बिहिबार, भदौ १९, २०८२

नेपालमा देखिएको राजनैतीक दिबालिया

 

ज्ञामुराम न्यौपाने

सार्वभौम अधिकार सम्पन भनिएको नेपालको संसदमा एमसिसि बारे फागुन १५ बैठक राखिएको थियो। बैठक शुरु भएको दुई घण्टा नबित्दै देसको निम्ति एमसिसि जस्तो गम्भिर बिषयमा विस्तृत र गहन छलफल नै नगरी अत्यन्तै झिनो ध्वनि मतले एमसिसि पास गरियको घोषणा गरियो। यति गम्भिर बिषयमा पक्ष र विपक्षमा के कति मत मौजूद छ मत विभाजन नै गरिएन। राष्ट्रघातमा काे काे संलग्न रहे र त्यसकाे विपक्षमा काे को रहे त्यसकाे कूनै हिसाब नदेखिने गरी निर्णय गरियो।एमसिसिको षड्यन्त्र मुलक ढंगले पास गरियो। न्यूनतम रूपमा पनि संसदीय प्रणालीको अंक गणित प्रकृयालाइ अपनाउनु पर्दथ्यो। नेतृत्वले आत्मसमर्पण गरे पनि माओबदी केन्द्र, एकीकृत समाजवादी, एमाले पार्टी भित्र पनि कैयन सांसद राष्ट्रघाती एमसिसि को विपक्षमा थिए। सांसद प्रेम सुवाल, डा.भीम रावल, दुर्गा पौडेल, राजेन्द्र लिङ्देनहरुले एमसिसि को पर्दाफास र राष्ट्रघातको तिब्र शब्दमा निन्दा गरीरहेका थिय।
त्यस दिन संसदमा एमालेको पनि उपस्थिति रहेको थियो। एमसिसि मा एमालेको सही भुमिका रहेन। भुमिका जे भय पनि उसको उपस्थिति संख्या पनि मत विभाजनमा गणना गरिनु पर्दथ्यो।चाहे नाराबाजी तटस्थ वा बहिस्कार नै किन नहोस। सवै उपस्थित संसदको न्यूनतम बहुमत एमसिसि पास गर्न अनिवार्य थियो। तर नाटकीय रुपमा संसद भित्र अल्पमतको मात्र समर्थन रहेको एमसिसि प्रस्तावलाइ पास भयको घोषणा गरियो। त्यो निर्णय संसदको बहुमतको निर्णय छदै थिएन। त्यो प्रपञ्च र झुठो थियो। अमेरिकाको नाङ्गो हस्तक्षेपकारी दबाव र नेपालका केहि धोकेबाज नेताहरुको मिलिभगतमा एमसिसि पास गरेको झुट र नक्कली घोषणा गरिएको थियो। सत्ता पाउन र टिकाउन देउवाले सधै प्रयोग गर्ने अमेरिकि दलाली, माओवादीमा रहेको युद्ध अपराधको छानबिनको डर र एकिकृत
समाजवादीमा रहेको सत्ता गठबंधन भन्दा बाहिर जान नसक्ने दब्बुपन यसका भित्री कारक थिय। गठबन्धन तोडेर एमाले संग सहकार्यको कांग्रेसी घम्कीकाे आगाडी गठबन्धनमा टिक्न प्रचण्ड र माधव नेपाल जस्ता अवसरवादी नेताहरुले घुँडा टेक्दै आफैले गलत र रास्ट्रघाती ठहराएको एमसिसि सम्झौतालाइ स्वाकार गर्न पुगे। नेपाली राजनीतिमा कति दिवलिया पन छ त्यसको गतिलो उदाहरण हो एमसिसि र नेताको बोलीमा दैनीक देखा परेको अवसरवाद र राष्ट्रघात। व्याख्यात्मक घोषणा त्यो त एउटा शब्द भ्रमजाल र सफेद झुट थियो।
२०५३ माघमा राष्ट्रघातिको महाकाली सन्धी संसदबाट पारित गर्दा पनी देसभ्क्तिपूर्ण आन्दोलनमा भ्रम दिन संकल्प प्रस्तावको यस्तै नाटक रचिएको थियो। व्याख्यात्मक घोषणा पनि एमसिसि बिरोधी राष्ट्रभक्तिको महान आन्दोलनलाइ भ्रमित पार्न ल्याइएको शब्दजाल थियो।
अमेरिकाको चिन बिरोधी सामरिक परियोजना एमसिसि को बारेमा नेपालका सबै नेता धेरै पहिला देखी नै प्रस्ट थिय। याे चीनलाई घेर्ने अमेरिकि महासक्ती राष्ट्रको रणनीति थियो। एमसिसि काे पक्षधरताले नेपालकाे परराष्ट्र नीतिमा असन्तुलन पैदा गर्दछ। भारत चिन अमेरिका जस्ता ठूला देशहरू संग सन्तुलित सम्बन्धको ठाउँमा एमसिसि ले छिमेकि बीच अविश्वास बढाई रहेको प्रस्ट संकेतहरु देखिइ रहेका छन। स्थिति भयावह र स्पस्ट हुँदा हुँदै पनि नेपालका केही दलहरुले आफ्ना पूर्ववर्ती सबै अडानहरु छाड्दै गय। अमेरिकाको
निरन्तरको चर्को दबाब र नाङ्गो च्यालेन्जका आगाडी घुँडा टेक्दै गय।
दृश्य यस्तो देखियो सपेराले विन बजाउँदै गयो सर्प लठ्ठिदै गयो अन्तमा सपेराको तालमा ताल मिलाउँदै सर्प नाच्दै र लठ्ठिँदै गयो। लेखक नेकपा मसाल प्युठान जिल्ला प्रबक्ता हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?