मङ्लबार, असार १२, २०८१

युक्रेन संकट र खेल सिद्धान्त

रामबहादुर बुढा
युक्रेन अहिले विश्व राजनीतिमा निकै छलफल र विवादको विषय बन्न पुगेको छ । युक्रेनको विषयलाई लिएर अमेरिका र रुसको बीचमा एक प्रकारको वाक युद्ध चलिरहेको छ । रुसले युक्रेनको सीमामा दशौं हजार सेना तैनाथ गरेको छ । रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको बताउँदै अमेरिकाले नेटो सेनालाई पूर्वी युरोपका समुन्द्री तटमा ल्याएर तैनाथ गरेको छ । रुसले आफूले युक्रेनमाथि आक्रमण गर्न खोजेको हैन, केवल आफ्नो सुरक्षाका लागि मात्र सेना तैनाथ गरिएको भन्दैछ । यदि युक्रेनमाथि रुसले बल प्रयोग ग¥यो भने रुसबाट युरोप आउने ग्याँस पाइप लाइन बन्द गरिदिने र आर्थिक नाकाबन्दी गर्ने चेतावनी पश्चिमाहरुले रुसलाई दिएका छन् । स्थिति खराब नहोस् भनेर कुटनैतिक चलखेल पनि बढेको छ ।
विश्व राजनीति ध्रुवीकृत भएको छ । यसको प्रभाव भर्खरै चीनमा भैरहेको ओलम्पिक खेलमा पनि पर्न गएको छ । चीनले सिन्ज्याङ प्रान्तका उइगर मुसलमानहरु तथा हङकङका प्रजातन्त्रवादीहरुलाई दमन गरी मानव अधिकारको उल्लंघन गरेको भन्दै अमेरिका, भारत, अस्ट्रेलिया लगायत करीव एक दर्जन देशहरुले ओलम्पिक खेललाई कुटनैतिक बहिष्कार गरेका छन् । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहित कैयौं देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु चीन पुगे र चीनसितको सम्बन्धको सुमधुरतालाई थप प्रगाढ बनाउने प्रयास गरे । ।दोस्रो विश्व युद्ध पछि पानी बाराबारको अबस्थामा रहेका अमेरिका – चीन सम्बन्धलाई खेलकुदले जोडेको थियो । जो पिङ पङ डिप्लोमेसीले प्रख्यात रहेको छ । खेल सम्बन्धबाट सुरु भएको कुटनैतिक सम्बन्ध अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमण र माओसित भेटघाट (१९७२)सम्म भएको थियो । यतिखेर खेललाई कुटनैतिक बहिष्कार गर्ने तहसम्म सम्बन्ध बिग्रेको छ ।
यो लेखमा देशहरुको खेलकुदको सम्बन्ध सन्दर्भबस् मात्र उठाइएको हो । खेलकुदको बारेमा छलफल गर्नु यो लेखको उद्देश्य हैन । बरु अहिलेको युक्रेन सङ्कटलाई खेल सिद्धान्तको दृष्टिकोणबाट हेर्ने प्रयास मात्र गरिएको हो । जोन भन न्यूमन (व्यजल ख्यल ल्भगmबलल) अन्तर्राष्ट्रिय सम्बन्धमा खेल सिद्धान्तका मुख्य व्यक्ति हुन् । उनी हङ्गेरियाली– अमेरिकी विद्वान हुन् । उनी १९०३ मा जन्मिएर १९५७ मा मरेका थिए । ओस्कार मोर्गेन्स्टर्न( यकपबच ःयचनभलकतभचल) खेल सिद्धान्तका लागि अर्का विद्वान् हुन् । उनी १९०२ मा जन्मिएर १९७७ मा मरेका थिए । न्यूमन र मर्गेन्स्टर्न मिलेर अर्थशास्त्रमा खेल सिद्धान्त प्रयोग गरेका थिए । पछि राजनीतिशास्त्र लगायतका सामाजिक शास्त्रहरुमा खेल सिद्धान्तलाई प्रयोगमा ल्याउने काम भयो ।
खेल सिद्धान्तका मान्यताः

क) रणनीति (कतचबतभनथ)ः
रणनीति खेल सिद्धान्तको मूल मर्म (अयचभ अयलअभउत) हो । खेल मैदानमा विरोधी पक्षले कस्तो कदम चाल्न सक्छ भन्ने कुराको आँकलन गरेर योजना बनाए जस्तै अन्तर्राष्ट्रिय राजनीतिमा विरोधी देशले कस्तो कदम चाल्ला भन्ने आँकलन गरेर देशहरुले आफ्नो योजना बनाएका हुन्छन । त्यो नै रणनीति हो । जस्तो अहिले युक्रेनले रुसको आक्रमणको डरले पश्चिमा देशहरुसित सम्बन्ध बढाइरहेको छ । आफ्नो छिमेकमा अमेरिकालगायतको प्रभाव नबढोस भनेर योजना बनाउनु रुसको रणनीति हो । युक्रेनलाई प्रयोग गरेर यस क्षेत्रमा आफ्नो प्रभाव बढाउनु वा रुसलाई कमजोर बनाउने प्रयास गर्नु अमेरिकाको रणनीति हो ।
ख) खेलाडीहरु (उबिथभचक)ः
अन्तर्राष्ट्रिय राजनीतिमा खेलाडीहरु भन्नाले देशहरु हुन । अहिले युक्रेनको मामलामा मुख्य खेलाडी वा मुख्य प्रतिद्वन्द्वी रुस र अमेरिका हुन् । ब्रृटिस, जर्मन, डेनमार्क लगायत अमेरिकाका सहायक खेलाडीहरु हुन । यस खेलमा चीन पार्ट्नर नै नभए पनि रुसको सुभेच्छुक हो । यस्ता खेलमा कुटनीतिज्ञ, राजनेता आदिको पनि प्रयोग हुने गर्दछ । जस्तै द्वन्द्व नबढोस् भनेर फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन भर्खरै पुटिनलाई भेट्न रुस गए ।
ग) नियम (च्गभि)ः
खेलमा नियम प्रयोग भए जस्तै अन्तर्राष्ट्रिय सम्बन्धमा पनि नियम हुनु पर्दछ । खेल सिद्धान्तको यो अर्को मान्यता हो । अन्तर्राष्ट्रिय सम्बन्धलाई नियमन गर्न संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संघ संस्थाले नियम बनाएका हुन्छन् । सबै खेलाडीहरुले नियमका कुरा गरिरहेका हुन्छन । तर आफ्नो स्वार्थका लागि उनीहरुले नियम उल्लंघन गरिरहेका हुन्छन ।
घ) प्रतिफल (एबथ– इाा)ः
खेलाडीहरुले जहिले पनि आफ्नो प्रतिफलको आकलन गरिरहेका हुन्छन् । जस्तो रुसले विगतमा युक्रेनको एउटा भाग क्रिमियालाई आफुमा मिलायो । विश्वमा रुसको कदमलाई विरोध भैरहेको छ र आउने विरोधलाई थेग्न सकिन्छ भनेरै उसले त्यो कदम चाल्यो । तर युक्रेनमाथि सैनिक आक्रमण गर्दा आउने विरोध र प्रतिरोधको सामना गर्न सकिन्छ कि सकिन्न भन्ने कुरालाई रुसले अबश्य पनि हेर्दछ । त्यसकारण खेलमा प्रतिफलको अवश्य पनि हेक्का राख्ने गरिन्छ ।
ङ) सूचना (क्ष्लायचmबतष्यल)ः
अन्तर्राष्ट्रिय खेलमा जहिले पनि एक पक्षले अर्को पक्षलाई कमजोर पार्न र आफ्नो हात माथि पार्न विरोधी पक्षको सूचना लिने प्रयास गरिरहेका हुन्छन् ।
एकले अर्कोलाई कमजोर पार्न अर्काको सम्बन्धमा नकारात्मक प्रचार पनि गरिरहेका हुन्छन । युक्रेनको मामिलामा अहिले रुस र पश्चिमाहरुको बीचमा एकले अर्कोलाई बदनाम गर्ने होडबाजी चलिरहेको छ ।
यहाँ हामीले खेल सिद्वान्तका मान्यताबारे केही कुरा राख्यौं । अहिले युक्रेनमा जुन समस्या आइरहेको छ । त्यो एकाएक सिर्जना भएको समस्या होइन । त्यसका पछाडि लामो पृष्ठभूमि रहेको छ र युक्रेनका शासकहरुले अन्तर्राष्ट्रिय शक्ति केन्द्रका मुख्य खेलाडीहरु मध्ये एउटाको पक्ष लिने र अर्को पक्षलाई चिढाउने गर्दाको परिणाम यो स्थिति आएको छ । अमेरिकाले हतियार बेच्ने बजार पाएको छ ।
युक्रेन पूर्व शोभियत संघका राज्यहरु मध्ये एक हो । सन् १९९१ मा शोभियत संघ विघटन हुँदा युक्रेन पनि रुसबाट छुट्टिएर बेग्लै देश बन्यो । रुसले अन्य गणराज्यहरु आत्मनिर्णयका आधारमा छुट्टिएर गए पनि सकभर आफ्नो क्याम्पबाट बाहिर नजाउन वा आफ्नो विरोधी नबनुन भन्ने चाहान्छ । त्यस क्षेत्रमा शान्ति कायम गर्नु आफ्नो दायित्व हो भन्ने रुसको मत छ ।
अमेरिका यस क्षेत्रमा आफ्नो भूमिका बढाउन चाहन्छ । त्यो शक्ति संघर्षको चेपुवामा अहिले युक्रेन परेको छ । खासगरी कुरा कहाँबाट बिग्रियो भने सन् २००६ मा युक्रेनको एउटा क्षेत्र क्रिमियाको फिडोसिया शहरमा युक्रेन – नेटो सैनिक अभ्यास भयो । आफ्नो नाकै मुनि आएर अमेरिकाले सैनिक अभ्यास गरेको रुसलाई पटक्कै मन परेन र उसले त्यो सैनिक अभ्यासलाई कडा विरोध जनायो । क्रिमियामा रुसीहरुको जनघनत्व धेरै छ ।
लेनिनको पालामा सन १९२१ मा क्रिमियालाई शोभियत संघको एउटा राज्यको मान्यता दिइएको थियो । १९५४ मा ख्रुश्चेभको पालामा क्रिमियालाई युक्रेन अन्तर्गत राखियो । सन २००१ को जनगणना अनुसार क्रिमियामा ६० प्रतिशत रुसीहरुको जनसंख्या थियो । क्रिमियालीहरुले युक्रेनको केन्द्र सरकारको २००६ को युक्रेन – नेटो सैनिक अभ्यासलाई विरोध गरेका थिए । उनीहरुले नेटो मुक्त भूभागको माग गरेका थिए। सन् २०१० फेब्रुअरीमा युक्रेनमा भिक्टर यानकोभिच राष्ट्रपतिमा निर्वाचित भए । उनले युरोपियन युनियनको ऋण सम्झौता अस्वीकार गरी रुससँग सम्बन्ध बढाएर देशको आर्थिक समस्या समाधान गर्ने निर्णय लिए । अमेरिका र युरोपियन युनियनलाई राष्ट्रपति यानकोभिचको निर्णय मन परेन । आफ्नो स्वार्थ पूरा नभए पछि अमेरिका र युरोपियन युनियनले राष्ट्रपति यानकोभिचका विपक्षीहरुलाई हातमा लिएर युक्रेनमा द्वन्द्व मच्चाए । लगातार चार महिना पछिको विद्रोहलाई थेग्न नसकेर यानकोभिच युक्रेनबाट क्रिमिया हुँदै रुस तिर भागे। युक्रेनमा अमेरिकाको कठपुतली सरकार बन्यो । यो सबै घटनालाई रुसले नजिकबाट बुझेकै थियो । २०१४ फेबु्रअरीमा युक्रेनको एउटा क्षेत्र क्रिमियामा जनमत संग्रह भयो । क्रिमिया युक्रेनबाट छुटेर रुसमा गाभिएको घोषणा हुँदै गर्दा रुसको संसदले जमत संग्रहको परिणामलाई अनुमोदन गर्दै थियो ।
अहिले रुसले युक्रेन नेटोमा जान नहुने प्रस्ताव राखेको छ । कतै रुसले युक्रेनमाथि आक्रमण ग¥यो भने रुस – अमेरिका युद्ध त हुने हैन भन्ने त्रास विश्व समुदायमा देखिन्छ । तर तत्कालै युद्धमा जान पनि त्यति सजिलो छैन । रुसले युक्रेनमा आक्रमण ग¥यो भने युद्ध नै गर्ने नभनेर ग्याँस पाइप लाइन रोक्ने र आर्थिक नाकाबन्दी गर्ने मात्र प्रतिक्रिया दिएको देख्दा अहिलेलाई एकले अर्कोलाई धम्की दिने हदसम्म मात्र सीमित हुन्छन कि भनेर अनुमान गर्न सकिन्छ । युक्रेन नेटोमा नजाने, रुसले युक्रेनलाई दबाबमा नराख्ने, नेटो सेना पूर्वी युरोपबाट फर्कने यस्तै यस्तै सहमतिमा अहिलेको झगडा टुङ्गिन सक्छ । खेल सिद्धान्त र अहिलेको युक्रेन विवादबाट नेपालले पनि पाठ सिक्न जरुरी छ । कमजोर मुलुक कुनै पनि सैन्य गठबन्धन तिर जान बल गर्दा वा शासकहरुले ठूला देशहरुको दलाल बन्दा कस्ता समस्या झेल्नु पर्छ भन्ने पाठ नेपालले पनि सिक्नु पर्दछ । अहिले नेपालमा एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने विवाद बढिरहेको छ । एमसीसी भनेको अमेरिकी सैन्य रणनीतिको अङ्ग हो । नेपाल जस्तो कमजोर मुलुकले शक्ति राष्ट्रहरुको सैन्य गठबन्धनमा सामेल हुँदा भविस्यमा आउन सक्ने गम्भीर खतरा प्रति आजै सतर्क बनौं । हामीले भोलि युक्रेनको समस्या बेहोर्न नपरोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?