ चिया गफ काका र फुचुङ्ग्रि को कारणले बढेका छन्। धेरैले मन पराएर लाइक कमेन्ट शेयर गर्नु भएको छ। झिमरुक पोष्ट अनलाईन खबर मा पनि धेरै सनसनीपूर्ण लेख प्रकाशित हुने गरेको छ त्यसले गर्दा पनि चिया गफ बढेको छ। जिन्दगीमा चिया गफ को यो मोडमा आफूलाई पाउँदा खुशी छु। हामीले चिया गफ गरेर क्रान्तिकारी भइन्छ भनेका छैनौँ। बरु पार्टी लाई संकटको समयमा साथ दिन, पार्टीमा बेला बेलामा देखा पर्ने अवसरवादी अराजकतावादी हमलाको सामना गर्न हामीले फिल्डमा के कति भूमिका निर्वाह गर्यौं त्यो समिक्षा गर्ने गरेका छौं। हामीलाई थाहा छ नेकपा मसाल एउटा अर्धभूमिगत कम्युनिस्ट पार्टी हो। यो पार्टीको संगठनात्मक ढाचा गोपनीय छ। ठूला ठूला कार्यक्रमहरू भूमिगत रूपमा हुने गर्छन्। जसको जानकारी सम्बन्धित च्यानलबाट मात्रै गराइन्छ। पार्टीको सर्वोच्च अंग महाधिबेसन हो। जसको समाचार भूगोलको कुनै ठाउँमा महाधिवेशन सम्पन्न भयो भनेर समाचार आउँछ तर गत आठौ महाधिवेशन सम्पन्न भए पछि अल्पमत पक्ष भनिने फुट परस्त तत्वहरू सामने आए। सबै कुरा बाहिर ल्याइदिए। जुन प्रकारको हौवा फैलाएका थिए ति सबै पार्टी निति र अनुशासनको खिलाफ थिए। हाम्रो चिया गफ मा यिनै कुरा भए। आफू कता जाँदैछन्? थाहा छैन मसाल कता जाँदैछ चिंता गर्छन। मसालले क्रान्ति गरेन भन्दै कथित जागरण क्लब खोलेका बिद्रोही हरु ढिलो छिटो तितर वितर भइसके त। आखिर तिनीहरू कति क्रान्तिकारी रहेछन रहस्य खुल्यो त। भ्रममा परेका साथीहरु मूल घरमा वापस आई सक्नु भएको छ, आउँदै हुनुहुन्छ यो खुशीको कुरा हो। हाम्रो चिया गफ ले यति काम त गर्यो। हाम्रो वर्गिय मायाले अलग हुन दिँदैन। साथीहरु लाई हामीले हार्दिकता का साथ स्वागत गर्यौ। पहिला पनि क्रान्ति गर्न भनेर पार्टी छोडेर जानु भएका साथीहरु कसैले क्रान्ति गरेको देखिएन। बरु घर गोठमा टिन लगाए, पोखरा बटौलिमा घर घडेरी किने त्यसलाई हामीले क्रान्ति मान्दैनौं। कोही कोही गोलमेच सम्मेलन भन्दै कुहिरोमा काग हराए झैँ हराए त्यसलाई कसरी क्रान्ति भन्न सकिन्छ र? उहाँहरुलाई बाटो दोबाटोमा भेट्दा हामी सोध्छौ नि हजुर त क्रान्ति गर्न गाको होइन र? उहाँहरुको चेहरामा हामी संग बसेर एक गिलास चिया गफ गर्ने हिम्मत हुँदैन। सिधै भन्नुहुन्छ। तपाईहरु ठीक ठाउँमा हुनुहुन्छ। तपाईं भएको पार्टीमा विचारको राजनीति हुन्छ, अनुशासन छ, भबिस्य छ। हामीले बाटो बिराएर टाढा पुगि सक्यौँ। यहाँ त केवल तानातान छ। भने पछि हेर्नुहोस त हाम्रो एक गिलास चिया गफ को कमाल….
(लेखक:- मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनुहुन्छ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal