शनिबार, साउन १२, २०८१

गजल

नारी सबै उठ जाग कुरिती लाई फाल्नुछ अब,
मन मष्तिकमा शंघर्षको ज्वाला बाल्नुछ अब।

बर्ग शंघर्षको आँधि वेरीले अधिकार ल्याउँछौँ,
जुर्मुराउँ पुराना रुढीवादी प्रखाल ढाल्नुछ अब।

कयौ मरे अकालमै त्यही छाउ गोठ भित्र नारी,
आउ जाग सामाजिक यो बन्धन गाल्नुछ अब।

समानता ल्याउँन पुरुष सरह शंघर्ष गरौँ हामी,
समाज भित्र रहेका कुसँस्कार पखाल्नुछ अब।

देखाएर गएकाछन कयौँ नारी आन्दोलनहरुले,
शिक्षा लिदै ईतिहाश बाट कदम चाल्नुछ अब।

छोरा छोरी बरा-बर सम्पत्ति पनि चरा चरी गरौँ,
समाजबादी आन्दोलनमा आहुति हाल्नुछ अब।

मिल्कायौँ सति प्रथा उस्तै त्यो देउकि प्रथा पनी,
त्यो न्याय युद्ध आ-आफ्नै मनमा पाल्नुछ अब।
सुरेशकुमार पान्डे।०८-०३-२०२१,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal