बिहिबार, जेष्ठ १०, २०८१

हरेक गतिविधिलाई राजनितिक प्रश्रयः सहि वा गलत ?

 

 

सन्ध्या आचार्य

 

राजनीति देश परिवर्तनको संवाहक हो । अर्थात सहि नीति, नियम निर्माणका लागि राजनीति गरिन्छ । देशको राज्य व्यवस्था सञ्चालनका लागि र हरेक परिवर्तनका लागि राजनीति अपरिहार्य कुरा हो । विभिन्न वाद, विचारधारा र सिद्धान्त बोकेर राजनितिक दलहरु अघि बढेका हुन्छन् ।

 

आफूलाई मनपर्ने विचार वा सिद्धान्तमा आवद्ध भई परिवर्तन, नीति निर्माण र राज्य व्यवस्था सञ्चालनमा सहयोग पु¥याउनु हरेक नागरिकको कर्तव्य होे । हरेक राजनितिक दलमा नेतृत्व र त्यसलाई साथ सहयोग गर्ने कार्यकर्ता रहन्छन् । यसरी देशको हरेक नागरिक यो वा त्यो कुनै न कुनै ंराजनितिक पार्टीमा जोडिएको हुन्छ ।

 

एवम् प्रकारले नेपाली राजनीति पनि चलिरहेको छ । राजनीतिमा फरक फरक सोच विचार भएका नेता तथा कार्यकर्ता हुनु स्वभाविक प्रक्रिया हो । तिनै फरक फरक सोच विचार भएका मान्छे मध्ये राम्रो विचारको कदर वा अनुशरण र नराम्रो विचारलाई शिक्षा वा दण्ड सजायको माध्यमबाट उसलाई परिवर्तन गरी सभ्य समाजको निर्माण गर्नु राजनितिक नेता तथा नेतृत्वको कर्तव्य हुन्छ । तर नेपालको राजनीतिमा यो भन्दा फरक संस्कार र राजनितिक शैली देखिन्छ । यहाँ मान्छेहरु संवेगका कारण घटना निम्त्याउँछन् अनि त्यसबाट उम्कनको लागि आफ्ना पार्टीका नेतृत्व गुहार्छन् । अझै आफ्ना पार्टीबाट त्यस काममा साथ सहयोग नभएर फरक पार्टीबाट सहयोग मिल्छ जस्तो लागेमा पार्टी परिवर्तन गरेर समेत गल्तीलाई ढाक छोप गर्न सफल हुन्छन् ।

 

आफैँले बनाएको नीति नियमलाई गलत्याएर गल्तीको बचाउ गर्ने यो परिपाटी चलिरहँदा सम्म न त गल्ती गर्नेले सजाय पाउँछ न त पिडितले न्याय नै । जबसम्म यस्तो संस्कारको अन्त्य हुदैन तबसम्म समाजमा एक पछि अर्को गर्दै नराम्रा घटनाहरु भई नै रहन्छन् । यस्तो किसिमको राजनितिक संस्कारले गल्ती गर्ने मान्छे केही समय खुशी होला । कुनैै पार्टीको कार्यकर्ताको बचाउ पनि होला तर देशलाई परिवर्तन गर्ने नीति, नियम बनाउने, शान्ति, सु–व्यवस्था कायम गर्ने उद्देश्यले राजनीति गरेका दलहरुको कार्यान्वयन बिनाको नीतिको आवश्यकता किन ? र गन्तव्य कहाँ पुग्ला ? राजनितिक ढाकछोपले गल्ती गर्नेले गल्तीको महशुस गर्ने समय त पाउँदैनन् नै उसले यस्ताखाले गल्तीहरु पटक पटक दोहो¥याइरहन्छ जसले गर्दा एक न एक दिन सो पार्टीलाई पनि बदनाम बनाउँछ ।

 

 

भनिन्छ कानुनको आँखामा सबै बराबर हुन्छन् । यो कुरा पनि सत्य हो कि आफ्नो सन्तान सबैलाई प्यारो र निर्दोष लाग्छ । हरेक राजनितिक दलका नेता तथा कार्यकर्ता नेतृत्वका सन्तान सरह हुन् । नेतृत्वले हरेक गल्तीमा राजनितिक प्रश्रय दिनु अघि यो बुझ्नु जरुरी छ कि आफैँले बनाएको कानुन आफैँले कार्यान्वयन गरिँदैन भने त्यसको औचित्य के ? आफूले जस्तो संस्कार दिईन्छ सन्तान त्यस्तै हुन्छन् । अनि बदनाम अभिभावकको हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?