शुक्रबार, बैशाख ७, २०८१

कुण्ठा एउटा रोग हो!

सुरेशकुमार पान्डे।
पार्टी संगठनमा बस्ने वा न बस्ने भन्ने बारे आफ्नो ईचछ्यामा निर्भर हुँन्छ।कसैले कसैलाई बानेर राख्न मिल्दैन, र सकिदैन पनि।मात्र बिचारधाराले जेलिएको हुँनुपर्छ।हामिले गर्ने राजनीतिक आन्दोलन भनेको रहरले गरिन्न त्यो हाम्रो बाध्यता भयकोछ।
हामिलाई लागेकोछ आज हाम्रो देशको राजनीतिक दुशित बनेकोछ,देशमा आमुल परिवर्तनको खाँचोछ।देशमा रोजगारछैन,बिकाशछैन बिदेशि हश्तक्षेप बढेर गएकोछ।
अन्या देशको भन्दा हाम्रो देशको राजनीति अलि भिन्न प्रकारकोछ।त्यसो हुनुको पछाडि हाम्रो देशको सामाजिक आर्थिक र भुगौलिक अबसस्थानै जिम्मेवारछ।अहिले पनि हाम्रो समाज रुढिवादी र सामन्तवादी प्रभाबमैछ भने देश अर्ध औपनेबेशिक र भुगौलिक रुपमा भूपरेबेष्ठित अबस्थामा दुई ठुला ठुला देशको चपेटमा छ।साँचै भन्ने हो भने हाम्रो देश दुईवटा शक्तिशालि देशहरुको आपसको झग्डाले गर्दा कुनै एउटाले सिदै हश्तक्षेप गर्न सकेको छैन।जुन दिन यि दुबै देशको मिलाप हुँन्छ हाम्रो देश कुनै एउटाको शिकार हुँन सक्छ।त्यो बन्दा पहिले देशलाई अन्तरराष्ट्रीय स्तरमा उठाएर लैजानु पर्दछ।
अहिले भारतियको बढि मिचाहमा परेकोछ।किन कि हाम्रो देशको रहन सहन भेश-भुसा पराय जोस भारत सँग मिल्ने भयकोले र यँहाको धर्म बिगतको दिनहरुमा हिन्दु लाधिएकोले पनि बढि नजिकछ।त्यसको साथै बृटिश भारतको समयमा भयको भारतिर बाट नेपाल माथिको आकार्मणले गर्दा अंग्रेज हरुको एकलौटे र घृणित सुगौलीमा भयको त्यो सन्धिले गर्दा जमिन सँग भारतमा बिलय भयका जनताहरुले गर्दापनि भारत र नेपालको बिचमा अटुट पारिवारीक सम्बन्ध पनिछ।साथै गोर्खा भर्ति केन्द्रले गर्दा पनि नेपालका पौरखी होनहार युवाहरु भारतिय फौजमा सेवार्थत छन त्यो पनि आर्को श्रोत हो।
भारतको आजादि पछि भयको दुई देशहरु बिचको मैत्रि तथा शान्ति सन्धिले गर्दा पनि एक आर्काको देशमा बेरोक टोक आवत जावतको ब्यबहारले देश भारतको धेरै नजिक पुराएकोछ।हामिले आफ्नो देशमा रोजगार नपाएपछि लाहुर आउँने जुन प्रमपरा बस्यो यस्ले गर्दा हामि त भारतमा बाल मज्दुर बनेर कसैको घरमा,होटेलमा काम गर्न थाल्यौ उस्तै गेट र गल्लिमा चौकिदार भयर भारतिय धनिहरुको रक्षा गर्दै कसैले देशको रक्षा गर्दै पनि मारियौँ।भारतिय हरु नेपाली भूमिमा बिज्निश ब्यापार मात्र होईन उनिहरुले बाणिज्यमा पनि भागलिएका छन।हाम्रो देशको पुग नपुग तिन कोरडको जन संख्या र भारतको सवा अरबको जन संख्या सँग कुनैपनि हालतमा तुलना हुँदैन तर शन्धिमा बराबरी किटाण गरिएकोछ जो हाम्रो देशको लागि असमान छ जस्ले देशलाई फिजि बनाई सकेकोछ।एकतिर देशलाई फिजि बनाउँदै लगिएकोछ भने आर्को तर्फ देशका राजनीतिक पार्टीका कयौँ नेताहरु ठुलदाईको नतमस्तक र दलालि गर्दै सत्तासिन हुँदै आएकाछन।त्यो ब्यबहारले देश सिक्किम जस्तै हुँन सक्ने देखिन्छ।देशमा आएको संघियता त्यहि उदेश्य पुरागर्नलाई नहोला भन्न सकिदैन।
अर्को तिर नेपाली भुभाग निर्न्तर अति कर्मण हुँदै आएकोछ।देशमा अहिले ७७जिल्ला बनाईएकोछ तर जति जिल्ला बनाएपनि भुभाग उत्तिनै हो।बरु संघियता ले गर्दा सात प्रदेश र उत्तिकै राजधानी बनाएर त्यँहाको जिमिनलाई महेङ्गो बनाईयो जो आम नेपालीको पहुँच भन्दा टाडा भयकोले छिमेकबाट देशभित्रेर जमिन किनेकाछन।नेपालीहरु पहाड तर्फ पलायन हुँदै जान थालेकाछन।यो राम्रो र शुभ संकेत भने होईन भनेर बुझ्नु पर्दछ।
सिमाना छुने जिल्लाहरुमा पर्याजसो सबैमा अतिक्रमण हुँदै आएकोछ।यस्तो भुगौलिक अबस्था भएकोले हामिले देशभित्रको राजनीतिक आन्दोलन त्यहि अनुसारको बनाएर लैजानु पर्दछ।
देशको सामाजिक अबस्था भुगौलिक अबस्था र छिमेकीको नियतिको बारेमा गहन अध्यायन र मुल्ङ्कन गरेर मात्रै हामिले राजनीति लाई प्रार्दशिता प्रदान गर्नु पर्दछ।
खास गरेर एउटा क्रान्ति कारी पाल्टिले देश जिवित रहेपछिनै क्रान्ति गर्ने हो।देशनै जिवित रहेन भने कस्तो र को सँग क्रान्ति गर्ने?यो प्रश्नमा क्रेन्द्रित भएर सोँच्नु पर्ने आबस्याकताछ।खालि आबेसमा क्रान्तिको शंखनाथ गरेरमात्र हुँदैन देशलाई जोगाउँनु पर्छ।
हाम्रो शन्तान अहिले सबै भन्दा पहिले देशको लागि आ-आफ्नो स्वार्थ छाडेर एकमना एकता गरेर जानु पर्दछ।देश र जनताको हितमा हाम्रा कार्याक्रमहरु हुँनुपर्दछ।देशमा लामु शंघर्ष पछि आएको सम्बिधान लाई जोगाएर गणतन्त्र शुदृढ गरेर जानु पर्दछ।अहिले हाम्रो योजना त्यहि देशभक्ति पुर्ण हुँनुपर्छ।खास गरेर एउटा कम्युनिष्ट क्रान्तिकारीहरुले बुझ्नै पर्ने कुरा यो हो हामि फुटेर एक आर्कालाई गालि गरेर आरोप प्रतिआरोप लगाएर पक्कै पनि न त देशलाई फाईदाछ न हामिलाई।बरु त्यो आत्मघाति र राष्ट्र घाति कदम हुँनेछ।अहिले कुण्ठा ग्रस्त भएर भित्रभित्रै सडेर हामि काम लाग्दैनौँ त्यो एउटा रोघ हो।हामि कम्युनिष्ट बन्ने मनछ भने बहुमतको निर्णयलाई फ्लो गर्दै आफुमा लागेका कुराहरु आफु बसेको ठाउँमा वा त्यो भन्दा माथि पठाएर आफ्नो मतलाई शुरक्षित राख्न सक्छौ तर कुण्ठित भयर निराश भयर बस्नु पनि ब्यार्थै हो।जनवादि केन्द्रियता र गोपनेता अनुशासित नभै कन हामिले बर्ग शंघर्ष को बिडा आफ्नो काँधमा उठाएर गन्तब्यमा पुग्न सक्ने कुरै हुँदैन।त्यसकारण निराश,कुण्ठाग्रस्त,वा अरुलाई गालि गलौच गरेर हामि कसैलाई फाईदा छैन।
हाम्रो फुटले कस्लाई फाईदा पुराएकोछ त्यसबारे अध्यायन गरेर अगाडि बढ्नु आजको आबस्याकताहो।भर्खरै हामिले देख्यौँ दुई तिहाईको सरकार फुटेपछि कुनहाल भयकोछ।यसबाटपनि हामिले शिक्षा लिन सक्किन्छ।हाम्रो घर लाई कसिङ्गर बढारेर सफा गरेर शुरक्षित राख्न एक आर्का सँग हातेमालो गर्नु पर्छ।०९-०३-२०२१,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?