शनिबार, बैशाख ८, २०८१

मसाल कता जाँदैछ भन्दै बर्बराउनेहरुलाई नै आफुहरु का छौं, भन्ने थाहा छैन!

बिन बहादुर रेग्मी प्युठानी

हामी प्रवासी नेपालीहरुको लागि राजनीति त्यति चासोको विषय हुँदैन। मर्दा पर्दा समाज चाहिन्छ भन्ने आशा ले धेरै मान्छेहरू समाजमा झुकाव राख्छन्। समाजमा जुडेका मान्छेहरू बामपन्थी विचारले प्रभावित हुने हुनाले जनताले बढी विश्वास गर्छन। खास गरेर नेकपा मसाल लाई समर्थन गर्ने नेपाली एकता समाज लाई जनताले बढी विश्वास गर्छन। जसको नाम भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत स्थित नेपालीहरुको मन मुटुमा भिज्न सफल भएको छ। भारतका प्रत्येक गल्ली गल्लीमा गाउँ कुना कन्दरामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को नाम नसुनेको सायद कोई छैनन होला। सन 1979 नोभेम्बर 7 मा बनारसको एउटा सानो कोठामा स्थापना भएको एकता समाज यति व्यापक लोकप्रिय होला भनेर सायद त्यतिबेला कसैले कल्पना समेत गरेको थिएन होला। एकता समाजको अहिले सम्म सातौं अखिल भारत सम्मेलन सफल सम्पन्न भइसकेको छ। सातौं अखिल भारत नेपाली एकता सम्मेलन द्वारा निर्वाचित केन्द्रिय समिति को कार्यकाल पनि समाप्त भइसकेको छ , कोरोना महामारीको कारणले ढिलो भए पनि यही 2022 फरवरी 27,28 र 1 मार्चमा फरिदाबादमा आठौ अखिल भारत नेपाली एकता सम्मेलन हुँदैछ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाई हुर्काउन बढाउन विकास र विस्तार गर्नमा एकता समाज का तमाम नेता कार्यकर्ता समर्थक शुभचिन्तक सदस्यहरूको त्याग समर्पण लगानी रहेको छ। संगठनको कामको सिलसिलामा कायौको जागिर छुटेको छ। रात दिन निद्रा भोक प्यास हुरी झरी घाम पानी नभनेर खट्नु चानचुने कुरा हुँदै होइन। समाजको काममा अवरोध खडा गर्नेहरू सँग ज्यानको प्रवाह नगरी भिड्नु मामूली कुरा हुँदै होइन। यहाँहरुको नेपाली एकताको महान अभियानमा खट्ने त्यो साहसलाई मनै देखि सल्युट छ। यहाँहरुको भेला सम्मेलन गोष्ठी आमसभा मैंले नजिकबाट हेरेको छु। यस्तो लाग्छ मानौं हामी दुःखिहरू अर्कै सुनौलो संसारमा प्रवेश गरेका छौं। जनताका बैरीहरुको अब पालो सक्कियो। जनवादी क्रान्ति सुरु भयो। इनकलाव जिन्दाबाद को नारा गूँजिदा नेपाली मजदुरहरूको नसा नसामा क्रान्तिको रगत उम्लिएको महसुस हुन्छ। यहाँहरुको काम कार्यक्रम गर्ने तौर तरिका शैली देखेर म दंगै छु। आगामी आठौ अखिल भारत नेपाली एकता सम्मेलन भव्य र सभ्य शानदार रूपमा सफल हुनेछ भन्ने पूर्ण विश्वास गर्दछु।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मा के छ त्यस्तो कुरो जसले समाजलाई जनताको बीचमा जनताको हितमा झाँगिन मद्दत गर्दछ? यो प्रश्न धेरैको मनमा लागेको हुन सक्छ। मलाई जानकारी भए अनुसार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एउटा विशुद्ध रूपमा सामाजिक संगठन हो यो उसको विधानमा लेखिएको छ तर त्यसका नेता कार्यकर्ता नेकपा मसाल द्वारा प्रशिक्षित र परिचालित छन। त्यसैले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाई राजनैतिक संगठन हो भनेर भन्न गलत भए पनि बुझ्दा गलत हुँदैन। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को सर्वोच्च अंग अखिल भारत नेपाली एकता सम्मेलन हो। अखिल भारत नेपाली एकता सम्मेलन द्वारा निर्वाचित समिति केन्द्रिय समिति हुन्छ। केन्द्रिय समितिको मातहतमा क्षत्रिय समिति, नगर समिति हुन्छ। नगर समिति को मातहतमा एरिया समिति टोल समिति/गाउँ समिति यसरी पाँच एकाई मा संगठनको तह बाँडिएको हुन्छ। एउटा समितिको बैठकमा अरु समितिको मान्छे बस्न पाउँदैनन्। आफ्नो जिम्मा र कार्यक्षेत्र भन्दा बाहिर गएर काम गर्दा केन्द्रिय समितिको अनुमति स्वीकृति लिनु पर्ने नियम छ। अनुशासन कायम गर्ने एउटा राम्रो परिपाटी छ। समाज यसरी मौलाउनुमा यही परिपाटी भन्नाले जनवादी अभ्यास भन्दा रहेछन। यो नै मेरुदण्ड हो। जनवादी अभ्यास ले कार्यकर्तामा जुझारुपन थपिदिएको छ। राजनैतीक चेतना स्तर उठेको छ। जनताको बीचमा जनताको हितमा कसरी जाने एक कलाको विकास भएको छ। प्रवासी नेपालीहरुको समस्या राख्ने एक मञ्चको रूपमा विकास भएको छ। आठौ अखिल भारत नेपाली एकता सम्मेलन सफल पार्न प्रचार प्रसार गर्न चन्दा संकलन गर्न सबै लाग्नु भएको छ। त्यो दौरानमा बिच बिचमा अवरोध खडा गर्ने नक्कली मूल प्रवाहका दलालहरु पनि सामने आएका छन। तिनीहरूलाई किनारा लगाउँदै सम्मेलनको तयारी तीव्र गतिले अघि बढिरहेको छ। यसै बिचमा हिजो एउटा खबर भाइरल बन्यो बृहत भर्चुअल भेलाले राजमो समन्वय समिति गठन गर्यो। नेकपा मसाल बाट प्रशिक्षित र परिचालित लौह अनुशासित जुझारु कार्यकर्ताहरुको लागि यो खबर कुनै नौलो कुरा थिएन। यस्ता समाचार तिनीहरूले महिनामा चार चार पटक दिँदै आएका छन। नाम हेर्नुहोस त राजमो का एक जना पनि छैनन। ति सबै फुट परस्त तत्वहरू अनुशासन उलंघन को आरोप प्रमाणित भए पछि अलग अलग समय मा अलग अलग प्रकृतिका मुद्दामा साधारण सदस्य समेत नरहने गरी कारबाही मा परिसकेका व्यक्तिहरू मात्रै छन। सामान्य रूपमा के हुन्छ भने पार्टीले कारबाही गरिसके पछि कारबाहीमा परेको व्यक्ति चुपचाप बस्नु पर्छ म कारबाहीमा परेको छु समेत भन्न मिल्दैन।

 

सार्वजनिक कार्यक्रममा उपस्थित हुन र बोल्न मिल्दैन। सक्दो पार्टीको काम गर्ने छुट हुन्छ अथवा अर्को पार्टीमा जाने की नयाँ पार्टी बनाउने छुट्टै विकल्प बचेको हुन्छ। यो सामान्य नियम पनि पालना गर्न नसक्ने अवस्थामा पुगेकाले कस्तो राजनीति गर्ने होलान? सहजै अनुमान गर्न सकिन्छ। पार्टी त हिजो जे थियो आज पनि त्यही छ। विरोधीहरूले समेत मानेको कुरा हो कि नेपालमा कम्युनिस्ट पार्टी छ त त्यो मसाल मात्रै हो। यी अराजक तत्वहरूले पार्टी दक्षिणपन्थी भयो भन्दैमा कसले पत्याउने? मोहनविक्रम र दुर्गा पौडेल वा पार्टीको विरुद्ध व्यक्तिगत चरित्रहत्या गर्दै लामा लामा लेख लेखेर क्रान्तिकारी हुने यिनीहरूको दिवासपना चकनाचुर भाको छ। क्रान्ति गर्न कथित बिद्रोही बनेर जागरण क्लब खोलेकाहरु आज माझीले पालेको कुकुर झैँ न घर न घाटको भएका छन। क्रान्ति गर्ने दम पनि छैन, मसालले क्रान्ति गर्न दिएन भनेर बहाना बनाउन पनि मिलेको छैन। मसाल कता जाँदैछ भन्दै बर्बराउँदै छन आफै कता जाँदैछन् थाहै छैन।                                                                                                                                                              (लेखक मुल प्रवाह  अखिल भारत नेपाली एकता समाजको केन्द्रिय पारषद सदस्य हुनुहुन्छ )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?