आइतवार, अशोज १४, २०८०

कबिता/ गजल “ताेडिए बाचा र बन्दन “

भुस मा लागेको अागाे पुत्ताउदै खरानी भयाे
उडेका बेलुनहरु हावामा प्याट प्याट फुट्नथाले
हावाकाे झाेक्काले फलेको ढालि चुडिदियाे
कुहिराे मा काग बाटो नदेखेर हरायो ।

अग्ला गगनचुम्बि घरहरु गर्लाम्यै ढले
बगरका बस्तिहरु महासागर का छालले बगायाे
बादल फाटेर पृथ्वी स्वस्त भयाे
ज्वालामुखि बिस्पाेटनले लाखौं काे बेहाल बनायो ।

अाफ्नै अनुहार देखाउने एेना पनि झर्याम्मै फुट्याे
लामो यात्रा का सयाै सहयात्री पनि थाकिसके ।
उकालो बाटो भिरपहरा र चट्टानहरु पार गर्न मुस्किल
काँडेतार का पर्खाल पनि धेरै अग्लो लाग्न थाल्याे ।

फक्रिन लागेका काेपिलाहरु लुछिन थाले
फुलेका फुलहरु पनि चुडिन थाले
उज्याला बस्तिहरु पनि अध्यारो छाउन थाल्याे
काेईलि काे सुमधुर स्वर पनि नमिठाे लाग्न थाल्यो ।

दुवै पाखुरा बाधिएका सिख्रि पनि ताेड्न धाै भयाे
पाेलिएका पैतला मा पनि नयाँ छाला पलाउन थाले
अाैलामा काेपिएका पिनहरु पनि सामान्य भएर गए
ताेडिए बाचा र बन्दन हरु पनि ।

मिति :-९ मार्च २०२१
रबि पाैडेल ,पाण्डेचरि ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?