शनिबार, साउन १२, २०८१

एमसीसी र ईन्ड़ो प्यासिफिक रणनीति

खगेन्द्र छन्त्याल
के हो एमसीसी ?
सन् १९९०–९१ र २००१ मा भएको आर्थिक मन्दीले अमेरिकी अर्थतन्त्रलाई निक्कै नोक्शानी ग–यो ! सन् २००२ सम्म आउदा चिनियाँ आर्थिक बृद्दी दर ९ प्रतिशतले उक्लियो तर अमेरिकी आर्थिक बृद्दी दर केवल २ प्रतिशतले खुम्चियो ! यति वेला अफ्रिका,एशिया र ल्याटिन अमेरिकाका देशहरुमा चिनिया लगानी ब्यापक बिस्तार भयो ! खास गरि अफ्रिकी महादेशमा चिनिया लगानीको बिस्तार भयो ! तर अमेरिकी लगानी निक्कै साघुरियो ! यो अवस्थामा अमेरिकाले चिनियाँ लगानीका प्रभावलाई नियन्त्रण गर्न आवस्यक महशुस ग–यो ! तर अमेरिका संग भएका बिधमान कुनैपनि आर्थिक संरचनाहरु चिनियाँ आर्थिक प्रभावलाई टक्कर दिने तथा नियन्त्रण गर्न सक्ने स्थितिमा थिएनन् ! यहि सेरोफेरोमा एमसीसी (मिलियन च्यालेन्ज कर्पोरेशन) को परिकल्पना भयो ! तत्कालिन अमेरिकी रास्ट्रपति जर्ज बुशले सन् २००२ मा नै एमसीसी सम्बन्धि कार्यक्रमको घोषणा गरेतापनि अमेरिकी कंग्रेसले यसलाई सन् २००४ मा मात्र पारित ग–यो र सोहि अनुसार यसको स्थापना गरियो ! बाहिरी रुपमा आर्थिक बिकास मार्फत गरिवी न्यूनीकरणको उद्देस्य रहेतापनि भित्रि रुपमा जहा चिनको आर्थिक लगानी र प्रभाव बिस्तार हुदैछ ति ठाउहरुमा अवरोध शिर्जना गर्ने यसको उद्देस्य बन्यो ! गरिवी न्यूनीकरणको निम्ति भनियतापनि गरिव मुलुकलाई सहजै सहयोग गर्ने एमसीसीको प्रावधान छैन ! कुनै दिन अमेरिकाले नाकाबन्दी गरेको तथा अमेरिकाले व्याख्या गरेजस्तो प्रजातन्त्र नभएको मुलुकलाई एमसीसीले सहयोग गर्न नमिल्ने शर्तहरु राखिएका छन् ! साथै नवउदारवादी अर्थव्यवस्था नअंगालेका मुलुकलाई पनि यसले सहयोग नगर्ने शर्तहरु उल्लेख गरिएकाछन !
‘ईण्डो–प्यासिफिक रणनीति’ संग एमसीसीको सम्बन्ध
सोभियत संघको पतन पछि करिव एकदशक सम्म एक्लो दादागिरीको रुपमा देखिदै आएको अमेरिकाको निम्ति चिन चुनौतिको रुपमा देखा पर्नथाल्यो ! अर्थतन्त्र र सैन्यशक्तिमा चिन सवै भन्दा शक्तिशाली रास्ट्रको रुपमा उदय हुनथाल्यो ! अव अमेरिकाले चीनलाई आर्थिक क्षेत्रमा मात्र रोक्न सम्भव भएन राजनैतिक र सामरिक क्षेत्रमा पनि रोक्नु पर्ने भयो ! यसैको फलस्वरूप सन् २०१७ मा जन्म भयो ’ईन्ड़ो प्यासिफिक रणनीति ’ ! वास्तवमा ईन्ड़ो प्यासिफिक क्षेत्रका देशहरु प्रति अमेरिकाले अपनाउने नीतिलाई नै ईन्ड़ो प्यासिफिक रणनीति भनिन्छ ! राजनीतिक कार्यक्रम अन्तर्गत पश्चिमा परिभाषाको ‘प्रजातन्त्र’ अर्थात् उदारवादी प्रजातन्त्रको रक्षा र प्रवर्द्धन गर्ने । यस अन्तर्गत उसले पुजिवाद बिरोधि प्रगतिशील तथा क्रान्तिकारी शक्तिलाई दमन गर्न चाहन्छ !
आर्थिक कार्यक्रममा नवउदारवादी अर्थव्यवस्थाको प्रवर्द्धन गर्ने र अमेरिकी पूँजीपतिका लागि सहज बजार निर्माण गर्ने , अमेरिकी अर्थतन्त्रलाई शक्तिशाली बनाई राख्ने । विश्वबजारमा अमेरिकी पूँजीपतिका लागि सधै अवसर सिर्जना गरिरहने ! यस अन्तर्गत सन् २०४० सम्म इन्डो प्यासिफिक क्षेत्रमा सिर्जना हुने विशाल ऊर्जाबजार (विश्वबजारको ६० प्रतिशत ऊर्जा) अमेरिकाले आफ्नो नियन्त्रणमा राख्न चाहन्छ !
सामरिकरुपमा अमेरिकी हतियार बिक्री गर्नु,संयुक्त सैन्य अभ्यासको नाममा इन्डो प्यासिफिक क्षेत्रका सैन्य संयन्त्र कब्जा गर्नु उसको लक्ष हो ! यस अन्तर्गत हाल ‘युएस इन्डो प्यासिफिक कमान्ड’ अन्तर्गत ३ लाख ७५ हजार अमेरिकी सेना यो क्षेत्रमा प्रत्यक्ष कार्यरत छन् र यो संख्यालाई बढाउने प्रयास भइरहेको छ । साथै सैन्य शक्तिको प्रयोग गरेरै भयपनी चीनलाई महाशक्ति बन्नबाट रोक्नु पनि इन्डो प्यासिफिक रणनीतिको अर्को सामरिक लक्ष हो ! यस अन्तर्गत इन्डो प्यासिफिक क्षेत्रका मुलुकहरुका रणनीतिक र सामरिक महत्वका ठाउँहरुमा नियन्त्रण जमाउनु उसको पहिलो काम हो ! स्वभाविकैरुपले नेपाल चीनसँग जोडिएको मुलुक भएकाले चीनका लागि महत्वपूर्ण छ यही कारणले नै अमेरिकाका लागि पनि महत्वपूर्ण छ । त्यसकारण अमेरिकाले नेपालका विभिन्न रणनीतिक र सामरिक महत्वका ठाउँहरु नियन्त्रण गरेर ति ठाउ हरुलाई भोलिको निम्ति युद्ध मैदान बनाउन चाहन्छ !
यस अघि पूर्वी र दक्षिण एशियाली देशहरुलाई हेर्ने अमेरिकी रणनीतिलाई एशिया प्यासिफिक रणनीति भनिन्थ्यो ! चीनको उदयले भारत र अमेरिकालाई बृहत्तर रणनीतिको एकै धरातलमा उभ्याइदियो । सन् २०१७ मा तत्कालिन अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई यो रणनीतिमा सामेल गरेपछि भारतलाई महत्व दिदै यसको नाम ईन्ड़ो प्यासिफिक राखियो ! ‘इन्डो’ शब्दले इन्डोनेसियादेखि भारतसम्म (इन्डिया) र उनीहरूको प्रभाव क्षेत्रका देश र हिन्द महासागरलाई जनाउछ ! अमेरिका प्रशान्त महासागरमा अवस्थित राष्ट्र मानिन्छ । त्यसकारण ईन्ड़ो प्यासिफिक रणनीति एशिया प्यासिफिक रणनीतिकै निरन्तरता हो !
भनिन्छ, डिसेम्वर २०१८ मा तत्कालिन पररास्ट्र मंत्री प्रदिप ज्ञवालीलाई अमेरिका वोलायर हस्ताक्षर गरायर नै अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिमा समावेस ग–यो ! फलस्वरुप लगत्तै अमेरिकाले नेपाली सेनालाई दुई ुस्काइ ट्रक’ उपहार दियो ! साथै अमेरिकाको इन्डोप्यासिफिक कमान्डका सैनिकसँग नेपाली सेनालाई मुस्ताङमा संयुक्त सैन्य अभ्यास पनि गरायो । ईन्ड़ो प्यासिफिक रणनीति वास्तवमा ‘नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशने’ अर्थात ‘नाटो’ को अर्को र नयाँ रूप हो । कुनै दिन सोभियत सङ्घलाई घेर्नको निम्ति अमेरिकाले ‘नाटो’ बनाएको थियो । अहिले चीनलाई घेर्नको निम्ति उसले ईन्ड़ो प्यासिफिक रणनीति निर्माण गरेकोछ ।
ईन्ड़ो प्यासिफिक रणनीतिले ३ वटा कामहरु अर्थात आर्थिक, राजनैतिक र सामरीक काम गर्ने निश्चित भए पछि एमसीसीलाई पनि ईन्ड़ो प्यासिफिक रणनीति अन्तर्गत नै ल्याईयो ! ईन्ड़ो प्यासिफिक रणनीति अन्तत ः अमेरिकाको फौजी रणनीति हो ! यसको संचालन अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गर्दछ ! फौजी रणनीतिलाई सफल पारेर राजनैतिक अभिस्ट पुरा गर्नको निम्ति सबभन्दा पहिले आर्थिक रणनीति पुरा गर्नुपर्ने हुन्छ ! त्यसकारण फौजी ,राजनीतिक र आर्थिक यी तिन वटै रणनीतिमा सफलता प्राप्तिको निम्ति एउटा सशक्त ’युनिफाईड कमाण्ड’ को आवस्यकता पर्दथ्यो ! वास्तवमा यहि कारणले पनि एमसीसीलाई ईन्ड़ो प्यासिफिक रणनीति अन्तर्गत ल्याईयो !
एमसीसीका पक्षधरहरुको भनाई के छ भने ईन्ड़ो प्यासिफिक रणनीति भन्दा एमसीसी पहिले स्थापना भएको हो त्यसकारण एमसीसी ईन्ड़ो प्यासिफिक रणनीति अन्तर्गत पर्दैन ! हो, ईन्ड़ो प्यासिफिक रणनीति भन्दा एमसीसी पहिले स्थापना भएको कुरा सत्य हो तर त्यही आधारमा एमसीसी ईन्ड़ो प्यासिफिक रणनीति अन्तर्गत पर्दैन भन्नु हास्यास्पद हुन् जान्छ ! अमेरिकाले आर्थिक रुपमा चीनलाई विश्व महाशक्ति बन्न वाट रोक्ने उद्देश्यका साथ् स्थापना गरेको एमसीसीलाई उही उद्देस्य प्राप्तिको निम्ति अझै ठुलो योजना सहित स्वयं अमेरिकालेनै बनाएको ईन्ड़ो प्यासिफिक रणनीति अन्तर्गत कुनैपनि दिन ल्याउनु ,आऊनु कुनै ठुलोकुरा होईन !
अमेरिकी विदेश मन्त्रालय द्वारा सन २०१९ नोभेम्बर ४ मा प्रकाशित भएको इन्डोप्यासिफिक रिपोर्टको पेज नम्बर १३ मा प्रस्ट संग उल्लेख भए अनुसार एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको पुस्टि हुन्छ । आफ्नो नेपाल भ्रमणका क्रममा दक्षिण एसिया मामिला सम्बन्धी अमेरिकी विदेश उपमन्त्री डेभिड रान्चले एमसीसी अन्तर्गत नेपालले प्राप्त गर्ने ५ सय मिलियन अमेरिकी डलर इन्डो प्यासिफिक रणनीतिकै अभिन्न अंग भएको बताएका थिए । त्यस्तै अमेरिकी राजदुतले नेपालको एउटा टेलिभिजन संगको अन्तर्वार्तामा प्रस्ट संग भनेकाछन एमसीसी ईन्डोप्यासिफिक रणनीति अन्तर्गतको हो ! त्यसकारण एमसीसी ईन्डोप्यासिफिक रणनीतिको एउटा अंग हो भन्नेकुरामा कसैलाई कुनै शंका रहेन ! बरु एउताकुरा के सत्य हो भने ईन्ड़ो प्यासिफिक रणनीति ईन्ड़ो प्यासिफिक क्षेत्रका देशहरु संग मात्र सिमित छ भने एमसीसीलाई बिस्व ब्यापिकरण गरियकोछ ! क्रमश

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal